निर्णय नं. ३३२९ - बन्दी–प्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३३२९ - बन्दी–प्रत्यक्षीकरण भाग: ३० साल: २०४५ महिना: बैशाख अंक: १ फैसला मिति :२०४४/११/२६ २२९३ निर्णय नं. ३३२९ ने.का.प. २०४५ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत २०४४ सालको रिट नं. २११९ आदेश भएको मिति : २०४४।११।२६।४ मा निवेदक : भारत घर भई कारागार शाखा पर्सा कैदमा बसेका राम अयोध्या सही भन्ने गोछासाह तुरहासमेत विरुद्ध विपक्षी : पर्सा जिल्ला अदालत वीरगञ्जसमेत विषय : बन्दी–प्रत्यक्षीकरण (१) कैद भुक्तान हुन बाँकी नै देखिनाले माग बमोजिमको आदेश जारी गरिरहन परेन । (प्रकरण.नं. ११) निवेदकतर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री पुण्येप्रसाद अर्याल विपक्षीतर्फबाट : विद्वान का.मु. सह–न्यायाधिवक्ता श्री वलराम के.सी. आदेश न्या.बब्बरप्रसाद सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुनआएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर निम्न प्रकार छ । २.वादी पक्षले म निवेदक माथि सुरेशप्रसाद जयसवालको जाहेरी परेको डाँका मुद्दा दायर गरेकोमा सुरेशको जाहेरी परेकोमा चोरीको १४ नं. देहाय (४) बमोजिम कैद वर्ष ६ र जरिवाना रु.१,२४,९८०।– नतिरे बापत चोरीको २८ नं. बमोजिम कैद वर्ष ४ समेत कैद वर्ष १० र अर्कोमा दोश्रो पटकको डाँका ठहर्याई सोही ऐन अनुसार कैद वर्ष ९ र जरिवाना नतिरे बापत ४ वर्ष समेत गरी १३ वर्ष कैद गरी दुबै मुद्दामा जम्मा कैद वर्ष २३ गरी चोरीको २७ नं. बमोजिम हद कैद वर्ष १८ गरी ०३९।८।४ देखि ०५८।८।४ सम्म कैद बसी ऐ.५ गते छुट्ने लगत कायम गरिएको छ । दण्ड सजायँको १० र ४१ नं. तथा चोरीको महलको २८ नं. बमोजिम सबभन्दा पछि र सबभन्दा बढी कैदको कलममा कैद म्याद ठेकी त्यस मध्येको सानो कैद र जरिवाना कलमलाई सो मध्ये ठूलो कैदको कलममा गाभी दिनु पर्ने हुँदा तदानुसार म माथि वादी पक्षबाट दायर दुबै कलमका डाँका मुद्दामा कैद बापत हुने पछिको दोश्रो कलम डाँका मुद्दामा ९ वर्ष कैद ठेकी जरिवाना बापत दुवै मुद्दाको जम्मा जरिवाना रु.१,४२,९८०।– को चोरीको २८ नं.ले हद कैद वर्ष ४ समेत दुबै कलम गरी जम्मा कैद वर्ष १३ मात्र कैद ठेक्नु पर्ने ठाउँमा सो भन्दा बढी ५ वर्ष बढी कैद लगत ठेकी कैद वर्ष १८ पारी मेरो कानुनी हकको हनन् गरेको हँुदा जो चाहिने आज्ञा, आदेश जारी गरी ०३९।८।८ देखि गणना गरी मिति ०५२।८।७ सम्म कैद बसी छुट्न पाउने गरिपाउँ भन्ने निवेदन । ३.यसमा के कसो भएको हो निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो प्रत्यर्थीहरूबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियमबमोजिम पेश गर्नु भन्ने यसै अदालत एक न्यायाधीशको इजलासबाट गएको आदेश । ४.सुरेश जैसवालको जाहेरीले वादी श्री ५ को सरकार भएको डाँका मुद्दामा ०४०।३।१९ का फैसलाले र फौ.ल.नं ४८ का लगत बमोजिम म्यादी कैद वर्ष ६।। र ज.रु. १,२४,९८०। लागेकोमा जरिवानातर्फ चोरीको २८ नं. ले कैद वर्ष ४।’। समेत जम्मा कैद वर्ष १० ठेकिएको र हेमबहादुरको जाहेरीले वादी श्री ५ को सरकार भएको डाँका मुद्दामा मिति ०४१।१२।२६ को फैसला र फौ.ल.नं. ३२४ का लगतले म्यादी कैद वर्ष ९।’। र ज.रु. १८,०००। भएकोमा जरिवाना नतिरेको हुँदा जरिवाना बापत चोरीको २८ नं. ले कैद वर्ष ४।’। गरी जम्मा कैद वर्ष १०।’। लागेकोमा निज राम अयोध्या भन्ने जोधा साह तुरहा मिति ०३९।८।८ गतेदेखि प्रहरी हिरासतमा रही मिति ०५२।८।७ गतेसम्म कैदमा रहने गरी र रामदेव साह तुरहा मिति ०३९।८।४ गतेदेखि प्र.हरि हिरासतमा रही मिति ०५२।८।७ गतेसम्म कैदमा रहने गरी छुट्टाछुट्टै मितिमा भए