निर्णय नं. ३३३४ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३३३४ - उत्प्रेषण भाग: ३० साल: २०४५ महिना: बैशाख अंक: १ फैसला मिति :२०४४/११/२७ २३०२ निर्णय नं. ३३३४ ने.का.प. २०४५ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४३ सालको रि.नं. १९८६ आदेश भएको मिति : २०४४।११।२७ मा निवेदक : गुल्मी खज्र्याङ गा.पं. वा.नं. ८ बस्ने जुद्धबहादुर मल्ल क्षेत्रीसमेत विरुद्ध विपक्षी : जिल्ला वन नियन्त्रक श्री अम्बिकाप्रसाद रेग्मीसमेतका ६२ जवान विषय : उत्प्रेषण (१) इलाका वन कार्यालयले पनि वन क्षेत्रभित्र पर्ने प्रतिवेदन दिएको साथै सरजमीनले पनि वनक्षेत्र कायम हुने व्यहोरा लेखाएको समेत आधारमा सरकारी वनक्षेत्र कायम गर्ने गरेको निर्णय गरेको देखिन आएबाट कानुनी व्यवस्था मुताविक तोकिएको अधिकारी जिल्ला वन नियन्त्रकले निर्णय गरेको कानून बिपरीत देखिन आएन । (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षीतर्फबाट : विद्वान सह–न्यायाधिवक्ता श्री जीतबहादुर कार्की विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल आदेश न्या. पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यसप्रकार रहेछ । २.हामी निवेदकहरू मध्ये म जुद्धबहादुर महतको पिता भीमबहादुरका नाउँमा म टिकाराम जिम्मा २००६ सालको कोदाले दर्ताको बगाले उखडा भन्ने जग्गा भोग तिरो गरी भू.सं. ऐन बमोजिम ७ नं. फाँटवारी पनि भरेको र जिल्लामा नापी आउँदा उक्त जग्गा खज्र्याङ गा.पं. वडा नं. ५ कि.नं.५०२ र ५०३ मा म जुद्धबहादुरको नाउँमा नापी दर्ता भई ज.ध.प्र. पूर्जा पाई अविछिन्न भोग गरिआएको थिएँ र त्यही जग्गाहरू मध्ये कि.नं.५०२ मध्ये ५–०–० रोपनी र कि.नं.५०३ मध्ये ३–०–० कृष्णबहादुर विश्वकर्मालाई ०४१।२।९ मा पास गरिदिएको र उक्त कित्ता जग्गाहरू ५०२ बाट कित्ताकाट भई कि.नं.५६८ हुन आई कि.नं.५६७ म कृष्णबहादुरको नाउँमा र कि.नं.५६८ म बुद्धबहादुरको नाउँमा कायम रहेको र कि.नं.५०३ कित्ताकाट भई कि.नं.५६९, ५७० हुँदा ५६९ म कृष्णबहादुरको नाउँमा र ५७० म जुद्धबहादुरको नाउँमा रहेको कि.नं.५६८ बाट थमनबहादुरलाई १२–५–०–३ राजीनामा गरिदिएको कित्ताकाट भई ५७१ म थमनबहादुरको नाम र ५७२ म जुद्धबहादुरकै कायम भएको छ । यसप्रकारको जग्गा हामीले भोगी आएकोमा अम्बिकाप्रसाद रेग्मी, मनबहादुर विश्वकर्मा समेतका ६२ जना विपक्षीहरूले श्री ५ महाजाराजाधिराज सरकारका जुनाफमा सन्धिसर्पन पर्ने भन्ने व्यहोरा लेखी यसलाई सामाजिक वन भन्ने समेत नामाकरण गरी त्यस्तो जग्गा म जुद्धबहादुरले दर्ता गराएको बदर गरिपाउँ भन्ने व्यहोराको विन्तिपत्र आएपछि सार्वजनिक सन्धिसर्पनको पनि होइन भन्ने बयान गरेको र यी जग्गा साविक देखिकै पिताजीको नामको कोदाले दर्ता भई ७ नं. फाँटवारी दाखेल गरी भोग गरिआएको र त्यस मध्येको माथि उल्लिखित राजीनामा समेतबाट आफूले लिएको भनी थमनबहादुर र कृष्णबहादुरले बयान गरेको थियो । विपक्षी वन नियन्त्रकज्यूले सरजमीन गरी गराई सो सरजमीन र ना.सु. कीर्तिनिधी पाण्डेको प्रतिवेदन भनी प्रतिवेदनमा वन भन्ने व्यहोरा पारी सो समेतको आधार लिई कि.नं.५०३ मा आवादी लेखेको घर छाप्रो भएकोले आवादी नै हुने कि.नं.५०२ को हकमा सरकारी वनक्षेत्र हुँदा सो कित्ताको क्षेत्रफल ७१–१५–०–१ को जग्गा दर्ता बदर गरी वनक्षेत्र कायम गर्ने निर्णय गरिएको छ सो को जनाउ र लगत कट्टा गरी मालपोत मिनाहा गर्न यो आदेशको प्रतिलिपि मालपोत कार्यालय गुल्मीमा पठाउने र विन