निर्णय नं. ३३४३ - उत्प्रेषण मिश्रित परमादेश वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३३४३ - उत्प्रेषण मिश्रित परमादेश वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: ३० साल: २०४५ महिना: बैशाख अंक: १ फैसला मिति :२०४४/१०/२८ २७६२ निर्णय नं. ३३४३ ने.का.प. २०४५ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको फौ.पु.नं. २३९० आदेश भएको मिति : २०४४।१०।२८।५ मा निवेदकहरू : ललितपुर उद्योग व्यापार संघको तर्फबाट र आफ्नो हकमा समेत सुभाषगोपाल वैधसमेत विरुद्ध विपक्षीहरू : श्री निर्वाचन अधिकृत, नेपाल उद्योग वाणिज्य संघ, त्रिपुरेश्वरसमेत विषय : उत्प्रेषण मिश्रित परमादेश वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) अवधि समाप्त भइसकेपछि साविकको निर्वाचन बमोजिम गठित उद्योग व्यापार संघको कार्यसमिति भंग गरेको निर्णय उपर विचार गरी सो मिल्यो मिलेन भनी रिट जारी गर्न निरर्थक देखिने । (प्रकरण नं. ९) विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जविहारीप्रसाद सिंह आदेश न्या.हरिहरलाल राजभण्डारी : नेपालको संविधान २०१९ को धारा १६।७१ अन्तर्गत परी निर्णयार्थ पेश भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार रहेछ । २.आफ्नै विधान, प्रबन्ध पत्र र नियमावली, २०३१ बमोजिम सञ्चालित श्री ५ को सरकारद्वारा मान्यता प्राप्त ललितपुर उद्योग व्यापार संघको कार्य समितिको निर्वाचन, गठन, विघटन सम्पूर्ण कुरा आफ्नै विधान बमोजिम हुन्छ । संघको नवौं वार्षिक साधारण सभाको साथै अध्यक्ष र कार्य समितिका सदस्यहरूको मिति २०४२।५।८ मा भएको निर्वाचनद्वारा विधिवत निर्वाचित हामी अध्यक्ष र कार्य समितिका सदस्यहरू हौं । नेपाल उद्योग वाणिज्य संघको नियमावलीको दफा ४२ को अधीनमा रही ललितपुर उद्योग व्यापार संघ, नेपाल उद्योग वाणिज्य संघको सदस्य भई आएको छ । ३.नेपाल उद्योग वाणिज्य संघले म सुभाषगोपाल वैधको अध्यक्षतामा कार्य समितिलाई मान्यता दिई आएको र लेखापढी इत्यादि गरिआएका छौं । संघको केही सदस्यहरूले हाम्रो विरुद्धमा केन्द्रमा उजूरी गरेका रहेछन् । यही २०४४ साल ज्येष्ठ १५ गते हुने नेपाल उद्योग वाणिज्य संघको एक्काइसौं वार्षिक अधिवेशनमा भाग लिनको लागि ललितपुर उद्योग व्यापार संघका तर्फबाट हामीहरूलाई पठाइएको र मुख्य प्रतिनिधि चुनावको लागि मत अधिकार लिई आउनेमा म अध्यक्ष सुभाषगोपाल वैद्यलाई पठाएको म सुभाषगोपाल वैद्यले कार्य समितिको सदस्य पदको लागि आफ्नो उम्मेदवारी पत्र दाखिल गर्न गएकोमा विपक्षी नेपाल उद्योग वाणिज्य संघ तथा विपक्षी निर्वाचन अधिकृतले अस्वीकार गर्नु भयो । के कति कारणबाट अस्वीकार गर्नु भएको हो भनी सोद्धा नेपाल उद्योग वाणिज्य संघको स्थायी समितिले मिति २०४३।१२।२३ मा तपाईहरूको विरुद्धमा निर्णय गरेको र तपाईहरूको प्रतिनिधि र उम्मेदवारी मनोनयन पत्र दर्ता स्वीकार नगर्नु भनेबाट नगरेको हो भनियो । निर्णयको व्यहोरामा अध्यक्ष तथा कार्य समितिका सदस्यहरूका आपसी मत भिन्नता भई विभिन्न गुटमा विभाजित भएको र एक पक्षले अर्को पक्षलाई निष्काशित निलम्वन गर्ने जस्ता कार्यहरू भएको, अन्योलको स्थितिले गर्दा खाता सञ्चालन नभएको र यस्तो स्थितिमा संघको अस्तित्वको महत्व पनि नरहने भन्ने नेपाल उद्योग वाणिज्य संघको नियमावलीको नियम ९(ख) बमोजिम ललितपुर उद्योग व्यापार संघको हालको कार्य समितिलाई भङ्ग गर्ने, ललितपुर जिल्लाको उद्योग व्यापारिक समुदायबाट बढीमा ७ जना व्यक्तिहरूसम्मको एउटा तदर्थ नियुक्त गर्ने, तदर्थ समितिले ललितपुर उद्योग व्यापार संघमा अध्यक्ष एवं नयाँ कार