निर्णय नं. ३३३५ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३३३५ - उत्प्रेषण भाग: ३० साल: २०४५ महिना: बैशाख अंक: १ फैसला मिति :२०४४/१२/२३ २३५९ निर्णय नं. ३३३५ ने.का.प. २०४५ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४३ सालको रिट नम्बर १८८५ आदेश भएको मिति : २०४४।१२।२३।३ मा निवेदक : धादिङ, नौविसे गा.पं. वडा नं.५ बस्ने महेन्द्रप्रसाद पाण्डे खत्री विरुद्ध विपक्षी : श्री जिल्लापञ्चायत धादिङ न्यायिक समितिका अध्यक्ष कार्यवाहक सभापति टेकबहादुर तामाङसमेत विषय : उत्प्रेषण (१) गाउँपञ्चायतलाई खानी सञ्चालन गर्न इजाजत दिने अधिकार नभएको भन्ने कुरा जि.पं. को पत्रले नै स्पष्ट पारेको छ, यस्तो स्थितिमा आफूले गरेको अघिको कारवाही पत्र व्यवहार समेतलाई विचारै नगरी उक्त ढुड्डाखानी निवेदक र विपक्षीले संयुक्त सञ्चालन गर्न पाउने गरी जिल्लापञ्चायत सचिवालय धादिङको न्याय समितिले ०४३।६।९ मा गरेको निर्णय त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १२) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरी आदेश न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यसप्रकार रहेछ । २.पूर्व आवादी जग्गा पश्चिम बाँझो पर्ति जग्गा उत्तर त्रिभुवन राजपथ, दक्षिण पर्ति बाँझो जग्गा यति ४ किल्ला भित्रको प. १ नं. धा. जि. नौविसे गा.पं. वार्ड.नं. ५ को कुवापानी भन्ने ठाउँको ढुङ्गा खानीको इजाजत पाउँ भन्ने मेरो धादिङ जि.पं. सचिवालयमा निवेदन परी २०३८।९।१६ गते उक्त ४ किल्ला भित्रको ढुङ्गा खानी सञ्चालन गर्ने इजाजत पाई ०३८।९।१७ देखि खानी सञ्चालन गर्दै खानी ऐन नियमबमोजिम साल सालको नवीकरण दस्तूर समेत बुझाई नवीकरण गराई आएको मेरो हकको ढुङ्गा खानी हो उक्त खानीमा रोडा ढुङ्गा चोरी निकासी भएकोमा पत्ता लगाउँदै जाँदा नौवीसे गा.पं. वार्ड नं. ४ बस्ने देवीप्रसाद पाण्डे र ऐ.ऐ बस्ने इन्द्रप्रसाद पाण्डे समेतले जबरजस्ती काठमाडौंतर्फ ढुङ्गा निकासी गरेको कुरा जानकारी पाई मैले जि.का.काठमाडौं र प्रहरी समेतमा उजूर गर्दा कसैले सुनुवाई नगरेकोले श्री ५ महाराजाधिराज सरकारको हजूरमा विन्तिपत्र गर्दा वक्स भएका हु.प्र. बमोजिम जि.का.काठमाडौंबाट सरुवा भई प. १ नं. धादिङ जिल्लापञ्चायत सचिवालयमा दाखिल भई उक्त कार्यालयबाट शुरु भएको र विपक्षीलाई झिकाई कागज गराउँदा नौविसे गा.पं. बाट हामीहरूले ०३७।४।२४ गते इजाजत लिई रिन्यु समेत गरी चलाई आएको भन्ने विपक्षीहरूले बयान गरेकोमा ०३७।४।२४ मा नौविसे गा.पं. बाट इजाजत लिएको भन्ने वादी भएको र केही समय दुबै पक्षले साझेदारीबाट काम गरे भन्ने बुझिएको र दुबै पक्षले साझेदारी खानी सञ्चालन गरेको समेत विभिन्न मितिको कागजी प्रमाण देखिएकोले संयुक्त रुपमा खानी सञ्चालन गर्न दिने ठहर्छ भनी ०४३।६।९ मा प्रत्यर्थी न्यायिक समितिबाट निर्णय भयो । ३.मलाई प्रतिवादी बनाइएको निर्णय त्रुटिपूर्ण छ । मेरा नाउँमा इजाजत भएको खानी मेरो इजाजत बेगर देवीप्रसाद पाण्डे र इन्द्रप्रसाद समेतले सञ्चालन गर्न मिल्ने होइन । जिल्लापञ्चायत सचिवालय धादिङबाट निर्णय हुँदा खानी ऐन नियमबमोजिम ढुङ्गा, बालुवा ग्राभेल आदिको इजाजत दिने तथा नवीकरण गर्ने अधिकार गा.पं. तथा न.पं. लाई दिएकोमा पछि गृह पञ्चायत मन्त्रालयको मिति ०३५।३।११ को पत्रानुसार खानी ऐन नियमबमोजिम इजाजत दिने तथा नवीकरण गर्ने अधिकार जिल्लापञ्चायतलाई दिएको हुँदा त्यस गा.पं. लाई समेत कुन कुन वडा अन