निर्णय नं. ७१२३ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७१२३ - उत्प्रेषणयुक्त परमादेश भाग: ४४ साल: २०५९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५९/०५/२८ २७६५ निर्णय न.७१२३ ने.का.प. २०५९ अङ्क ७.८ संयुक्त इजलास माननीय न्यायाधीश श्री टोपवहादुर सिंह माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी संवत् २०५४ सालको रिट नं. ३१२७ आदेश मितिः २०५९।५।२८।६ विषयः उत्प्रेषण परमादेश । निवेदकः वैतडी जिल्ला गुरुखोला गा.वि.स.वडा नं. ८ कांडे घर भै हाल जिल्ला वन कार्यालय दैलेखको वन रक्षक पदमा दरवन्दी भै दुल्लु इलाका वन कार्यालयमा काजमा कार्यरत विष्णूदत्त भट्ट समेत विरुद्ध विपक्षीः श्री ५ को सरकार सामान्य प्रशासन मन्त्रालय हरिहर भवन,पुल्चोक ललितपुर समेत § श्री ५ को सरकार वादी भै चलेको फौज्दारी मुद्दाको कारवाहीको क्रममा निलम्वनमा परेका निवेदकहरु निजामति सेवा ऐन, २०४९ को दफा ३० (१) मा उल्लेखित श्री ५ को सरकारको तर्फवाट भएको कारवाहीको फलस्वरुप निलम्वनमा परेको होइन भनि अर्थ गर्न नमिल्ने । (प्र.नं. १४) निवेदक तर्फबाटः विपक्षी तर्फबाटः विद्वान उप न्यायाधिवक्ता श्री सुरेन्द्रबहादुर थापा अवलम्वित नजिरः आदेश न्या.मीनबहादुर रायमाझीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८ (२) अन्तर्गत यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यस प्रकार रहेको छ । २. हामी निवेदकहरु मध्येको म विष्णुदत्त भट्ट फरेष्टर गार्ड पदमा मिति २०३३।३।८ मा म मोहन दत्त पन्त फरेष्टर गार्ड पदमा मिति २०३५।८।५ मा म राम सिंह महराले फरेष्टर गार्ड पदमा मिति २०२४।४।१ मा र म तिली चन्दले फरेष्टर ( सहायक रेन्जर पदमा मिति २०३४।१।१० मा नियुक्ति पाई हामी निवेदकहरु २०४४ सालमा विपक्षी मध्येको वेलारी इलाका वन कार्यालयमा कार्यरत रहेको अवस्थामा विपक्षी जिल्ला वन कार्यालय कन्चनपुरको प्रतिवेदनवाट हामी निवेदकहरु समेत उपर अनाधिकार वन पैदावार हटाईयो भन्ने मुद्दा चलाइएकोमा कारवाहीको सिलसिलामा लागेको धरौटी निवेदकहरु मध्येका म विष्णुदत्त भट्ट म राम सिंह महरा र म तिली चन्दले तत्काल राख्न नसकी थुनामा रहनु परेको र सो मुद्दामा पछि हामी निवेदकहरु समेतले वन संरक्षण विशेष व्यवस्था ऐन, २०२४ बमोजिम कसुर गरेको भन्दै हामी समेतलाई कैद तथा जनरिवाना गर्ने गरि तत्कालिन महाकाली अंचल अदालतवाट मिति २०४७।५।२० मा फैसला भएकोमा सो फैसला उपर हामी निवेदकहरु समेतले गरेको पुनरावेदनमा हामीहरुलाई सफाई दिई पुनरावेदन अदालत दिपायल मुकाम महेन्द्रनगरवाट मिति २०५१।२।१७ मा फैसला भएको र सो फैसला उपर श्री ५ को सरकारको तर्फवाट यस अदालतमा पुनरावेदन दायर गरिएकोमा हामीहरुलाई सफाई दिने गरिएको पुनरावेदन अदालत दिपायल मुकाम महेन्द्रनगरले गरेको फैसलालाई नै मनासिव सदर गरि यस अदालतवाट मिति २०५३।२।२९ मा फैसला भै सकेको छ । ३. पुनरावेदन अदालत दीपायल मुकाम महेन्द्रनगरवाट हामीले सफाई पाउने गरि मिति २०५१।२।१७ मा फैसला भै सकेपछि २०४४ साल चैत्र १ गते देखिको तलव भत्ता समेत पाउं भनि विपक्षी जिल्ला वन कार्यालयमा मिति २०५१।३।२७ मा निवेदन गरेकोमा सो कार्यालयले हालको निजामति सेवा नियमावली, २०५० को नियम २१ को प्रावधानलाई उल्लेख गर्दे सम्वन्धित मन्त्रालयमा हाजिर हुन जानको लागि मिति २०५१।३।२८ मा जानकारी दिएकोमा सो अनुसार सम्वन्धित मन्त्रालय विपक्षी वन तथा भू.संरक्षण मन्त्रालयमै सम्पर्क गर्दा पुनरावेदन अदालत दीपायल मुकाम महेन्द्रनगरले गरेको फैसला उपर श्री ५ को सरकारको तर्फवाट पुनरावेदन परे नपरेको सम्वन्धमा वुझने भनिएको र त्यसपछि यस अदालतवाट