निर्णय नं. ७४३९ - उत्प्रेषणयुक्त परमादेश ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७४३९ - उत्प्रेषणयुक्त परमादेश । भाग: ४६ साल: २०६१ महिना: पौस अंक: ९ फैसला मिति :२०६१/०८/०१ २८४७ निर्णय नं.७४३९ ने.का.प.२०६१ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी मानननीय न्यायाधीश श्री सुशीला सिंह शिलु सम्वत २०६० सालको रिट नं. ..३३८६ आदेश मितिः २०६१।८।१।३ विषय : उत्प्रेषणयुक्त परमादेश । रिट निवेदकः जिल्ला दाङ लक्ष्मीपुर गा.वि.स.वडा नं.१ बस्ने राधा वि.सी. बिरुद्ध विपक्षीः पश्चिम क्षेत्रीय प्रहरी इकाई कार्यालय, बाग्लङ्ग समेत § प्रहरी प्रशासनको नियन्त्रणको कडी (Chain Of Command) भित्र पर्ने प्रहरी उपरीक्षकलाई “सम्बन्धित प्रहरी उपरीक्षक” नियम ९३(२)(ख)ले अंकित गरेको स्पष्ट देखिदा निवेदिकालाई नियन्त्रणमा राख्ने प्रहरी उपरीक्षकलाई उक्त नियम ९३(२)(ख) को व्यवस्थाबमोजिम कारवाही र सजाय गर्ने अधिकारी तोकेकोमा निवेदिका क्षेत्रीय प्रहरी इकाई कार्यालय बाग्लुङ्कमा कार्यरत देखिंदा क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षकले नोकरीबाट हटाउने गरी गरेको निर्णय उक्त नियम ९३(२) को विपरीत देखिन आउने । § निवेदिकालाई नोकरीबाट हटाईदिनेतर्फ आवश्यक कारवाही हुन भनी क्षेत्रीय प्रहरी इकाई कार्यालय बाग्लुङले लेखेको मिति २०५८।१२।१४ को पत्र, सो अनुरुप क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षकले नोकरीबाट हटाउने गरेको मिति २०५८।१२।२३ को निर्णय तथा अधिकारक्षेत्र नाघी गरेको सो त्रुटीपूर्ण निर्णयलाई सदर गरेको क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रहरी नायव महानिरीक्षकको मिति २०५९।१२।४ को निर्णय समेत उत्प्रेषणको आदेशद्वारा बदर हुने। रिट निवेदकतर्फवाटः विद्वान अधिवक्ता श्री शेरवहादुर के.सी. विपक्षीतर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री सुरेन्द्रवहादुर थापा अवलम्वित नजिरः आदेश न्या.मीनवहादुर रायमाझीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३/८८(२) बमोजिम दायर भई पेश भएको प्रस्तुत रिट निवेदन समेतको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छ:– २. म निवेदिकाले २०५३।१२।२५ मा प्र.ज. पदमा शुरु नियुक्ति पाई २०५८।४।३१ देखि मुस्ताङ जिल्लाको छोन्हुप प्रहरी चौकीमा दरवन्दी रही क्षे.जि.ई.का.बाग्लुङ काजमा कार्यरत रहेकी थिएँ । त्यस्तैमा २०५८।९।१५देखि नै पेट सम्बन्धी विरामी परी अशक्त भएकोले मिति २०५८।११।२० देखि लागू हुने गरी क्या.वि. लिई घर गएकोमा म प्रति पूर्वाग्रही भई बिदा भुक्तान गरी मिति २०५८।११।२३ गते कार्यालयमा हाजिर हुनुपर्नेमा लामो समयसम्म कोही कसैलाई जानकारी नै नदिई गैर हाजिर रहेकोले भविष्यमा सरकारी नोकरीको लागि अयोग्य नठहरिने गरी नोकरीबाट हटाइएको भनी प.क्षे.प्र.का.का प्रहरी उपरीक्षकले निर्णय गर्नु भएछ । सो निर्णयमा मेरो चित्त नबुझी प.क्षे.प्र.का. पोखराका नायव प्रहरी महानिरीक्षक समक्ष पुनरावेदन गर्दा मेरो जिकिर तथा प्रमाणहरुको कुनै मूल्याङ्कन समेत नगरी प.क्षे.पं.का.पोखराका प्रहरी उपरीक्षकले गरेको निर्णय पर्चालाई मनासिव ठहराई मिति २०५९।१२।४ मा सदर हुने निर्णय गरियो । सो निर्णय गैरकानूनी, अन्यायिक भएको र वैकल्पिक उपचारको अभाव हुँदा नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२)बमोजिम उक्त निर्णयहरु बदर गराई माग्न यो रिट निवेदन लिई आएको छु । ३. म निवेदिकालाई प्रहरी सेवाबाट हटाउने गरी गरेको निर्णय पूर्वाग्रहपूर्ण छ । म सेवारत रहेको अबस्थामा बिरामी परी अशक्त भएपछि नियमानुसार विदा स्वीकृत गराई घरमा गएको अबस्थामा गैह्र हाजिर रहेको भनी प्रहरी नियमावली, २०४९ को नियम ८८(झ) को कसूरम