निर्णय नं. ७१२१ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७१२१ - उत्प्रेषणयुक्त परमादेश भाग: ४४ साल: २०५९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५९/०२/२८ ३०५५ निर्णय न.७१२१ ने.का.प. २०५९ अङ्क ७/८ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री केदारनाथ आचार्य सम्वत् २०५९ सालको रिट.नं...३०३५ आदेश मितिः २०५९।२।२८।३ मुद्दाः उत्प्रेषणयुक्त परमादेश । निवेदकः महोत्तरी जिल्ला हतिसर्वा गा.वि.स. वडा नं.७ घर भै हाल जिल्ला वन कार्यालय अछामको जिल्ला वन अधिकृत पदमा कार्यरत योगेन्द्रप्रसाद यादव बिरुद्ध विपक्षीः लोकसेवा आयोग कमलपोखरी, काठमाडौं समेत § नियुक्तिका लागि उपयुक्तताको परिक्षण गर्ने अधिकार पाएका कर्मचारीहरुलाई नियुक्ति सम्वन्धि प्रक्रिया तोकि एकरुपता ल्याउन र नियमित गर्न लोक सेवा आयोगवाट अधिकार प्रत्यायोजन भए वमोजिम रिक्त पदपूर्ति गर्ने कार्यविधिको निर्देशिका, २०५१ वनाएको पाइन्छ । जस्लाई अक्षरस पालना गरी नियुक्तिका लागि उपयुक्तता परिक्षण गर्ने अधिकारीको लागि वाध्यात्मक कर्तव्य हुने। § लोक सेवा आयोगवाट प्रत्यायोजित अधिकार अन्तर्गत नियुक्ति प्रक्रिया पुरा गर्नु पर्नेमा रिक्त पदपूर्ति गर्ने कार्यविधिको निर्देशिका, २०५१ को रित नपुर्‍याई नियुक्ति गरेको र सोको आधारमा नियुक्ति पाएका कर्मचारीहरुको नियुक्ति समेत लोक सेवा आयोगवाट वदर भै सकेको अवस्थामा त्यस्तो प्रक्रिया नै नपुर्‍याई वेरीतसंग पदपूर्ति गर्ने निवेदक जिल्ला वन अधिकृत उपर कानून वमोजिम विभागिय कार्यवाहिको लागि सिफारिस गरिएको कारणवाट मात्र रिट निवेदकको अधिकार हनन् भएको भनि मान्न नमिल्ने। (प्र.नं. १०) निवेदक तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री महादेव प्रसाद यादव र श्री खगेन्द्र प्रसाद अधिकारी विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्त श्री राजनारायण पाठक अवलम्वित नजिरः आदेश न्या.हरिप्रसाद शर्माः नेपाल अधिराज्यको संविधान २०४७ को धारा ८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छ । २. निवेदक जिल्ला वन कार्यालय धनुषाको वन अधिकृत पदमा कार्यरत रहदा उक्त कार्यालयमा रिक्त रहेको व.का.स. पद संख्या १४ पदपूर्ति गर्न प्रकाशित वि.नं.२।०५४।०५५ वमोजिम पदपूर्तिको सम्पूर्ण कार्यवाही लोकसेवा आयोग (कार्यविधि) ऐन, २०४८ को दफा १२(२) अनुसार अनियमित ठहर गरी त्यस्तो अनियमित पदपूर्ति गर्ने सम्वन्धित वन कार्यालयका प्रमुख उपर विभागीय सजाय गर्ने लोकसेवा आयोग केन्द्रिय कार्यालयवाट शिफारिस भै आएको भन्ने आधारमा वन विभागको मिति २०५५।१२।२२ को पत्रद्वारा विभागिय सजायको क्रममा निजामति सेवा ऐन, २०४९ को दफा ६६ वमोजिम भनि उक्त विभागका शाखा आधिकृतले २०५५।१२।२१ को निर्णयानुसार सफाई पेश गर्ने मौका दिनु भए अनुसार मिति ०५६।१।३ मा प्रत्यायोजित अधिकार अन्तर्गत रिक्त पदपूर्ति गर्दा मवाट कुनै किसिमको त्रुटी नभएको र लोकसेवा आयोगको निर्णय कानून एवं न्याय संगत नरहेको भनि म निवेदकले वन विभागका महानिर्देशक समक्ष सफाई पेश गरेको छु । ३. लोकसेवा आयोगवाट पदपूर्ति सम्वन्धि सम्पूर्ण कारवाही अनियमित ठहरगरी त्यस्तो कार्यगर्ने वन कार्यालयका प्रमुख उपर विभागीय सजाय गर्न लेखि पठाउने र प्रत्यायोजित अधिकार फिर्ता लिने भनि भएको निर्णयको नक्कलसारी ०५६।३।२२ लिंदा जानकारी हुन आएको हो सोही निर्णयको आधारमा लोक सेवा आयोगले कारवाहीको लागि वन तथा भूसंरक्षण मन्त्रालयलाई पत्र लेखेको रहेछ । लोक सेवा आयोगवाट मिति २०५५।११।२७ मा भएको विभागिय सजाय गर्नलागि प्रमुख समक्ष लेखि पठाउने भन्ने उल्