निर्णय नं. ९०२७ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९०२७ - कर्तव्य ज्यान भाग: ५५ साल: २०७० महिना: असोज अंक: ६ फैसला मिति :२०७०/०२/२२ ३९९६ ने.का.प. २०७०, अङ्क ६ निर्णय नं. ९०२७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की संवत् २०६७ सालको ०६७–CR–०२०७, ०४०९, ०२२१ संवत् २०६८ सालको ०६८–CR–०२०७ फैसला मिति २०७०।२।२२।४ मुद्दा :– कर्तव्य ज्यान । पुनरावेदक वादीः मीनबहादुर मगरको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः भोजपुर जिल्ला, बोया गा.वि.स.वडा नं.३ घर भै हाल कारागार कार्यालय, भोजपुरमा कैदमा रहेका नेत्रबहादुर मगरसमेत पुनरावेदक प्रतिवादीः भोजपुर जिल्ला, बोया गा.वि.स.वडा नं.३ घर भै हाल केन्द्रीय कार्यालय, जगन्नाथ देवल, काठमाडौँमा थुनामा रहेको नेत्रबहादुर मगर विरुद्ध पुनरावेदक प्रतिवादीः नेपाल सरकार पुनरावेदक प्रतिवादीः भोजपुर जिल्ला, बोया गा.वि.स.वडा नं.३ घर भै हाल कारागार शाखा, भोजपुरमा थुनामा रहेको नन्दमणि मगर विरुद्ध प्रत्यर्थी वादीः मीनबहादुर मगरको जाहेरीले नेपाल सरकार शुरू फैसला गर्ने : मा.न्या.श्री शम्भुराम कार्की पुनरावेदन फैसला गर्ने : मा.मु.न्या.श्री हरिप्रसाद घिमिरे मा.न्या.श्री शेषराज सिवाकोटी § छुरा जस्तो जोखिम हतियारले कलेजोसम्म काटिने गरी प्रहार भएको वारदातलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ५ नं.ले भवितव्य ठहरिने प्रकृतिको मान्ने अवस्था नदेखिने । § मृत्युको कारणमा त्यही वारदातमा कलेजोसम्म काटिएको समेतबाट रगतमा संक्रमण भएको तथ्य लास जाँच परीक्षण प्रतिवेदनबाट देखिँदा वारदात मितिबाट २१ दिनभित्र घाइते परलोक नभएकोले मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ९ नं. बाट ज्यान मुद्दा चल्न सक्दैन भन्ने प्रतिवादीको भनाई रहेको देखिन्छ । उक्त ऐनको ९ नं. आकृष्ट हुन ज्यान मार्नलाई अङ्ग भाँच्ने छिन्नेबाहेकको अवस्था हुनुपर्ने हुन्छ । वारदातमा धारिलो हतियारले कलेजोसम्म काटिने गरी प्रहार भएको देखिँदा ज्यान मार्नलाई अङ्ग भाँच्ने छिन्ने अवस्था भएन भन्न मिलेन । तसर्थ मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ९ नं. बमोजिम २१ दिनभित्र वा बाहिर घाइते परलोक भएको भनी हेर्नुपर्ने स्थिति नरहने । § ज्यानसम्बन्धीको महलको ८ नं.ले यति दिनभित्रै परलोक हुनुपर्ने किटान नगरी घाइते थला परी जतिसुकै पछि मरे पनि ज्यानमाराको बात लाग्ने कानूनी व्यवस्था गरेकोमा कलेजो काटिएको निको नभई त्यसैको संक्रमणको कारणबाट घाइते परलोक भएको अवस्थामा ज्यानसम्बन्धीको महलको ८ नं.को प्रावधानले समेट्दैन भन्न नमिल्ने । (प्रकरण नं.४) § हुलमुलमा हानाहान हुँदा दुई प्रतिवादीहरूले मृतकलाई कुटपीट गरेको छुरा भाटा इत्यादिले प्रहार गरेको र घाइतेको ज्यान गएको अवस्थामा वारदातको प्रकृतिले ज्यानसम्बन्धीको महलको १३(३) नं.को अवस्था रहेको देखिने । (प्रकरण नं.७) पुनरावेदक वादीतर्फबाटः विद्वान वैतनिक अधिवक्ताद्वय श्रुतिकुमारी रेग्मी र हरिशंकर कर्ण प्रत्यर्थी प्रतिवादीतर्फबाटः विद्वान सहन्यायाधिवक्ता रेवतीराज त्रिपाठी एवं विद्वान अवधिक्ता रुद्रप्रसाद नेपाल सम्बद्ध कानूनः अवलम्बित नजीरः § मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १, ८, ९, १३(३), १७(२) नं. § अ.बं. १८८ नंं. फैसला न्या.वैद्यनाथ उपाध्यायः पुनरावेदन अदालत, धनकुटाको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ : भोजपुर जिल्ला, बोया गा.वि.स.