निर्णय नं. ७४३६ - लागूऔषध ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७४३६ - लागूऔषध । भाग: ४६ साल: २०६१ महिना: पौस अंक: ९ फैसला मिति :२०६१/०२/१४ ३४८२ निर्णय नं.७४३६ ने.का.प.२०६१ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री दिलीप कुमार पौडेल माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित सम्वत् २०५६ सालको फौ.पु.नं. ...२१४२ फैसला मितिः २०६१।२।१४।५ मुद्दाः लागूऔषध । पुनरावेदक वादीः प्र.ना.नी. रेशमवहादुर श्रेष्ठ समेतको प्रतिवेदनले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः दोलखा जि. माटी गा.वि.स.वा.न.. ८ वस्ने सुदर्शन कुवंर समेत § लागूऔषध नभए पनि गैर लागुपदार्थलाई समेत लागुपदार्थको रुपवाट कारोवार गर्ने कार्यलाई समेत कसूर मानि सजायको व्यवस्था गरिएको देखिदा कारोवार गर्ने व्यक्तिलाई विवादित पदार्थ लागूऔषध हो भन्ने जानकारी हुनु वा नहुनुले कारोवारको परिणामलाई असर नपार्ने । § लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा १७क मा उल्लिखित “लागूऔषध भन्ने विश्वासमा पारी” भन्ने व्याक्याशंले कारोवारकर्तालाई लागुपदार्थ हो भन्ने जानकारी भएको हुनुपर्छ भन्ने अर्थ गर्न नमिल्ने । § समग्रमा दफा १७ क ले लागूपदार्थको नाममा वा रुपमा हुने गैर लागुपदार्थको कारोवारलाई समेत सजाय योग्य कार्य भनी तोकेको सम्म देखिन्छ, कारोवार कर्तालाई लागुपदार्थ हो भन्ने थाहा भएको अवस्था हुनै पर्ने भन्न नमिल्ने । § लागुपदार्थको कारोवार गर्ने प्रतिवादीहरुलाई लागूपदार्थ हो भन्ने थाहा भए नभएको कुराले उल्लिखित १७ क नं.बमोजिमको कसूरमा कुनै अन्तर नआउने । पुनरावेदक वादीतर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री दिनेशहरि अधिकारी प्रत्यर्थी प्रतिवादीतर्फवाटः विद्वान अधिवक्ता श्री खिल गिरी अवलम्वित नजिरः फैसला न्या.दिलीपकुमार पौडेलः पुनरावेदन अदालत पाटनवाट मिति २०५५।१२।२३ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत वादी श्री ५ को सरकारतर्फवाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यसप्रकार रहेको छ :– २. मिति २०५३।११।२६।१ गते युवराज पोखरल समेतले लागु औषधि हिरोइन खरिद विक्री गर्न हिडेका छन भन्ने वुझिएकोले खोजतलास गर्दै जाँदा वागवजारमा २ जनालाई शंका लागि सोधपुछ गर्दा लागूऔषध विक्री गर्न वसेको हो भनेकोले शरिर खानतलासी लिंदा सुदर्शनले लगाएको ज्याकेट भित्र अगाडि पट्टि पेटमा लुकार्ई राखेको छालाको प्याकेट फेला परेको र उधारी हेर्दा नरम प्लाष्टीकमा हिरोइन निकाली तौल गर्दा २०० ग्राम भएकोले वरामद गरी सुदर्शन कुंवर र युवराज पोखरेललाई पक्राउ गरेको हो भन्ने वरामदी मुचुल्का । ३. पक्राउमा परेका सुदर्शन कुंवरले भने देखाए बमोजिमको घरवाट हरी महरालाई पक्राउ गरी अभियुक्तहरु र लागूऔषध समेत दाखिला गरेका छौ कानूनबमोजिम कारवाही गरी पाउँ भन्ने प्र. ना.नि. रेशमवहादुर श्रेष्ठ समेतको संयुक्त प्रतिवेदन । ४. वरामद भएका २०० ग्राम लागूऔषधवाट अदालतमा पठाउन र परीक्षणको लागि पठाउन ३।३ ग्रामको दरले पोको पारी लाहाछाप गरिएको भन्ने मिति ०५३।११।२७ को मुचुल्का । ५. करिव १ हप्ता पहिला युवराज पोखरेलले लागूऔषध खरिद गर्ने ग्राहक फेला पारेको छु लागूऔषध फेला पार्न सक्छौ भने ल्याउ म विक्रि गर्छु भनेकोले सो कुरा मैले मेरो वावु संग गरेको र वावु हरि महराले पक्राउ पर्नु भन्दा २ दिन पहिले सर्लाहीवाट ल्याई मलाई दिएकोले म संग पक्राउ परेका युवराज पोखरेलले खरिद गर्ने पाटीको व्यवस्था भएको छ । सामान वोकी हिड भनेकोले वरामद भएको लागूऔषध सहित पक्राउ गरेका हुन के कति मुल्यमा विक्री गर्ने भन्ने कुरा मलाई थाहा