निर्णय नं. ७४३७ - जीउ मास्नेबेच्ने ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७४३७ - जीउ मास्नेबेच्ने । भाग: ४६ साल: २०६१ महिना: पौस अंक: ९ फैसला मिति :२०६१/०६/१५ २९०१ निर्णय नं.७४३७ ने.का.प.२०६१ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री सुसिला सिंह सिलु सम्वत् २०५९ सालको फौ.पु.नं. .२८४३, ३०५५ फैसला मितिः २०६१।६।१५।६ मुद्दाः– जीउ मास्नेबेच्ने । पुनरावेदक प्रतिवादीः जिल्ला रुपन्देही मक्रहर गा.वि.स.वडा नं. ५ घर भई हाल कारागार शाखा पाल्पामा थुनामा रहेकी रेनुका पौडेल विरुद्ध प्रत्यर्थी वादीः धनकुमारी कुमाल (चौधरी) समेतको जाहेरीले श्री ५ को सरकार पुनरावेदक प्रतिवादीः जिल्ला रुपन्देही मक्रहर गा.वि.स.वडा नं. ५ घर भई हाल कारागारशाखा रुपन्देहीमा थुनामा रहेको खिमलाल भन्ने शंकर पौडेल विरुद्ध प्रत्यर्थी वादीः धनकुमारी कुमाल(चौधरी) समेतको जाहेरीले श्री ५ को सरकार § पीडितहरुलाई वम्वै वेश्यालयमा विक्रि गरेको र पछि विभिन्न मितिमा उम्की भागी आएको कुरामा विवाद नहुँदा पीडितहरुलाई वम्वै लगी विक्री गर्ने अपराधीहरु को हुन भन्ने कुराको बारेमा पीडितहरुकै भनाइ विश्वासनीय हुने हुनाले प्रमाणको लागि वढी ग्राह्य हुने । § प्रतिवादी घरैमा थिए भन्ने सामान्य भनाइ बाहेक प्रतिवादी शंकर पौडेल वारदातमा संलग्न थिएनन् भन्ने तथ्ययुक्त प्रमाण देखाई अभियोगको खण्डन गर्न सकेको देखिन नआएवाट प्रतिवादी खिमलाल भन्ने शंकर पौडेललाई अभियोग दावीबमोजिमको कसूरबाट मुक्त गर्न सकिने अवस्था र स्थिति विद्यमान भएको नदेखिंदा सफाइ पाउनु पर्छ भन्ने पुनरावेदन जिकिरसंग सहमत हुन नसकिने । पुनरावेदक प्रतिवादीतर्फवाटः विद्वान अधिवक्ता श्री लिलामणी पौडेल र वैतनिक अधिवक्ता श्री मुकुन्दप्रसाद पौडेल प्रत्यर्थी वादीतर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री महेन्द्रवहादुर कार्की अवलम्वित नजिरः आदेश न्या.सुशिला सिंह सिलुः पुनरावेदन अदालत वुटवलबाट मिति २०५८।११।१२ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत प्रतिवादीहरुकोतर्फबाट अलग अलग पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः– २. पाल्पा मदनपोखरा–६ माइतीघर भएकी मेरी श्रीमती वर्ष २२ की धन कुमारी चौधरी (कुमाल) घरबाट माइत आएकी र मिति २०५४।११।१२ गते माया नाम बताउने एउटी महिलासंग वाँसटारी देखि हिडेको थाहा लाग्न आएको र साथमा एक छोरा सहित हराई वेपत्ता भएकीले खोजतलास गरी पाउँ भन्ने समेत व्यहोराको प्रकाश चौधरीको हुलिया निवेदन । ३. पाल्पा पोखराथोक ३ घर भै मदनपोखरा ६ मा माइत हुने टेकवहादुर कुमालको छोरा गोविन्द कुमालको श्रीमती भाउजु सम्झना कुमाल ०५४।११।१३ गते माइत घरवाट प्रवास भन्ने स्थानमा मेला हेर्न भनि हिडेको र हराई वेपत्ता भएकोले निजले साथमा लगेको गरगहना समेत रु ४४,३००। सहित हराएकीले खोजतलास गरी पाउँ भन्ने व्यहोराको पूर्णवहादुर कुमालको हुलिया निवेदन । ४. २०५४ सालको माघे संक्रान्तीमा माइती घर मदनपोखरा घरमा आई वसेकी थिए, २०५४।११।११ गते रेनुका पौडेल मेरो माइती घर मै आई मलाई मेरो बहिनी शान्ति, हेमा, सम्झनालाई ललाई फकाई गरिन र ०५४।११।१२ गते निजसंगै बाँसटारीबाट शान्ती, हेमा, म रेनुका वुटवल भैरहवातर्फ गयौ । सम्झना तानसेनतर्फ गइन रुपन्देहीको मंगलापुरमा हेमा, शान्ति झरे म र रेनुका भैरहवामा पुगियो भैरहवामा एउटा केटा देखाई भारत जाने हो नोकरी छ भनि विश्वासमा पारी म पछि भोलिपल्ट रेनुकाले सम्झनालाई पनि लिएर आई, हामीहरुलाई केटा देखाई वम्वै पुर्याए, वम्वै पुगेपछि धर्मदिदी