निर्णय नं. ३३३६ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३३३६ - उत्प्रेषण भाग: ३० साल: २०४५ महिना: बैशाख अंक: १ फैसला मिति :२०४४/०९/३० २४९४ निर्णय नं. ३३३६ ने.का.प. २०४५ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४३ सालको रि.नं. २१४४ आदेश भएको मिति : २०४४।९।३०।५ मा निवेदक : विराटनगर नगरपञ्चायत वार्ड नं. १० बस्ने मनोजकुमार भट्टराई विरुद्ध विपक्षी : विशेष प्रहरी विभाग, सिंहदरवार, काठमाडौंसमेत विषय : उत्प्रेषण (१) राजपत्र अनङ्कीत प्रथम श्रेणीको पदमा रहेको राष्ट्रसेवक उपर विशेष प्रहरी विभागले भ्रष्टाचार उपर कार्यवाही चलाउन सक्ने । (प्रकरण नं. ११) विपक्षीतर्फबाट : विद्वान उप–न्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ आदेश न्या.गजेन्द्रकेशरी बास्तोला : नेपालको संविधानको धारा ७१ अन्तर्गत यस अदालतमा मिति ०४३।९।२४।५ मा दर्ता हुनआएको प्रस्तुत रिट निवेदन यसप्रकारको छ । २.विशेष प्रहरी विभागले निजामती सेवा नियमावली अन्तर्गत राजपत्र अनङ्कीत प्रथम श्रेणीको सुनसरी मोरङ सिंचाई योजनाको लेखापाल पदबाट निवेदकलाई नि.से.नि., २०२१ को परिच्छेद १० को नियम १(छ) तथा ६(७) अनुसार भविष्यमा सरकारी नोकरी निमित्त सामान्यत अयोग्य ठहरीने गरी ०४०।८।१६।६ को निर्णयानुसार दर्खास्त गरिएकोमा चित्त नबुझेकोले श्री ५ को सरकार मन्त्री परिषद््को सचिवालयमा पुनरावेदन गरेकोमा सोही ०४०।८।१६ को निर्णय मनासिव ठहराएको र विशेष प्रहरी विभागबाट मिति ०४३।८।४ मा जानकारी दियो । मलाई छड चोरीको अभियोगमा मुछेको छ आफ्नो जिम्मामा १० एम.एम. को फलामको छड १२७६०.५० के.जि. र १२ एम.एम. को फलामको छड ३८१.१३ के.जी.हिनामिना गरी भ्रष्टाचार गरेको आरोप लगाई ०४०।७।१ मा पहिलो स्पष्टीकरणको माग गरियो मिति ०४०।७।३० मा दोश्रो स्पष्टीकरणको माग भयो । ३.मेरो विरुद्धमा गवाहको रुपमा विभागद्वारा पेश गरिएका ठे. केशवराज उपाध्याय समेतलाई बुझी बयान बकपत्र गराउँदा ऐ. को दफा ६(२) बमोजिम मेरो पनि रोहवरमा हुनुपर्ने अनिवार्य छ ऐनको दफा ६(२) मा वर्णित कार्यविधिको पालना नगरिएको स्थितिमा नियम १०–९ अपाङ्ग हुन जान्छ । जबसम्म मेरो जिम्मा स्टोरमा २०८२५ एम.एम का छडहरू दाखिला हुँदैनन् तबसम्म त्यसको दायीत्व ममा आउँदैन । सबुद प्रमाणबाट २ ट्रक छड योजना स्थलमा लगिएको पुष्टी भएको छ । ती दुई ट्रक छडहरू मेरो जिम्माको स्टोरको हो भनी सप्रमाण दावी लिएको छु भने अन्यथा प्रमाणित नभएसम्म बिपरीत निष्कर्षमा पुग्न सर्वथा मिल्ने होइन । यसबाट वास्तविकता ढाक छोप हुन पुगेको स्पष्ट हुन्छ । पियन सिद्धिमान मानन्धरले दर्ता गराएको ०३८।८।२४ को द.नं. १५८६ को निवेदन वास्तविक हो । म विदामा बसेको अवधिमा केही व्यक्तिहरूले छड चोरेर भाग्न लाग्दा अफिसकै स्टाफले समाती डि.एस.पी.अफिसमा समेत राखिएका थिए । ती व्यक्तिहरू उपर कुनै कारवाही नगरी छोडिएको थियो । यी चोरीका वारदातहरू म ओभरसियर र विजयलाई चार्ज बुझाउने कुरामा छडहरू नापतौल गराउँदै थिएँ । ४.नि.से.नि. को नियम १०.७ अनुसार भ्रष्टाचार गरेको आरोपमा नियम १०.१.६ अन्तर्गत भविष्यमा सरकारी नोकरीको निमित्त सामान्यतः अयोग्य ठहरीने गरी नोकरीबाट बर्खास्त गर्ने गरेको नि.से.नि. को १०.१ को प्रतिकूल समेत भई प्राकृतिक न्याय सिद्धान्त समेतको प्रतिकूल हुँदा संवैधानिक हक अधिकारबाट वञ्चित भएकोले उत्प्रेषणको आदेशद्वारा विपक्षीहरूद्वारा गरिएको निर्णय बदर गरिपाउँ भन्ने व्यहोराको निवेदन जिकिर रहेछ । ५.मिति ०४३।१०।२।६ को यस अदालतको आदेशानुसार प्राप्त हुनआएको लिखित