निर्णय नं. ३३३२ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३३३२ - उत्प्रेषण भाग: ३० साल: २०४५ महिना: बैशाख अंक: १ फैसला मिति :२०४४/१०/०७ २३०६ निर्णय नं. ३३३२ ने.का.प. २०४५ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत २०४३ सालको रिट नं. १५९७ आदेश भएको मिति : २०४४।१०।७ मा निवेदक : रुपन्देही फर्साटिकर गा.पं.वा.नं.५ बस्ने खिमानन्द बस्यालसमेत विरुद्ध विपक्षी : प्र.जि.अ. जिल्ला कार्यालय रुपन्देहीसमेत विषय : उत्प्रेषण (१) दर्ता बदर लिखत बदर सन्धिसर्पन हक बेहक विषयको विवाद जिल्ला कार्यालयले पुनरावेदन सुन्न पाउने व्यवस्था नभएबाट मुद्दामा पक्ष विपक्ष नभएका व्यक्तिको पुनरावेदन लाग्न नसक्नेमा त्यस्तो व्यक्तिहरूको अनाधिकृत पुनरावेदन सुनी जिल्ला कार्यालयबाट गरेको पुनरावेदन निर्णय प्रतिपादित सिद्धान्तको बिपरीत भई त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ७) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती विपक्षीतर्फबाट : विद्वान स.अ.श्री प्रेमबहादुर विष्ट विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल उल्लिखित मुद्दा : रिट नं. ११९१, सम्वत् २०४१, निवेदक रामविलास महतो विरुद्ध जि.का.सर्लाही समेत भएको रिट निवेदनमा यसअदालत, डिभिजनबेन्चबाट मिति ०४२२२१ गते फैसला भई सिद्धान्त प्रतिपादित आदेश न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत विषयको संक्षिप्त तथ्य तथा रिट निवेदन जिकिर निम्न प्रकार रहेछ । २.रिट निवेदक मध्ये म खिमानन्द बस्यालका नाममा साविक दर्ता तिरोको जिमिदारबाट २ नं. रसिद प्राप्त भई भोगचलन गरिआएको जग्गा हाल नापीमा जि. रुपन्देही सौरह फर्साटिकर गा.पं. वडा नं. ५(ख) को साविक नापीमा १०० नं. मा नापी भएको नापीका बखत म विदेश भएबाट नापीमा लेखाउन नसकेको यसप्रकारको जग्गा र यसै कित्ताभित्र सन्तराम समेतको जग्गा घुसेबाट निजहरूले निवेदन दिई आफ्नो जग्गा छुटाई ज.ध.प्र.पु. समेत लिई कि. फोड हुँदा मेरो जग्गा कि.नं.१५० ज.वि. ४–११–१० कायम भई रुपन्देही मालपोत कार्यालयबाट मिति २०४०।३।३१ मा छूट कित्ता दर्ता भई ज.ध.प्र.पु. समेत पाई सो बाट कि.फो. भई कि.नं.१७९ मा ज.वि. २–०–० र कि.नं.१८० मा ज.वि. २–११–१० कायम भई ती जग्गाहरू म खिमानन्दले कि.नं.१७९ को ज.वि. २–०–० डोलराजलाई बिक्री गरी कि.नं.१८० को ज.वि. २–११–१० जग्गा २०४२।१।१५ सम्म र खिमानन्दले नै भोगचलन गरिआएकोमा कथकार कारणबस रनबहादुरु थापालाई बिक्री गरेको र कि.नं.१७९ को जग्गा डोलराजबाट नन्दलालले मिति २०४२।१।१६ मा हालको बकसपत्रद्वारा पाएको, यसप्रकार दिने रनबहादुर तथा नन्दलाल थापाको भोगचलन घरबास समेत गरिआएको कित्ता जग्गामा विपक्षी डिल्लीराज समेतका १७ जनाले सन्धिसर्पन जग्गा छूट कित्ता भनी दर्ता गरेकाले बदर गरिपाउँ भन्ने मिति २०४०।५।८ मा विपक्षी जि.का.मा पुनरावेदन गरेछन् । म खिमानन्दलाई सम्म जि.का.बाट झिकाइयो तर म रनबहादुर म नन्दलाललाई विपक्षी जि.का.बाट झिकाइएन अनाधिकार कारवाही हुँदा म खिमानन्दले जि.का.को तारेख छाडी बसेको थिएँ । २०४३।४।२० गतेका दिन दिउँसो विपक्षी डिल्लीराज र विष्णुवल्लभ समेत जना २ भई उक्त जग्गामा हामी नन्दलाल, नरबहादुरलाई भोगचलन गर्न दिदैनौं भनेबाट जि.का.रु. मा गई म रिट निवेदक मध्येको खिमानन्द बस्यालले मिति २०४३।४।२४ मा फैसलाको नक्कल सारी लिएर विपक्षी जि.का.मा प्र.जि.अ. ले मिति २०४०।३।३१ मा रुपन्देही मालपोत कार्यालयबाट म खिमानन्द बस्यालका नाममा छूट कित्ता दर्ता गर्ने गरेको कि.नं.१५० को दर्ता जग्गा र त्यसबाट कि.फो