निर्णय नं. ३३४० - उत्प्रेषण, परमादेश लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३३४० - उत्प्रेषण, परमादेश लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: ३० साल: २०४५ महिना: बैशाख अंक: १ फैसला मिति :२०४४/१०/०६ २५११ निर्णय नं. ३३४० ने.का.प. २०४५ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको रिट नं. २३०२ आदेश भएको मिति : २०४४।१०।६।४ मा निवेदक : जि.वर्दिया, गा.पं. जमुनी वडा नं. ३ शिव शक्तिपुर पुनर्वास क्षेत्र प्लट नं. ७२ बस्ने प्रेमदेवी गिरी विरुद्ध विपक्षी : मतदान अधिकृत, पदमकुमार राजभण्डारी, बागेश्वरी प्रा.वि. मतदान केन्द्र, जमुनी गा.पं बर्दियासमेत विषय : उत्प्रेषण, परमादेश लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) दर्खास्त रीतपूर्वकको नभए मात्र सच्याउन मौका दिनुपर्ने ऐनको व्यवस्था हो, ऐनले उम्मेदवार हुन नै बन्देज लगाएको अवस्थामा सच्याउन मौका दिने भन्ने ऐनको व्यवस्था होइन तसर्थ प्राकृतिक न्यायको सिद्धान्त बिपरीत भयो भन्ने निवेदकको जिकिर कानूनसम्मत नदेखिने । (प्रकरण नं. १२) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शिवराज अधिकारी प्रत्यर्थीतर्फबाट : विद्वान सह–न्यायाधिवक्ता श्री खगेन्द्र बस्न्यात आदेश न्या.हरिहरलाल राजभण्डारी : नेपालको संविधान २०१९ को धारा १६।७१ अन्तर्गत परी निर्णयार्थ पेश भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार रहेछ । २.निवेदक बर्दिया जिल्ला जमुनी गा.पं. वार्ड नं. ३ मा स्थायी घरबास भएको तथा २०४३।१२।१० गते सम्पन्न हुन गइरहेको स्थानीय पञ्चायतको निर्वाचनको लागि बागेश्वरी मतदान केन्द्र जमुनी गा.पं. मा प्रकाशित मतदाता नामावलीमा कसैको दावी विरोध नपरेको व्यक्ति हुँ । ३.निवेदकले उक्त गा.पं. को प्रधानपञ्चको लागि कानूनले अयोग्य नभएको उम्मेदवारीको दर्खास्त मिति २०४३।१२।१ मा वारिश मार्फत विपक्षी मतदान अधिकृत समक्ष दिएको थिएँ । सो दर्खास्तमा पनि कसैको दावी विरोध परेन । उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी निवेदकलाई निर्वाचन चिन्ह वितरण गर्ने दिन मिति २०४३।१२।३ मा विपक्षी निर्वाचन अधिकृत र विपक्षी डि.एस.पी.ले प्रहरी जवानहरू साथमा ल्याई निवेदकको दर्खास्त फिर्ता नलिएकोले विपक्षी मतदान अधिकृतलाई निवेदकको दर्खास्त रद्द गर्न जमुनी गा.पं. वडा नं. ३ बस्ने भनी सुर्खेत जिल्ला काप्रीचौर गा.पं. वार्ड नं. ५ बस्ने प्रेमदेव गिरीको दर्खास्त पर्न आएकोमा निज उक्त काप्रीचौर गा.पं. को २०४३।११।१७ सम्मको बहालवाला प्रधानपञ्च रहनु भएको बुझिएकोले र यस गा.पं. मा स्थायी बसोबास गरेको नियमानुसार अवधि समेत नपुगेको भन्ने आधारमा निवेदकको दर्खास्त रद्द गरी उम्मेदवारको नामावलीबाट समेत निवेदकको नाम कट्टा गर्ने काम २०४३।१२।३ मा २०४३।१२।२ को मिति पारित गरी गरियो । ४.स्थानीय पञ्चायत निर्वाचन कार्यविधि ऐन, २०२५ को दफा २(ग) ले व्यवस्था गरे अनुसार मतदाता र ऐ. दफाको घ(२) बमोजिम उम्मेदवारको परिभाषा बमोजिम योग्यता पुगी २०२९ साल देखिन उक्त स्थानमा स्थायी बसोबास गरेको हुँ । विपक्षी मतदान अधिकृतले दर्खास्त दर्ता गराउँदा रीत नपुगे सच्याउने मौका प्रदान गरिएन । निवेदक अयोग्य भएको व्यहोरा पनि सूचनामा उल्लेख छैन । यस्तो स्थितिमा विपक्षी भएको उक्त कारवाही उत्प्रेषणको आदेशद्वारा बदर गरी जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ र रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म यहाँ १० गते हुने निर्वाचन नगर्नु नगराउनु भनी अन्तरिम आदेश समेत जारी गरिपाउँ भन्ने समेत व्यहोराको मिति २०४३।१२।६ को रिट निवेदन ज