निर्णय नं. ३३४२ - कीर्ते जालसाज
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३३४२ - कीर्ते जालसाज भाग: ३० साल: २०४५ महिना: बैशाख अंक: १ फैसला मिति :२०४४/०९/२२ ३१०७ निर्णय नं. ३३४२ ने.का.प. २०४५ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४३ सालको फौ.पु.नं. ५८८ फैसला भएको मिति : २०४४।९।२२।४ मा पुनरावेदक/वादी : सप्तरी तिलाठी गा.पं. वार्ड नं. ६ बस्ने कामानन्द मिश्र विरुद्ध विपक्षी/प्रतिवादी : जि.सप्तरी बिरहीपुर गा.पं. वार्ड नं. ५ बस्ने नन्दलाल यादव मुद्दा : कीर्ते जालसाज (१) रेखा तथा लेखा विशेषज्ञको बकपत्र गराउँदा विवादास्पद सही ढिला चालमा लेखिएको देखिन्छ उक्त दस्तखत सहीको कामानन्द भन्ने अक्षरहरूमा “का” को शीर एकपटक “मा” को शिर एकपटक डिका दिई पुनः का र मा संग जोडेको देखिएको अवस्थाबाट निजको नमुना दस्तखत सहीहरूमा जुनप्रकार प्रवाह र गति पाइन्छ सो गति र प्रवाह विवादास्पद सहीमा नभएको नमुनाको दस्तखत सहीमा परेका अक्षरहरूको बनौट विवादास्पद सहीका अक्षरहरूको बनौटमा बिलकूल फरक रहेको समेत आधारमा नमूना दस्तखत सही र विवादास्पद सहीमा मौलिक भिन्नता देखिएकोले फरक भनी भन्ने लेखा तथा रेखा विशेषज्ञले आफूले पूर्व रुपमा दिएको रायलाई पुष्टि गर्दै बकपत्र गरिदिएको पाइन्छ, विवादास्पद लिखतको सही र अदालतबाट लिइएको नमूनाको सही तुलनात्मक रुपमा हेर्दा पनि रेखा तथा लेखा विशेषज्ञको राय तथ्ययुक्त एवं विश्वसनीय देखिने । (प्रकरण नं. १४) पुनरावेदक, वादीतर्फबाट : विद्वान अधिवक्ता श्री शिवानन्ददास सरस फैसला न्या.हरिहरलाल राजभण्डारी : पू.क्षे.अ. को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी वेन्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ । २.मेरो नाम दर्ताको बिरहीपुर गा.पं. वार्ड नं. ५(क) कि.नं.३१ को ०–४–१ जग्गा र ऐ. ऐ. कि.नं.४१ को ०–९–१९ समेत ०–१४–० जग्गाको प्रतिवादी मोही भई कमाई आएकोमा ०३० सालको कुतवाली मलाई नबुझाएको तथा धरौटी समेत नराखेकोले धानमन ८–२० को प्रति मन रु.६४ का दरले हुने रु.५१५।९० प्रतिवादीबाट दिलाई भराई मोहिबाट निष्काशन समेत गराइपाउँ भनी भू.सु.का.मा फिराद गर्दा उक्त बमोजिमको कूत मैले ०३०।८।२७।४ मा बुझाई भर्पाई समेत लिई सकेको छु भनी भर्पाई पेश गरेकोमा उक्त भर्पाई मलाई सुनाउँदा कीर्ते हो भनी बयान गरेको थिएँ । सद्दे कीर्तेतर्फ अदालतबाट निर्णय गराई ल्याएका बखत कारवाही गर्ने गरी ०३५।९।२४ मा भू.सु.का.बाट कारवाही मुलतवी राख्ने गरी निर्णय गरेकोले यो नालेश गरेको छु । प्रतिवादीले कीर्ते भर्पाई पेश गरेकोले रेखा विशेषज्ञबाट जाँच गराई कीर्ते कागजको ७ नं. बमोजिम विपक्षीलाई सजायँ समेत गरिपाउँ भन्ने समेत फिराद दावी । ३.वादी दावीको ०–१४–० जग्गाको म मोही हुँ ०३० सालको कूत ०३०।८।२७ मा बुझाई भर्पाई लिएको छु । उक्त भर्पाई बाली मोही मुद्दामा पेश गरेको छु कीर्ते जालसाजी गरेको होइन, सद्दे भर्पाई हो झुठ्ठा दावीबाट सफाई पाउँ भन्ने समेत प्रतिवादीको प्रतिउत्तरपत्र । ४.मिति ०३०।८।२७।४ को सक्कल भर्पाई देखें सुनेें यो भर्पाई मैले गरिदिएको होइन कीर्ते जालसाज भनी भू.सु.का.मा ०३५।९।२१ मा बयान गरेको यही भर्पाई हो । सोही बयान बमोजिम प्रतिवादीलाई सजायँ गरिपाउँ भन्ने समेत वादी वा.कालीकानन्द मिश्रको बयान । ५.भर्पाईमा लेखिए बमोजिम धान बुझी वादी कामानन्दले सही गरिदिएको सद्दे साँचो भर्पाई हुँदा वादीको लेखात्मक सहीसंग भिडाई झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत प्र.वा. तुरुन्तलाल यादवको बयान । ६.कूत बुझाएको भर्प