निर्णय नं. ३३२८ - निषेधाज्ञा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३३२८ - निषेधाज्ञा भाग: ३० साल: २०४५ महिना: बैशाख अंक: १ फैसला मिति :२०४४/१२/२४ २२९३ निर्णय नं. ३३२८ ने.का.प. २०४५ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४३ सालको दे.पु.नं. ६९६ फैसला भएको मिति : २०४४।१२।२४।४ मा निवेदिका : का.जि.का.न.पं. वा.नं. ३२ बस्ने शुसिला थापा विरुद्ध विपक्षी : का.जि.का.न.पं. वार्ड नं. ३१ बस्ने रमेश बाबु मल्लसमेत मुद्दा : निषेधाज्ञा (१) कानूनको मर्यादा राखी आफ्नो हकको प्रयोग अरुको हकको हनन नहुने गरी गर्नु प्रत्येक नागरिकको मूल कर्तव्य हुन जाने हुँदा प्रत्यर्थीहरूले आफ्नो हकाधिकारको जग्गामा कुनै किसिमका कार्य गर्न नपाउने भन्न मिल्ने समेत देखिन आएन, तर प्रत्यर्थीहरूले आफ्नो जग्गामा गरेको कार्यबाट निवेदिकाको सम्पत्तिमा असर पर्न जान दिनु भएन, प्रत्यर्थीले उपरोक्त बमोजिम काम कारवाही गरेमा निवेदिकाको हक अधिकारमा हनन हुन जाने आशंकासम्म देखिन आएकोले आफ्नो हकको प्रयोगमा अर्काको हकको हनन नहुने गरी कार्य गर्नु भनी निषेधाज्ञाको आदेश जारी नगरेको म.क्षे.अ. को इन्साफ नमिली त्रुटिपूर्ण हुँदा बदर हुन्छ, निवेदिकाको सम्पत्तिमा नोक्सान गर्न नपाउने गरी आफ्नो हकको सम्पत्ति उपभोग गर्न पाउने गरी प्रत्यर्थीहरूको नाउँमा निषेधाज्ञा जारी हुने । (प्रकरण नं. १४) पुनरावेदिका तर्फबाट : विद्वान अधिवक्ता श्री वैद्यनाथ उपाध्याय विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी फैसला न्या.बब्बरप्रसाद सिंह : म.क्षे.अ.को मिति २०४२।११।२१ को फैसला उपर चित्त नबुझी निवेदिका शुसिला थापाको पुनरावेदनको अनुमतिको लागि पर्न आएको निवेदनमा अनुमति प्राप्त भई इजलास समक्ष पेश भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ । २.विपक्षीहरूले २०३३।६।२५ का दिन पूर्व साझा बाटो कमल थापाको घर, पश्चिम आफ्नै पर्खाल समेत उत्तर माधुरी थापाको जग्गा दक्षिण गगोत्री जाने बाटो यति ४ किल्ला भित्रको कि.नं.३७२ को जग्गा १–२–३–३ को घरजग्गा देखि पश्चिम तिरको सडक देखि पुर्वपट्टि उचो ठाउँमा मेरो घर र पर्खाल रहेको र विपक्षीहरूले उक्त पर्खाल देखि पश्चिम पट्टीको जग्गामा माटो काटी गहिरो पारी दिंदा मेरो पर्खाल उक्त जग्गामा टेवालागि रहेको र उक्त जग्गाको माटो काटी दिएकोले मेरो पर्खाल समेत बीच बीचमा चर्की भत्कीन लागेको अवस्थामा पुर्याई दिएकोले सो मेरो पर्खाल भत्काउन विपक्षीलाई अधिकार छैन । नेपालको संविधानको धारा ९(२) मा उल्लेख भए अनुसार अरुको अधिकारमा बाधा पुर्याउन कसैलाई अधिकार छैन यसरी उचो स्थानबाट माटो काट्दा मेरो पर्खाल समेत भत्काई दिने मुराद लिनुको साथै मेरो घर समेतमा आघात पर्न गएकोले नागरिक अधिकार ऐन, २०१२ को दफा ६ को देहाय ५ र ६ अनुसार ऐ.ऐनको दफा ९ अनुसार सम्पत्तिको असर पर्न नसक्ने र यसरी माथि लेखिए अनुसार मेरो हकको सम्पत्ति नोक्सानी पार्न नपाउने गरी विपक्षीहरूको नाउँमा निषेधाज्ञा जारी गरिपाउँ भन्ने व्यहोराको शुसिला थापाको निवेदन । ३.निवेदकको माग बमोजिम निषेधाज्ञा आदेश किन जारी हुन नपर्ने हो ? सो को सबूद साथ लिखितजवाफ पेश गर्नु र यो मामीलाको निर्णय हुँदा ठहरे बमोजिम हुने गरी हाल निवेदकको हकभोग स्वामित्व भित्रको पर्खाल भत्काउने र माटो खन्ने क्रिया नगर्नु भनी विपक्षीका नाउँमा अन्तरिम आदेश समेत जारी गर्नु भन्ने समेत व्यहोराको वा.अं.अ.को २०४०।५।२७ को आदेश । ४.विपक्षीले हाल बनाएको घर हाम्रो हो र विपक्षीको साँधबाट १८।२० फिट