निर्णय नं. ३३४६ - जग्गा दर्ता बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३३४६ - जग्गा दर्ता बदर भाग: ३१ साल: २०४५ महिना: बैशाख अंक: १ फैसला मिति :२०४४/११/२६ २५०३ निर्णय नं. ३३४६ ने.का.प. २०४५ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४३ सालको दे.पु.नं. ६८६ फैसला भएको मिति : २०४४।११।२६।४ मा पुनरावेदक/प्रतिवादी : धनकुटा न.पं. वार्ड नं. ६ बीचबजार बस्ने विष्णुबहादुर श्रेष्ठसमेत विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ. बस्ने मोहनकुमारी श्रेष्ठसमेत मुद्दा : जग्गा दर्ता बदर (१) विवादका जग्गाहरू बाबुको नामबाट निजका छोराहरू तथा स्वास्नीको नाममा नामसारी गरिएको देखिएकोबाट विवादको सम्पत्ति बाबुको पालादेखिकै पैतृक सम्पत्ति हो भन्ने कुरामा कुनै विवाद रहने स्थिति नदेखिने । (प्रकरण नं. १३) (२) अंश बाहेक अरु नै कुनै कारणबाट पुनरावेदकहरूको विवादको जग्गामा हक पुग्ने भए सोही कुरा देखाई विपक्षीहरू उपर दावी गर्न प्रस्तुत कारवाही टुड्डिएपछि कानूनको म्यादभित्र उजूर गरी आफ्नो हक कायम गराई लिन पाउने नै हुँदा मालपोत कार्यालयबाट पुनरावेदकहरूलाई बुझ्ने आदेश गरे बमोजिम नबुझी निर्णय भए पनि पुनरावेदकको कानुनी हकमा कुनै असर परेको नदेखिएकोले त्यस्तो अवस्थामा पुनरावेदकहरूलाई नबुझिएकोबाट प्राकृतिक न्याय सिद्धान्त बिपरीत पर्न गएको भन्न नमिल्ने । (प्रकरण नं. १३) पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली उल्लिखित मुद्दा : ने.का.प. २०४२ नि.नं. २३०९ पृष्ठ २८८ मा सिद्धान्त प्रतिपादित फैसला न्या.हिरण्येश्वरमान प्रधान : पु.क्षे.अ. को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ । २.हाम्रा बाबु पति इन्द्रबहादुर स्वर्गे भइसकेकाले निजका नाम दर्ताको जि. सुनसरी हासपोसा गा.पं. वार्ड नं. २।३ अन्तर्गत जम्मा २४–३–७–½ र ध.न.पं. वार्ड नं. १ को कि.नं.१११ को जग्गा वि. ०–५–६ मध्ये २४–३–७–½ हामी ४ जनाका नाममा र ०–५–६ म ओमकारका नाउँमा मात्र नामसारी गरिपाउँ भन्ने समेत व्यहोराको आफ्ना हकमा समेत ओमकारमान श्रेष्ठको सुनसरी मालपोत कार्यालयमा दिएको निवेदनपत्र । ३.नामसारीको लागि ओमकार श्रेष्ठले दिएको उल्लिखित निवेदन थाहा पाई प्र.विष्णुबहादुर श्रेष्ठ समेत ३ जनाले हाम्रो दाजुभाई ६ जना मध्ये स्व.इन्द्रबहादुर साहिंला हुन् । हामीहरूको पहाड मधेशको सबै जग्गा अवण्डा छ । स्व.इन्द्रबहादुरको नाममा भएको हामीहरू अंशियारहरूले र हाम्रा नाउँमा भएको स्व.इन्द्रबहादुरका स्वास्नी छोराहरूले समेत अंशको दामासाहीले पाउने हुँदा निज इन्द्रबहादुर दर्ताको जि.सु. हासपोसा गा.पं. को २४–३–७–½ र धरान न.पं. वार्ड नं. १ को ०–५–६ समेत हामी ६ वटै अंशियारको सगोलको हो भन्ने प्रमाण भू.सु.का.सुनसरीबाट २०३५।३।१५ को हदबन्दी सम्बन्धमा भएको निर्णय प्रतिलिपि समेत साथै राखी पेश गरेका छौं । हाम्रो अंशवण्डा भएको छैन । हामी ६ अंशिहरूकै समान हकको सगोलको सम्पत्ति हुँदा विपक्षीहरूको नाममा नामसारी हुन नपावस् रोक्का गरिपाउँ भन्ने समेत व्यहोराको मा.पो.का.सुनसरीमा दिएको निवेदन । ४.मृतकका नामबाट निजका नजिकका हकदारहरू स्वास्नी र छोराकै नाममा नामसारी गर्ने कानुनी व्यवस्था भएकोले सोही बमोजिम गर्ने भन्ने मा.पो.का.सुनसरीको २०३७।९।२५ को आदेश । ५.निर्णय बमोजिम इन्द्रबहादुरका नाउँको जग्गा निवेदक ओमकार समेत ४ जनाका ना