निर्णय नं. ९०२६ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९०२६ - कर्तव्य ज्यान भाग: ५५ साल: २०७० महिना: असोज अंक: ६ फैसला मिति :२०७०/०२/२९ ३७०१ ने.का.प. २०७०, अङ्क ६ निर्णय नं. ९०२६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाश वस्ती माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की ०६६-CR-०३८४, ०१२० फैसला मितिः २०७०।२।२९।४ मुद्दा :– कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादीः जिल्ला सुर्खेत, मेहेलकुना गाउँ विकास समिति वडा नं. २ घर भई हाल कारागार कार्यालय, पाल्पामा थुनामा रहेका कमल कामी विरुद्ध प्रत्यर्थी वादीः ठमनबहादुर गुरुङको जाहेरीले नेपाल सरकार शुरू फैसला गर्ने :– मा.न्या.श्री दीपेन्द्र अधिकारी पुनरावेदन फैसला गर्ने :– मा.न्या.श्री विश्वनाथ जोशी मा.न्या.श्री निर्मलकुमार ढुङ्गाना § पहिला सामान्य विवाद भए पनि सोही विवादलाई जरिया बनाई समयको अन्तरालपछि योजनाका साथ बाटोमा लुकी छिपी बसी आक्रमण गरिएको छ । विवाद भएको ठाउँबाट आफ्नो घर गई रिसइबी साध्ने मनस्थितिका साथ आई घटना घटाएको स्थिति हुँदा तत्कालको आवेगमा घटना हुन पुगेको भन्ने देखिँदैन । विवाद भएको तात्कालिक समयमा घटना भएको छैन । विवाद सिर्जना भएको समय र वारदातको समयको अन्तराल लामो भएको अवस्थामा क्षणिक क्षति हुने वा आत्मनियन्त्रण गुम्न जाने स्थिति हुँदैन । आत्मनियन्त्रण गुमेको समयमा नै घटनाले पूर्णता पाइसकेको अवस्थामा केही विचार नै गर्न पाएको नहुने । § ज्यानसम्बन्धी महलको १४ नं.मा “उसै मौकामा उठेको रिस थाम्न नसकेको” भन्ने शब्दावलीले समयको तत्वलाई इङ्गित गर्दछ । बिहान १० बजे उठेको रिसको परिणति अपरान्ह ४ बजे हुने क्रियालाई ज्यानसम्बन्धीको १४ नं.ले सम्बोधन गरेको मान्न नमिल्ने । § समयको अन्तरालमा रिस शिथिल हुने, अपराध गर्न नहुने कुरामा सचेतता बढ्ने स्थिति हुन्छ । रिस उठेको तत्काल गरिने कार्यमा व्यक्तिले सोच्न नभ्याउने, कुनै योजना बनाउन नभ्याउने स्थिति महसूस गरी यस्तो अवस्थामा हुने ज्यानसम्बन्धी अपराधको सजायमा १० वर्ष मात्र कैदको सहुलितपूर्ण व्यवस्था गरेकाले ज्यानसम्बन्धी १४ नं.को प्रयोग गर्नु पर्दा न्यायकर्ताले थाम्न नसकिने प्रकृतिको रिस उठेको समय र कसूर सम्पन्न भएको समयको अन्तरालको पक्षमा विचार गर्नैपर्ने । (प्रकरण नं.९) § पीडितको कारणबाट उत्पन्न हुने आवेशको अवस्था त्यो हदसम्मको हुनुपर्ने मानिन्छ, जुन अवस्थामा सामान्य सुझबुझ भएको मानिस (Reasonable Person) समेत उत्तेजित हुन्छ र आफ्नो उत्तेजित अवस्थालाई नियन्त्रण गर्न सकिरहेको हुँदैन । यस्तो उत्तेजना पीडितको क्रियाकलापबाट अचानक (Sudden) उत्पन्न भई त्यसको आवेशले क्षणिकरूपमा (Temporarily) आत्मनियन्त्रण गुमाएको हुनुपर्ने । (प्रकरण नं.११) § आत्मनियन्त्रण गुमाउने अवस्था थियो थिएन भन्ने कुरा गणितीय हिसाबमा आंकलन गर्न नसकिए पनि यो कुनै घटना, परिस्थिति तथा मानवीय संवेदनशीलता जस्ता कुरामा भर पर्ने हुन्छ । यस्तो आवेशको अवस्था हुन आफैंले केही कुरा गरी पीडितबाट आफूलाई उत्तेजित पार्ने कार्य (Self–induce Provocation) गरेको भन्न नहुनुका साथै पीडितको क्रियाकलापबाट उत्तेजित भए पनि त्यो उत्तेजना शान्त भएको (Cooling of Blood) अवस्थाले पनि आवेशको स्थितिलाई वर्जित गर्ने । (प्रकरण नं.१२) वादीतर्फबाटः विद्वान सहन्यायाधिवक्ता रेवतीराज त्रिपाठी प्रतिवादीतर्फबाटः विद्वान अधिवक्ता विष्णुप्रसाद खनाल अवलम्बित नजीरः § नेकाप २०५९, कात्तिक/मङ्सिर, नि.नं. ७११८, पृष्ठ ५०१ § नेकाप २०६६, असोज, नि.नं. ८१६७, पृ. ९४० सम्बद्ध कानूनः § मुलु