निर्णय नं. ७४४१ - उत्प्रेषण ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७४४१ - उत्प्रेषण । भाग: ४६ साल: २०६१ महिना: पौस अंक: ९ फैसला मिति :२०६१/०२/०४ ३८५० निर्णय नं.७४४१ ने.का.प.२०६१ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित सम्वत २०६० सालको रिट नं. २८१६ आदेश मितिः २०६१।२।४ मुद्दा :– उत्प्रेषण । निवेदकः दोलखा जिल्ला बाबरे गा.वि.स. वडा नं. ९ धारापानी घर भै हाल का.जि. मुलपानी गा.वि.स. वडा नं. १ बस्ने अमृत ब. पाण्डेका छोरा वर्ष ३५ का सहदेव पाण्डे समेत विरुद्ध विपक्षीः श्री ५ को सरकार स्वास्थ्य मन्त्रालय, रामशाहपथ, काठमाडौं समेत § औषधी बिक्रेताका लागि दिइने तालिम सम्बन्धी सूचना प्रकाशित गर्ने, लिखित परीक्षा लिने, उत्तरपुस्तिका परीक्षण गर्ने, परीक्षाफल प्रकाशन गर्ने, अन्तरवार्ता लिने तथा सफल उम्मेदवारलाई प्रमाणपत्र दिने कार्य औषधी व्यवस्था विभाग स्वयंले गर्ने र नेपाल औषधी व्यवसायी संघ तथा संघ अन्तर्गतका शाखा, उपशाखाले विभागलाई बुझाउने गरी दरखास्त फाराम संकलन तथा तालिमको लागि व्यवस्थापन सम्मको कार्य मात्र गर्ने भएकाले औषधी नियन्त्रण सम्बन्धी सबै काम कारवाही गर्ने अधिकार प्राप्त गरेको औषधी व्यवस्था विभागले औषधी बिक्रेताको लागि दिइने तालिम संचालन गर्ने अधिकार नेपाल औषधी व्यवसायी संघलाई प्रत्यायोजित गरेको भनि अर्थ गर्न नमिल्ने । § नेपाल फार्मेसी परिषद ऐन, २०५७ फार्मेसी व्यवसायलाई व्यवस्थित गर्नको लागि मात्र तर्जुमा भएको कानून देखिन्छ । औषधीको बिक्री वितरण, नियन्त्रण एवं औषधी बिक्रेताका लागि दिइने तालिम सम्बन्धमा काम कारवाही गर्न सक्ने अधिकार नेपाल फार्मेसी परिषदलाई रहे भएको नदेखिनुका साथै फार्मेसी व्यवसायले औषधी व्यवसायलाई समेत समेट्न सक्ने स्थिति नरहने । § एस.एल.सी. मा अंग्रेजी विषय लिई उत्तिर्ण गरेको व्यक्तिले मात्र औषधी बिक्री वितरणको तालिममा सहभागी हुन पाउने र तालिम अवधि तीन महिना हुने अवस्था रहेको र २०० वा सो भन्दा बढी बेड संख्या हुने अस्पताल नर्सिङ्ग होम आदिमा खोलिने औषधी पसलमा न्यूनतम योग्यता फार्मेसीमा स्नातक भएको व्यक्ति हुनुपर्ने, महानगरपालिका, उपमहानगर( पालिकाको सबै भाग तथा नगरपालिकाको शहरीक्षेत्रको निम्ति फार्मेसीमा प्रमाणपत्र तह उत्तिर्ण हुनुपर्ने र नगरपालिकाको ग्रामिणक्षेत्र तथा गा.वि.स.को निम्ति एस.एल.सी. वा सो सरहको परीक्षा उत्तिर्ण भई औषधी सल्लाहकार समितिले निर्धारण गरेको ३ महिनाको औषधी बिक्री वितरण सम्बन्धी तालिम लिएको व्यक्ति हुनुपर्ने भनि योग्यता तोकिएको देखिदा भौगोलिक दृृृष्टिले सुगम तथा दुर्गम स्थानमा दिइने स्वास्थ्य सेवाहरुमा फरक पर्ने व्यवहारिक यथार्थतालाई दृष्टिगत गरी व्यवस्था गरिएको उपर्युक्त नीतिगत निर्णयको औचित्यताभित्र प्रवेश गरी निवेदकको जिकिरबमोजिम एकै राज्यमा क्षेत्रीयताको आधारमा गरिएको भेदभावपूर्ण वर्गीकरण भन्नु उपयुक्त नदेखिने । निवेदकतर्फवाटः विद्वान अधिवक्ताहरु श्री किशोरकुमार विष्ट, श्री ज्योति वांनिया विपक्षीतर्फवाटः सह–न्यायाधिवक्ता श्री दिनेशहरि अधिकारी विद्वान अधिवक्ता श्री पदम गिरी अवलम्वित नजिरः आदेश न्या.खिलराज रेग्मीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२)बमोजिम दायर हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त व्यहोरा एवं ठहर यसप्रकार छ :– २. निवेदकहरु नेपाली नागरिक हौं । हामीहरु कानून व्यावसायी र फर्मासिष्टका रुपमा कार्यरत रहेका हुँदा प्रत्यक्ष रुपमा सार्वजनिक सरोकारका विषयमा निवेदकको ध्यानाकर्षण हुनु स्वभाविक भै मिति २०६०।४।१२ को दै