निर्णय नं. ७१२२ - लिखत बदर, दर्ता बदर, दर्ता कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७१२२ - लिखत बदर, दर्ता बदर, दर्ता कायम भाग: ४४ साल: २०५९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५८/१०/२९ ४४२३ निर्णय न.७१२२ ने.का.प. २०५९ अङ्क ७/८ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी सम्बत २०५४ सालको दे.पु.नं. ..३५९९ फैसला मितिः २०५८।१०।२९।२ मुद्दा :– लिखत वदर, दर्ता वदर, दर्ता कायम । पुनरावेदक वादीः जिल्ला मोरङ सिद्राहा गा. वि. स. वार्ड नं. १ बस्ने सुर्जी माझी थारु समेत बिरुद्ध विपक्षी प्रतिवादीः ऐ. ऐ. बस्ने सकुन्तला देवी भगत समेत § वादीको प्रस्तुत फिराद लिखत पारित भएको ०४६।६।२९ ले एक वर्ष सम्म थाहा पाएको पैतिस दिन भित्र परेको नदेखिई ०४८।६।१९ मा उल्लेखित हदम्याद नाघी सकेपछि मात्र परेको देखिंदा प्रस्तुत फिराद दावीलाई लेनदेन ब्यबहारको १० नं. अनुरुपको हदम्याद भित्रको मान्न सकिने अबस्था नरहेन । § लेनदेन ब्यवहारको ४० नं. मा यति कुरामा हदम्याद लाग्दैन भनि सो हदम्याद नलाग्ने जति कुरा प्रष्ट उल्लेख भएको र लेनदेन ब्यबहारका महलमा हदम्याद लेखिएको वा लाग्दैन भनेका कुरामा वाहेक अन्यमा भए गरेका दुई बर्ष भित्र नालेश दिनु पर्ने गरि हदम्याद सम्वन्धी कानूनी ब्यबस्था रहेको पाईन्छ । तर प्रस्तुत विवादमा लेनदेन ब्यवहारको माथि विवेचित १० नं. आकर्षित हुने भै सोही नं. मा हदम्याद समेत प्रष्ट उल्लेखन भै रहेको सन्दर्भमा लेनदेन ब्यबहारको ४० नं. को अबस्था प्रासँगिक समेत हुन नआउने । (प्र.नं. १२) पुनरावेदक वादी तर्फबाटः विपक्षी प्रतिवादी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या.हरिश्चन्द्रप्रसाद उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) वमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको सँक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ । २. विपक्षी पिताजी हामी अन्य फिरादीको र सुर्जिको पति चन्द्रलालसँग परिवार बढी धेरै ठूलो भएकोले अंश वण्डा गरौ भन्दा अंश वण्डा नगर्ने जो भएको सम्पत्ति घरसारमा मिलाई खाने भनि घरसारमा जग्गा जमिनहरु दिलाई दिनु भएको थियो । अंश गरौ भन्दा विपक्षी रिसाई ०४६।२।१० गते घर छोडी जानु भयो । हामी वादीको चुल्हो भान्छा अलग अलग भएको थियो । हामीहरुले मागेको सम्पत्ति र केही सम्पत्ति पनि विक्री गर्नु पर्ने अबस्था पनि थिएन । ०४८।४।३१ गते विहान ८ वजेको समयमा विपक्षी सकुन्तला, भविदास मित्रप्रसाद समेतलाई गोरु नारी कि. नं. २९८ को जग्गामा जोताई रहेको देखि हामीलाई पिताजीले भोगि खान भनि दिएको जग्गा किन जोत्नु हुन्छ भन्दा मैले भैरु चौधरीवाट किनेको जग्गा कसरी तपाईको अंश लाग्छ भन्दा जग्गा जोत्न नछाडेको र ०४८।६।६ गते मा. पो. का. मोरङ आई पिताजीको लगत दर्ता श्रेस्ता समेत हेर्दा खारेजी मोठ देखीएको र कसलाई हक छाडेछन् भनी लिखतहरु पत्ता लगाई नक्कल सारी हेर्दा दिने चन्द्रलाल लिने भैरु चौधरी भै र. न. ११७४ मिति २०४६।६।२९ गते कि. नं. २९८ को ०–१६–५ जग्गा राजीनामा लिनु दिनु भएको र सोही जग्गा भैरु चौधरी दिने सकुन्तला भगत लिने भै र. न. ९८६५ मिति ०४८।१।५ गते जालसाँजी लिखत खडा गरेको नक्कल लिँदा थाहा पाएको हो । यसरी लेनदेन ब्यवहारको १० नं. बमोजिम मञ्जुरी लिन पर्ने मञ्जुरी समेत नलिई मुलुकी ऐन, किर्ते कागजको ३ नं. को परिभाषा भित्रको अपराध गर्नु भएको कुरा ०४८।४।३१ गते प्रकाशमा आई ०४८।६।६ गते नक्कल सारी थाहा पाएकोले सर्वोच्च अदालतको ने. का. प. ०४१ अङ्क ६ नि. नं. २०३२ पेज नं. ५५६ को न्यायिक सिद्धान्त र लेनदेन ब्यहोराको १०।४० नं. अ. वं. ८२ नं. समेतको आधारमा फिराद गर्न आएको