निर्णय नं. ७१२४ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७१२४ - कर्तव्य ज्यान भाग: ४४ साल: २०५९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५८/०८/२८ ३२३० निर्णय न.७१२४ ने.का.प.२०५९ अङ्क ७.८ संयुक्त इजलास माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी सम्बत् २०५५ सालको फौ.पु.नं. ..१८८६ सम्बत् २०५५ सालको फौ.पु.नं. ..१८८७ सम्बत् २०५५ सालको फौ.पु.नं. ..१८८८ सम्बत् २०५५ सालको फौ.पु.नं. ...१९४७ फैसला मितिः २०५८।८।२८।५ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादीः सल्यान जिल्ला थारमाटे गा.वि.स. वा.नं. ५ घर भई हाल कारागार शाखा सल्यानमा थुनामा रहेका वर्ष २२ को टेकवहादुर डांगी समेत विरुद्ध बिपक्षी वादीः लिलावति खत्रीको जाहेरिले श्री ५ को सरकार पुनरावेदक प्रतिवादीः सल्यान जिल्ला थारमाटे गा.वि.स. वा.नं. ४ घर भई हाल कारागार शाखा सल्यानमा थुनामा रहेका बर्ष २१ को तेजवहादुर भण्डारी समेत विरुद्ध बिपक्षी वादीः लिलालती खत्रीको जाहेरिले श्री ५ को सरकार पुनरावेदक प्रतिवादीः सल्यान जिल्ला थारमाटे गा.वि.स.वा.नं. ४ घर भई हाल कारागार शाखा सल्यानमा थुनामा रहेको वर्ष १९ को जनकवहादुर भण्डारी विरुद्ध बिपक्षी वादीः लिलावती खत्रिको जाहेरिले श्री ५ को सरकार पुनरावेदक वादीः लिलावति खत्रीको जाहेरिले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः जि.सल्यान थारमाटे गा.वि.स.वा.नं. ४ वस्ने लिलाबहादुर के.सी समेत § प्रतिवादीको प्रहरीमा भएको साविती वयान,लास जांच प्रतिवेदन र मिसिल संलग्न अन्य प्रमाणहरु समेतबाट यी प्रतिवादीहरुले नै धारिलो हतियारले चोट प्रहार गरी मृतकलाई मारेको हो भन्ने कुराको समर्थन र पुष्टि गरेको अवस्थामा केवल अदालतमा नीजहरुले गरेको इन्कार वयानलाई मात्र अभियोगवाट सफाइ दिने आधारको रूपमा हेर्न नमिल्ने। § प्रतिवादीहरुको मार्ने मनसाय नभएको भए अपराधिक कार्य (Actusreas ) हुंदाका वखत मृतकलाई वचाउने उद्देश्य राखी कुनै कार्य भए गरेको हुन पर्ने सो कहीं देखिंदैन । वेहोस भैसकेको मृतकलाइ यी प्रतिवादीहरुले घटनास्थलसम्म मृतकलाई ल्याई ढुंगामा राख्ने सम्मको कार्य गरेको पाइन्छ । मृतकलाई मार्ने कार्यमा हामीले धारिलो चोट छोडेको र वांधछांद गरेको छैन भन्ने मनाइका आधारमा मात्र ज्यान सम्वन्धीको १३(४) नं. को आरोपवाट उन्मुक्ति पाउने अवस्था नरहने। § लाठीको प्रहारले घाइते भएको मानिसलाई समाई ल्याई ढुंगामा राखी खुकुरी र कटारी झिकी हान्न लाग्दा ज्यान मर्छ भन्ने परिणामको पूर्वज्ञान समेत यी प्रतिवादीहरुलाई थाहा भएको अवस्थामा यी प्रतिवादीहरु अपराधिक कार्यमा पसेको छैन भनि भन्न सक्ने अवस्था नरहने। § नरबली दिएमा चांदीको खपटा पाइन्छ भन्ने प्रलोभनमा पसेको तथ्य स्थापित हुंदा ज्यान मार्ने मतसल्लाहमा पसेकै थिएनन भनि पुनरावेदन अदालत तुल्सीपुरले ज्यान सम्वन्धी २२ नं. को कसुर ठहर्‍याएको इन्साफ मिलेको नदेखिने। (प्र.नं. ४२ र ४३) § अ.वं. १८८ नं. को व्यवस्था वमोजिम घटी सजाय गर्न भवितव्य हो कि भन्ने सम्म शंकाको अवस्था वा अपराध गरेको अवस्था विचार गर्दा कसूरदारलाई ऐन बमोजिमको सजाय दिंदा चर्को हुने भै घटी सजाय हुनु पर्ने स्थितिको विद्यमानता हुन आवश्यक हुन्छ । मानिसको ज्यान लिने जस्तो जघन्य अपराधमा सरिक भै ज्यान मार्ने यी प्रतिवादीहरुलाई कानूनले तोकेको सजाय घटाउनु घटनाको स्थिति र कानूनको रोहमा समेत उचित नहुने हुंदा यी प्रतिवादीहरुको हकमा सजाय घटाई पाउं भन्ने रायसंग सहमत हुन नसकिने। (प्र.नं. ४६) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताह