निर्णय नं. ७४३५ - मोही निष्काशन ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७४३५ - मोही निष्काशन । भाग: ४६ साल: २०६१ महिना: पौस अंक: ९ फैसला मिति :२०६१/०२/०१ २९१६ निर्णय नं.७४३५ ने.का.प.२०६१ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री शुसिला सिंह सिलु संबत् २०५७ सालको दे.पु.नं. ....६३४८ फैसला मितिः २०६१।२।१।६ मुद्दाः मोही निष्काशन । पुनरावेदक प्रतिवादीः काठमाडौं जिल्ला, चुनिखेल गाऊँ विकास समिति वडा नं. ४ वस्ने हेराकाजी (हिराकाजी) श्रेष्ठ बिरुद्ध विपक्षी वादी काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २२ वस्ने विष्णु केशरी श्रेष्ठ § पुनरावेदक प्रतिवादीले पेश गरेको नगदी रसिदबाट के वापत, कुन जग्गाको, को जग्गाधनीलाई, कुन सालको कूतवाली धरौट राखेको भन्ने नदेखिएको र सम्बन्धित गाऊँ विकास समितिले दिएको जवाफबाट समेत त्यस्तो धरौट राखेको भनी जिकिर लिएको धरौटी रकम आम्दानी वाँधेको तथा ७ दिन भित्र जग्गाधनीलाई सूचना दिएको भन्ने देखिन नआएबाट भूमी सम्बन्धी ऐन, २०२१ को दफा ३६ अनुरुप वाली धरौट राखेको रसिद हो भन्न नमिल्ने । § प्रतिवादीले दावीको सालको कूतवाली प्रत्यर्थी जग्गाधनीलाई वुझाएको र सम्बन्धित निकायमा धरौटी राखेको समेत नदेखिएको हुँदा भूमी सम्बन्धी ऐन, २०२१ को दफा ३६ वमोजिम आपूmले कमाउदै आएको जग्गाको तोकिएवमोजिमको कूत वाली जग्गाधनीलाई वुझाउनु पर्ने दायित्व पूरा नगर्ने पुनरावेदक मोहीलाई दफा २९(१) वमोजिम मोही हकबाटै निष्काशन गर्ने गरेको पुनरावेदन अदालत, पाटनको फैसला सो हदसम्म मिलेकै देखिंदा सदर हुने । § वादीको दावी नै नरहेको बिषयमा प्रतिवादीबाट कूत भराइ दिने ठहराएको पुनरावेदन अदालतको फैसला वादी दावी भन्दा वाहिर गई भएको देखिंदा सोतर्फको ठहर बुँदा सम्म नमिली केही उल्टी हुने । पुनरावेदक प्रतिवादीतर्फवाटः विद्वान अधिवक्ताद्वय श्री दामोदर खड्का र श्री लक्ष्मण थपलिया विपक्षी वादीतर्फवाटः विद्वान अधिवक्ताद्वय श्री नारायण वल्लभ पन्त र श्री अर्जुनप्रसाद कँडेल अवलम्वित नजिरः २०६० सालको फौ.पु.इ.नं. ३,४,५ कृष्ण नारायण सिंह समेत विरुद्ध श्री ५ को सरकार फैसला न्या.हरिप्रसाद शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत पुनरावेदन अदालत, पाटनको मिति २०५७।२।९ को फैसला उपर प्रतिवादीको यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ:- २. मेरा नाउँमा दर्ता रहेको चुनीखेल गाऊँ विकास समिति वडा नं.२(ख) कि.नं. २०३ रोपनी १.१.३ जग्गाको विपक्षी हेराकाजी श्रेष्ठ मोही हो । विपक्षीले निजको दायित्व वमोजिम उक्त जग्गाको कूत आजसम्म वुझाएको छैन । २०३४ र २०३५ सालमा विपक्षी उपर दिएको मुद्दामा वाली भरी पाउने फैसला भएको । यो २०५४ सालको कूत मलाई नवुझाएको र गाऊँ विकास समिति वा भूमी सुधार कार्यालय समेतमा धरौट समेत नराखेकोले भूमी सम्बन्धी ऐनको दफा २९(१) अन्तर्गत फिराद गर्न आएको छु । उल्लेखित कि.नं. २०३ को जग्गाको कूत मलाई कानून वमोजिम नवुझाएको र म्यादमा धरौट समेत नराखेको हुनाले विपक्षी मोहीलाई कि.नं. २०३ बाट निष्काशन गरी पाउँ भन्ने समेत व्यहोराको फिराद दावी । ३. उल्लेखित चुनीखेल गाउँ विकास समिति वडा नं. २(ख) कि.नं. २०३ को १.१.३ जग्गाको मोही म प्रतिवादीले उक्त जग्गा कमाउदै विपक्षी जग्गाधनीलाई साल सालको वाली वुझाउदै आइरहेको थिएँ । यो २०५४ सालको वाली जग्गा धनीलाई वुझाउन जाँदा वुझ्न नमानेकोले म प्रतिवादीले उक्त जग्गाधनीलाई वुझाउनु पर्ने वाली नगदमा परिणत गरी भूमी सम्बन्धी ऐन, २०२१ को दफा ३६(२) वमोजिम गा