निर्णय नं. ७४४२ - बन्दीप्रत्यक्षीकरण ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७४४२ - बन्दीप्रत्यक्षीकरण । भाग: ४६ साल: २०६१ महिना: पौस अंक: ९ फैसला मिति :२०६१/०९/२३ २६१७ निर्णय नं.७४४२ ने.का.प.२०६१ अङ्क ९ एक न्यायाधीशको इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ सम्वत २०६१ सालको रिट नं.–२१५ आदेश मितिः २०६१।९।२३।६ मुद्दा :– बन्दीप्रत्यक्षीकरण । निवेदक ललितपुर जिल्ला खोकना गा.वि.स. वडा नं. ४ घर भै हाल जिल्ला प्रहरी कार्यालय कारागार शाखा जगन्नाथ देवल काठमाडौं अन्र्तगत थुनामा रहेका तिर्थ डंगोल विरुद्ध विपक्षीः प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, नक्साल काठमाडौं समेत § बन्दीप्रत्यक्षीकरणको रिट जारी हुन संवैधानिक हक हनन् भएको देखिनुपर्ने हुन्छ । साधारण अधिकारक्षेत्र अन्र्तगत आफ्नो अनुकूल फैसला नभएको आधारमा असाधारण अधिकारक्षेत्र अन्र्तगतको सुविधा प्राप्त गर्न सक्ने संवैधानिक व्यवस्था हो भनि मान्न उपयुक्त नदेखिने । § फौज्दारी न्याय सम्बन्धी हक प्रचलित कानून विपरीत अपराधीक कार्य नगर्ने र सो को पालना गर्नेतर्फ परिलक्षित भएको मान्नु पर्ने । § बन्दीप्रत्यक्षीकरणको रिट निवेदनबाट साधारण अधिकारक्षेत्रबाट निर्णय दिइ सकेको कुरालाई प्रभाव पार्ने गरी लागूऔषध मुद्दामा प्रमाणको मूल्याङ्कन भए नभएको भन्न प्रस्तुत निवेदनको रोहबाट नमिल्ने । § आफ्नो मौलिकहक हनन् भयो भन्ने रिट निवेदकले संविधान र कानून प्रतिको आप्mनो कर्तव्य के हो सो बुझनु पर्ने र पालना गर्नुपर्ने हुन्छ । कानून विपरीतको अपराध गरी मौलिकहक हनन भयो भनि अमूर्त रुपमा रिट निवेदनमा उल्लेख गर्दैमा निजको मौलिकहक हनन भएछ भनि अदालत निश्कर्षमा पुग्न उचित नहुने । § बन्दीलाई कानून विपरीत वा बदनियत साथ थुनामा राखेको देखिन आएमा बन्दीप्रत्यक्षीकरणको रिट जारी हुने अवस्था हुन्छ । परन्तु ति कुनै आधारहरु निवेदकले निवेदनमा खुलाउन सकेको नपाइदा अदालतले कानूनबमोजिम फैसला गरी कसूरदार ठहरी कैद भुक्तान गरिरहेका निवेदकका हकमा बन्दीप्रत्यक्षीकरणको रिट जारी गर्न नमिल्ने । निवेदकतर्फवाटः विद्वान अधिवक्ता श्री कृष्णप्रसाद न्यौपाने विपक्षीतर्फवाटः अवलम्वित नजिरः ने.का.प. २०२१, पृष्ठ १५० आदेश १. नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३ र ८८(२)बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :- २. म निवेदकलाई २०५६ साल फाल्गुण १२ गतेको भक्त बहादुर श्रेष्ठ समेतका व्यक्तिहरुले अवैध रुपमा लागूऔषध बिक्री वितरण ओसारपसार गर्ने गरेकोले निजहरुलाई पक्राउ गरी कानूनबमोजिम आवश्यक कारवाही गरि पाउँ भनि पदम राज जोशीको प्रतिवेदनका आधारमा विपक्षी नं.१ को टोलीले नियन्त्रणमा लिई मिति २०५६।११।१३।६ का दिन बिजुली बजार धोबीखोलाको पुलमा कथित २५४ ग्राम सेतो हेरोइन बरामद गरेको भनि गैरकानूनी बरामदी मुचुल्का खडा गरी सोही बरामद गरिएको कथित सेता हेरोइनलाई प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी वैज्ञानिक प्रयोगशालाबाट कथित हेरोइन र म्याथाडोन नामाकरण गराइ सोही परीक्षणलाई आधार लिइ मलाई कुटपीट गरी पूर्व तयारी बयानमा सही गराइ म समेत विरुद्ध अवैध लागूऔषध सेतो हेरोइन खरिद बिक्री ओसार पसा गर्न र सो कार्य गर्नमा सहयोग गरी लागूऔषध नियन्त्रण ऐन, २०३३ को दफा ४ को देहाय (घ), (च) र दफा १७ अनुसार कसूर अपराध गरेको पुष्टी भएकाले हाल पक्राउ परेका प्रतिवादी तिर्थ डंगोलका हकमा सोही ऐनको दफा १४(१)(छ) को देहाय ३ अनुसार हदैसम्म सजाय हुन प्रतिवादी तिर्थ डंगोललाई यसै अभियोग पत्र साथ प्रस्तुत गरिएको छ भनि लागूऔषध विक्री वितरण गर्ने कथित अ