निर्णय नं. ७४४० - उत्प्रेषण समेत ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७४४० - उत्प्रेषण समेत । भाग: ४६ साल: २०६१ महिना: पौस अंक: ९ फैसला मिति :२०६१/०८/०१ २७५० निर्णय नं.७४४० ने.का.प.२०६१ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री राम नगिना सिंह माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ संवत २०५९ सालको रिट नम्वर ३६७४ आदेश मितिः २०६१।८।१।३ विषयः— उत्प्रेषण समेत । निवेदकः जिल्ला सप्तरी इनरुवा गा.बि.स. वडा नं.९ बस्ने राजकुमार भगत विरुद्ध विपक्षीः पुनरावेदन अदालत राजविराज सप्तरी समेत § अ.बं.१७ नं.को मनसाय हेर्दा एक पटक आदेश भै कारवाही टुंगी सकेपछि पुनः मुद्दामा बेरीत भएको भन्दै परेको अ.बं.१७ नं.अन्तर्गतको निवेदनबाट कारवाही गर्न नमिल्ने । § प्रस्तुत मुद्दामा समेत नावालक रामबाबु आँफैले दा.खा.को पुर्जि नलिने गरी मुद्दा तामेली गराइ पाउँ भनी निवेदन दिएको र उक्त निवेदनमा निजको आमा मीना देवी संरक्षक बसेको, उक्त निवेदनमा कारवाही हुँदा वादीले पुर्जि लिन नपाउने गरी तामेली गरी दिएको भन्ने शुरु सप्तरी जिल्ला अदालतबाट आदेश भएको देखिएको सो आदेश बदर नभई कायमै रहेको यस्तो अवस्थामा अ.बं.८३ नं.आकर्षित हुन नसक्ने । निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री सुरेन्द्रकुमार खड्का विपक्षी तर्फवाटः अवलम्वित नजिरः ने.का.प. २०५६, अंक ३, नि.नं. ६६९५, पृष्ठ २३९ आदेश न्या.रामनगिना सिंहः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३,८८(२) अन्र्तगत पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :- २. म निवेदकले बिपक्षीको सौतेनी छोरा राज कुमार भगत नाउँ दर्ताको पंचायत इनर्वा फुलवरिया वडा नं.९ (क) कि.नं.२०१ को ०–१–१७ ऐ.कि.नं.२०२ को ०–१–९ ऐ.कि.नं.२०३ को ०–१–६ ऐ.कि.न..२०४ को ०–२–० ऐ.कि.नं.५०९ को ०–०–१३ समेत जम्मा जग्गा बिगाहा ०–७–५ जग्गा र.नं.२८६२ मिति ०५१।१०।३ मा म रिट निवेदनले खरिद गरी लिएकोमा उक्त बिपक्षी मध्येका रामबाबु भगत र मीनादेवी भगत समेत वादी भै म समेत उपर सप्तरी जिल्ला अदालतमा दर्ता गरेको २०५३ सालको सा.दे.नं.२३६५ को बकसपत्र लिखत बदर दर्ता बदर मुद्दामा सप्तरी जिल्ला अदालतबाट वादी दावी वमोजिम ३ खण्डको २ खण्ड लिखत तथा दर्ता बदर हुने ठहरी मिति ०५४।८।३० मा भएको फैसला अन्तिम भयो । ३. सप्तरी जिल्ला अदालतको फैसला अन्तिम भएकोले सो फैसला वमोजिम लिखत दर्ता बदर गरी पुर्जि गर्ने कुरामा म निवेदक र बिपक्षीहरु समेत भै सप्तरी जिल्ला अदालत छिनुवा फाँटमा बिपक्षीहरु समेत भै बिपक्षीहरुले जिती पाएको जग्गाको मोल रु.२,५०,०००।– घरसारमा बुझि लि सकेकोले सप्तरी जिल्ला अदालत छिनुवा फाँटमा बिपक्षी मध्येका रामबाबु भगतको संरक्षक भै स्वयम् रामबाबु भगत र मीनादेवी समेत भै जिति पाएको फैसला कार्यान्वयन नगराउने गरी सो मुद्दा तामेली राखि पाउन मिति ०५६।१।२८ मा संयुक्त निवेदन पर्दा उक्त लिखत बदर मुद्दा फैसला गर्ने बेन्चबाटै यसमा वादीले फैसला वमोजिम पुर्जि लिन्न भन्ने दुवै थरले संयुक्त निवेदन दिंदा निवेदन मिसिल सामेल गरी वादीले पुर्जि लिन नपाउने गरी तामेल गरी दिएको छु भनि मिति ०५६।१।२९।४ मा आदेश भै उक्त लिखत बदर मुद्दाको फैसला कार्यान्वयन टुंग्याई तामेली भयो । यसरी मिति ०५६।१।२८ को संयुक्त निवेदन वमोजिम फैसला कार्यान्वयन तामेल गराई बिपक्षी वादीहरुले आ–आफ्नो हिस्साको जग्गा वापत नगद म निवेदकबाट घरसारमा बुझि लिई संयुक्त दरखास्त दिई मिति २०५६।१।२९।४ मा तामेली आदेश भैसकेको अवस्थामा सोही मुद्दामा सोही झगडियाको कुनै उजुर नलाग्ने अवस्थामा शुरु फिराद तथा तामेली गराउन दरखास्त दिंदा संरक्षक राखी अ