निर्णय नं. ७१२० - लिखत दर्ता बदर दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७१२० - लिखत दर्ता बदर दर्ता भाग: ४४ साल: २०५९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५९/०१/२३ २८२४ निर्णय न.७१२० ने.का.प. २०५९ अङ्क ७/८ संयुक्त इजलास माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी सम्वत् २०५४ सालको दे.पु.नं...४६८४ फैसला मितिः २०५९।१।२३।२ मुद्दाः लिखत दर्ता वदर दर्ता । पुनरावेदक वादीः धनुषा जिल्ला सपही गा.वि.स. वडा नं. ६ वस्ने रामजतन शाह तेली समेत बिरुद्ध प्रत्यर्थी प्रतिवादीः ऐ. ऐ. वस्ने रामचन्द्र शाह तेली समेत § वण्डापत्र पारीत भै सकेपछि यि पुनरावेदक वादीहरुको आफ्नो सम्पत्ति वण्डापत्रमा परेको नदेखिएपछि के कसो भएको रहेछ वुझ्ने कार्य स्वभाविक भै सोही मुताविक मिति २०५२।१२।१८ मा नक्कल सारी लिएको र सो मितिवाट ३५ दिन भित्रै अर्थात २०५२।१२।२१ मा फिराद परेको देखिन आएवाट थाहा पाएको ३५ दिन नाघि फिराद परेको भन्न नमिलि ऐनका म्याद भित्र फिराद परेका देखिने। § जहां कानूनद्वारा नै स्पष्ट रुपमा अनिवार्यता व्यवस्था गरेको हुछ सोको परिपालना हुनुपर्ने हुन्छ । कानूनले अनिवार्य गरेको व्यवस्था पुरा भएको अवस्थामा मात्र मन्जुरी भएको ठहरी लिखत पक्का हुने हुंदा कानून व्यवस्था गरे वाहेकका अन्य आधारमा मन्जुरी रहेको भनि भन्न नमिल्ने हुंदा कानून वमोजिमको मन्जुरीको अवस्था विद्यमान नभएको स्थितिमा वादी दावी नपुग्ने ठहर्याएको पुनरावेदन अदालत जनकपुरको मिति २०५४।८।१० को इन्साफ उल्टी हुने। (प्र.नं. १३ र १४) पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्त श्री महादेवप्रसाद यादव प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री विजय कुमार सिंह अवलम्वित नजिरः फैसला न्या.मीनबहादुर रायमाझीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९-१) वमोजिम पुनरावेदन अदालत जनकपुरको, मिति ०५४।८।१० को फैसला उपर यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ । २. मुखिया साहुको चारभाई छोरा जेठा रामचन्द्र साहु तेली, माहिलो रामपूत साहु तेली, साहिलो राम जतन साहु तेली तथा कान्छो रामनन्दन साहु तेली समेत पांच अंशियार छौं । आमा अघि नै परलोक भै सक्नु भएको छ । हामी पाचै अंशियार एका सगोलमा वसी घर खेती, लहना लगाउने, विक्री व्यापार तथा किरानाको पसल गरी आएका थियौ । दाजु रामचन्द्र साह पत्नि तथा छोरा छोरीको मोह जालमा फसी हामीले संयुक्त रुपमा आर्जन गरेको सम्पती एक्लौटी वनाउने प्रयासमा लागेको देखि हामीले अंश छुट्याई दिनु भन्दै आएका थियौ । सगोलको आर्जनवाट आर्जित रुपैया लगानी गरी लेनदेन मुद्दामा २०४४।११।६ को फैसला वमोजिम प्रतिवादीले विगो दाखिल नगरेवाट कोर्ट फि समेत गरी १-०-९ जग्गा वादी रामचन्द्रले डांक लिलाम सकार गरी प्राप्त भएको जि.ध. नक्टाझिझ गा.वि.स. वार्ड नं. ५ कि.न.२५१ को ०-७-८ जग्गा मध्ये २०४९ सालमा शुरेस साह हलुवाईलाई हामीलाई थाहै नदि ०-१-१० जग्गा विक्री गरी टायल चेक गर्दा १० धुर घटी हुन आई दाजु रामचन्द्रको नाममा परिवर्तिन कि.नं. २८३ मा ०-५-८ जग्गा दर्ता रही हामी सवै दाजु भाइले संयुक्त रुपमा भोग चलन गरी आएका थियौं । मिति २०५२।११।९ मा मा.पो.का. धनुषावाट र..नं. ७१३९ वाट अंशवण्डा रजिष्ट्रेशन हुंदा विपक्षी दाजु रामचन्द्रले वदनियती गरेको मौकैमा थाहा भएन । जि.ध. नक्टाझिझ गा.वि.स. वार्ड नं. ५ को कि.नं. २८३ को ०-५-८ जग्गा अंशमा नपरे पछि थाहा भई दाजु रामचन्द्रलाई सोधपुछ गर्दा विक्री गरे भनि भन्नु भएवाट ०५२।१२।१८ गते दाता रामचन्द्रलाई सोधपुछ गर्दा विक्री गरे भनी भन्न