निर्णय नं. ३३२७ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३३२७ - उत्प्रेषण भाग: ३० साल: २०४५ महिना: बैशाख अंक: १ फैसला मिति :२०४४/१२/११ २००२ निर्णय नं. ३३२७ ने.का.प. २०४५ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको रि.न. २४५९ आदेश भएको मिति : २०४४।१२।११।५ मा निवेदक : कम्पनी ऐन अन्तर्गत स्थापित टाइगर टप्स प्रा.लि. विरुद्ध विपक्षी : कर कार्यालय नारायणघाट भरतपुर, राजस्व न्यायाधिकरण काठमाडौं विषय : उत्प्रेषण (१) निवेदकलाई सूचना दिई बुझी निर्णय गर्नु पर्नेमा कानून एवं प्राकृतिक न्याय सिद्धान्त बिपरीत भएको कर कार्यालयको कर निर्धारण आदेश उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १७) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मधुप्रसाद शर्मा प्रत्यर्थीतर्फबाट : विद्वान सह–न्यायाधिवक्ता श्री खगेन्द्र बस्नेत आदेश न्या. बब्बरप्रसाद सिंह : नेपालको संविधान २०१९ को धारा १६।७१ अन्तर्गत दर्ता हुनआएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर निम्न प्रकार छ । २. निवेदकको आ.व. १९७७।७८ को लागि म्यादभित्र आय विवरण कर कार्यालय नारायणघाटमा दाखिल गरेको हो । कार्यालयको निर्णय उपर आयकर ऐन, २०३१ को दफा ३४।२ अन्तर्गत निवेदनपत्र दाखिल गरेकोमा ह्रास कट्टी विषयलाई लिएर कर निर्धारण आदेश बदर गरी पुनः कर निर्धारण गर्नु भनी श्री ५ को सरकार कर विभागबाट मिति २०४१।१२।३० गतेमा निर्णय पर्चा गरियो । सो निर्णय उपर ऐनको दफा ३४(५) अन्तर्गत क्षेत्रीय अदालतमा पुनरावेदनको अनुमतिको लागि निवेदन गर्न पाउने कानुनी हकको कुनै वास्ता नराखी कार्यालयबाट साविक भन्दा बढी कर लाग्ने गरी मिति २०४२।३।३१ मा निर्णय गरियो । निवेदकको समक्षको ह्रास कट्टीतर्फ कार्यालयको निर्णय नमिल्ने हुँदा कर निर्धारण आदेश बदर गरी पुनः कर निर्धारण गर्नु भन्ने विभागको मिति ०४१।१२।३० को आदेश एक र कार्यालयबाट साविक भन्दा बढी कर लगाई मिति ०४२।३।३१ मा भएको आयकर निर्धारण आदेश गरी जम्मा २ आदेशहरू एकै आ.व. को लागि आयो । सो दुवै आदेशहरूले निवेदकलाई असर गरेको हुँदा विभागको उक्त २०४१।१२।३० को आदेश उपर ऐनको दफा ३४(५) अनुसार सम्मानीत म.क्षे.अ.मा निवेदन दर्ता गरेको र कार्यालयको मिति २०४२।३।३१ को निर्णय उपर पुनरावेदन पत्र राजस्व न्यायाधिकरण काठमाडौंमा दर्ता गरेको हो । एकै आर्थिक वर्षको उपरोक्त निर्णयहरू दुवै अधिकार प्राप्त निकायबाट भएको हुँदा कानूनले व्यवस्थित गरेको बाटो अनुसार विभागको मिति २०४१।१२।३० को निर्णय बदर गराउन सम्मानीत म.क्षे.अ. मा पुनरावेदनको अनुमति र कार्यालयबाट पुनः कर निर्धारण आदेश गर्दा साविक भन्दा बढी कर लगाई भएको निर्धारण आदेश बदर गराउन राजस्व न्यायाधिकरण काठमाडौंमा पुनरावेदन पत्र दर्ता गरेको हुँदा छुट्टा–छुट्टै निकायबाट भएको पृथक निर्णयहरू बदर गराउन ऐनमा पृथक–पृथक व्यवस्था भएबाट सोको लागि कानुनी बाटो अवलम्बन गरेका छौं । यस्तो स्थितिमा सम्मानीत म.क्षे.अ.बाट ऐन अन्तर्गतको विभिन्न दफाहरू अनुसार पाउन सक्ने छूट पाउन पर्ने भन्ने समेतको आधार लिएर राजस्व न्यायाधिकरण काठमाडौंमा २०४२।७।१२ मा पुनरावेदन समेत दिएको प्राप्त मिसिलबाट देखिँदा उक्त आधार बुँदाको हकमा सोही पुनरावेदनबाट किनारा लाग्न सक्ने देखियो । प्रस्तुत निवेदन जिकिर अनुसार आयकर ऐन, २०३१ को विभिन्न दफाहरू बमोजिम छूट पाउनु पर्ने भन्ने जिकिर लिएको विषय ऐ.ऐनको दफा ३४(५)(ख) बमोजिम कानून व्याख्याको प्रश्न सम्बन्धी त्रुटी भएको मान्न सकिने नदेखिँदा पुनरावेदनको लागि अनुमति प्रदा