निर्णय नं. ३३४७ - अंश नामसारी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३३४७ - अंश नामसारी भाग: ३० साल: २०४५ महिना: बैशाख अंक: १ फैसला मिति :२०४४/१२/१४ २४९२ निर्णय नं. ३३४७ ने.का.प. २०४५ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४३ सालको दे.पु.नं. ६६२ फैसला भएको मिति : २०४४।१२।१४।१ मा पुनरावेदक/प्रतिवादी : जि. रुपन्देही मानमटेरिया गा.पं. वार्ड नं. १ मंगलपुर बस्ने झुम्थुर पूर्विया रौतार थारु विरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने सवुतरी थरुनी मुद्दा : अंश नामसारी (१) नागरिकताको प्रमाण–पत्र व्यक्तिगत कागज नभई सरकारीया प्रमाण–पत्र भएको यदी सो कागज मुद्दा परिसकेपछि प्रमाण खडा गर्न बनाएको भए नातातर्फ बयान गर्दा प्रमाणमा दिएपछि सो बयान सुनी बयान गर्ने प्रतिवादीले सो उपर कानून बमोजिम उजूर गरी बदर गराउनु पर्ने सो गराएको प्रमाण नआएकोले अन्यथा सावित नभएसम्म सो प्रमाणलाई प्रमाण ऐनको दफा ६(ङ) ले मान्यता दिन पर्ने र अंशबाट उठेको नाता कायम मुद्दा जिकिर बमोजिम अंश मुद्दा नभई एकै मुद्दा हुँदा अंश मुद्दामा बकेका साक्षीहरूको प्रमाण लिन नमिल्ने भन्ने जिरह मनासिव नदेखिई अंश पाउने ठहर्‍याएको क्षे.अ. को इन्साफ मनासिव ठहर्ने । (प्रकरण नं. १४) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री विष्णुप्रसाद भट्टराई विपक्षी वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी फैसला न्या.हिरण्येश्वरमान प्रधान : पश्चिमाञ्चल क्षेत्रीय अदालतको २०४३।३।२४।३ को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ : २.यसमा मंगली थारुका २ छोरा फौज्दार थारु र झुथ्थुर थारु हुन्, मेरो लोग्ने फौज्दार अघि नै परलोक भएकोले झुथ्थुरसंग बसी आएकोमा २०३८ साल मार्ग देखि विरामी पर्दा औषधी उपचार नगराउने र इज्जत आमद अनुसार खान लाउन नदिएकोले २०३९।१।१५ गते अंश माग्दा अंश दिन्न भनी जावाफ दिएका, जग्गा जमीन विपक्षका नाउँमा दर्ता भएकोले फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी सम्पत्तिको तायदाती फाँटवारी लिई आधा अंश मलाई दिलाई नामसारी समेत गराई पाउँ भन्ने सबुतरी थरुनीको फिरादपत्र । ३.मंगली थारुको फौज्दार र झुथ्थुर २ छोरा भए पनि बाबुकै पालामा अंशवण्डा भइसकेको र अलग अलग ठाउँमा बसोबास गरेको हो, वण्डापत्र नभए पनि भए सरह छ । साथै फिरादीलाई मेरो दाजुको प्रकाश गरी राखेको स्वास्नी नहुँदा सम्पत्ति हात पार्ने षडयन्त्र गरेको हो । दाजुको पहिलो र दोस्रो स्वास्नी दुबै मरिसकेका छन् । वादीले फौज्दारको स्वास्नी भनी प्रमाण पुर्‍याएको खण्डमा आफ्नो लोग्नेको हक जहाँ छ त्यहिँ गई बस्नुपर्छ मेरो अंश हकको सम्पत्तिमा वादीले दावी गर्न पाउने होइन भन्ने समेत झुथ्थुर पूर्विया रातारको प्रतिउत्तरपत्र । ४.वादी सबुतरी थरुनी फौज्दारी थारुको श्रीमती हुन् भन्नेसमेत वादीको वा.जगेश्वर थारुको बयान । ५.वादी सबुतरी थरुनी फौज्दारको स्वास्नी होइन । सिमलार गा.पं. वार्ड नं. १ उनिला बस्ने महर पचहिको श्रीमती हुन् भन्ने समेत प्र.वा. पद्यमबहादुर कोइरालाको बयान । ६.वादी प्रतिवादीका साक्षीहरूको बकपत्र भएको र तायदाती फाँटवारी समेत दाखिल भएको रहेछ । ७.वादी फौज्दारको स्वास्नी हो भन्ने कुरा साक्षीबाट पुष्ट्याई भएको, नागरिकताको प्रमाण–पत्रमा समेत फौज्दारको श्रीमती भनी लेखिएको देखिँदा वादी फौज्दारको स्वास्नी ठहर्छ । फौज्दार र झुथ्थुरका बीच अंशवण्डा भएको कुनै प्रमाण नदेखिँदा वादीले प्रतिवादीबाट दावी बमोजिम अंश पाउने