निर्णय नं. ७४३८ - आ.व. २०४४।०४५ को आयकर ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७४३८ - आ.व. २०४४।०४५ को आयकर । भाग: ४६ साल: २०६१ महिना: पौस अंक: ९ फैसला मिति :२०६१/०२/०७ २७६४ निर्णय नं.७४३८ ने.का.प.२०६१ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित सम्वत् २०५५ सालको दे.पु.नं. ४२४३ फैसला मितिः २०६१।२।७।५ मुद्दाः– आ.व. २०४४।०४५ को आयकर । पुनरावेदक वादीः कर कार्यालय नेपालगंजकोतर्फवाट प्रमुख कर अधिकृत विरुद्ध प्रत्यर्थी प्रतिवादीः कृष्ण ट्रेडिङ्ग कन्सर्न नेपालगंजका साझेदार बांके जिल्ला नेपालगंज नगरपालिका वडा नं. १४ वस्ने भगवति देवी अग्रवालको मु.स. गर्ने कृष्ण गोपाल अग्रवाल § आयकर ऐन, २०३१ को दफा ५८ को देहाय खण्ड (ख) मा दफा ४९ को उपदफा (५) वमोजिम श्री ५ को सरकारले तोकेको तरीका र भाषामा नराखेको लेखा मान्य नहुने भन्ने कानूनी प्रावधान रहेको देखिन्छ । सो दफा ४९(५) वमोजिम लेखा राख्ने तरिका र भाषा तोकी श्री ५ को सरकारले नेपाल राजपत्रमा मिति २०३५।५।२० मा सूचना प्रकाशित गरी तोकी सकेको अवस्थामा करदाताले परम्परादेखी चलिआएको मौखिक कारोवार गरेकोले तोके वमोजिमको लेखा नराखेको वा विल भर्पाई नभएको भन्ने आधारमा राज्यले निर्धारण गरेको कानून वमोजिम लेखा राख्ने दायीत्ववाट विपक्षी करदाताले उन्मुक्ति पाउँछ भन्न नमिल्ने । § ऐनको दफा ५८ क संशोधन हुनुपूर्वको लेखालाई मान्यता दिएको भन्ने आधारमा ऐनको संशोधन पछिको आ.व. को सम्वन्धमा पनि सोही वमोजिम मान्यता दिनुपर्ने भन्न नमिल्ने । § आयकर ऐन, २०३१ को दफा ५८क संशोधन भैसकेपछि श्री ५ को सरकारले तोकेको तरिका भाषामा लेखा राख्ने कानूनी दायित्व विपक्षी करदाताकै हुने भएकोले त्यस्तो कानूनी दायीत्व पुरा नगर्ने व्यक्तिलाई राज्यले कुनै सुविधा प्रदान गर्न मिल्ने नहुँदा कानून वमोजिम नराखेको लेखालाई मान्यता नदी ऐनको दफा ३३ (२) वमोजिमको प्रक्रिया अपनाई खुद आय कायम गरि गरेको कर निर्धारण आदेशमा राजश्व न्यायाधिकरणले करदाताले पेश गरेको लेखालाई मान्यता दिई ऐन संशोधन पूर्व ०३१।०३२ सालको आयकर निर्धारणलाई आधारमानी भएको राजश्व न्यायाधिकरणको फैसला उक्त सम्सोधीत कानूनको वेवास्ता गरी भएको देखिंदा त्रुटीपूर्ण देखिने । पुनरावेदक वादीतर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री पुष्पराज कोइराला प्रत्यर्थी प्रतिवादीतर्फवाटः विद्वान अधिवक्ता श्री नारायण नेपाल अवलम्वित नजिरः फैसला न्या.केदारप्रसाद गिरीः राजश्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८(ख) वमोजिम पुनरावेदनको अनुमति प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :- २. आ.व. २०४४।०४५ मा बार्षिक प्राप्त भएको कुल आयको रकममा खर्च कट्टा गरि खुद आय रु. ५४,३६४।३२ भएको थियो भन्ने भगवती देवी अग्रवालले कर कार्यालय, नेपालगंजमा दाखिल गरेको आय विवरण । ३. आ.व. ०४४।०४५ को आय विवरणमा उल्लेखित आम्दानी अर्चको पुष्टिको लागि लेखा हिसाव किताव विल भौचर रसिद भरपाइ आदि लिई उपस्थित भएको भन्ने कृष्ण गोपाल अग्रवालले कर कार्यालय, नेपालगंजमा दिएको निवेदन । ४. कारोवारको अनुपातमा काम गर्ने कर्मचारीलाई दिएको खर्च, टेलिफोन खर्च, विजुली खर्च र उपकार धर्म कार्यको लागि दिएको सहायता खर्च कारोवारको सिलसिलामा आउने जाने मानिसहरुलाई खुवाएको खर्च, आगन्तुकलाई वस्न वनाएको ठाउंको तन्ना फाटेकोले अर्को नयां तन्ना राखेको खर्चपाउनु पर्छ । यस आ.व. मा ध्यू र जडिबुटी मात्रको कारोवार गरेको थियौं विदेशी पाटीको लागि किनेको सामानमा मैले किनी दिएको मानिसले किनेको मोलमा १