निर्णय नं. ३३४८ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३३४८ - ज्यान भाग: ३० साल: २०४५ महिना: बैशाख अंक: १ फैसला मिति :२०४५/०१/०५ २६९६ निर्णय नं. ३३४८ ने.का.प. २०४५ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४४ सालको फौ.पु.नं. ४१३, सा.नं. ६५ फैसला भएको मिति : २०४५।१।५।१ मा पुनरावेदक/प्रतिवादी : विदेश रुस पेवा घर भई अमेरिकाबाट नेपाल आई हाल केन्द्रीय कारागारमा थुनामा रहेको भिक्टर लुकीन विरुद्ध विपक्षी/वादी : प्रहरी थाना दोलालघाटको जाहेरीले श्री ५ को सरकार मुद्दा : ज्यान (१) आत्महत्या गरी मरेको हो भने लाश जाँच मुचुल्कामा लेखी देखाए बमोजिम लाशको टाउको देखि कम्मरसम्म बोराले र कम्मरदेखि खुट्टासम्म स्लीपिड्ड व्यागमा रही सो स्लीपिड्ड व्यागमा ढुड्डा समेत राखी बाँधिएको नहुनु पर्नाको साथै अभियुक्तको बयान तथा प्रहरी कागजमा देखाए बमोजिम मर्ने निकोलाइले बोलाएको सुनी जाँदा आफूले देखेको कुरा बताउँदा समेत निजको शरीर बोरा र स्लीपिड्ड व्यागमा बाँधिएको भनी नदेखाएको र लाशको खुट्टा कम्मर समेत मुडो जस्तो पारी बाँधिएको देखिएकोबाट क्गअष्मभ लयतभ मा देखाइए बमोजिम मितिमा आत्महत्या गरी मरेको भन्न सकिने अवस्था नरहेको सो कुरा यदि साँचो भए अभियुक्तले मौकैमा प्रहरीमा समेत खबर गर्नुपर्नेमा सो नगरी झन फोटो कन्सर्नमा गई मर्ने निकोलाई आफ्नो देशमा फर्की सकेको भनी देखाएकोबाट पुष्टी हुन आएको समेतबाट पुनरावेदकतर्फका जिकिरसित सहमत हुन नसकेकोले इन्साफ मनासिव ठहर्ने । (प्रकरण नं. २१) पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुंगाना फैसला न्या.हिरण्येश्वरमान प्रधान : म.क्षे.अ.को फैसला उपर चित्त नबुझाई प्र.भिक्टर लुकीनका तर्फबाट यस अदालतमा पुनरावेदन परी निर्णयार्थ पेश भएको प्रस्तुत मुद्दाको संक्षित विवरण यसप्रकार रहेछ । २.रामेछाप आवत जावत गर्ने बाटो मुनी सुनकोशीमा लाश छ भन्ने खबर अनुसार जाँदा दोलालघाट गा.पं. सकिने डाँडामुनी पानीमा डुबीरहेको फेला परेकोले जाहेर गरेको छु भन्ने समेत व्यहोराको दोलालघाट चौकीको पत्र । ३.सुनकोशीको नदी बगिरहेको ठाडे कंकारभिर पानीमा अडिरहेको लाश झिकी हेर्दा घाँटीमा ९ फन्का, कम्मरमा ४ फन्का र गोडा, पिंडुलामा १६ फन्का नाइलनको डोरीले बाँधेको लाशको ज्याकेटमा ग्याँसवाला लाइटर छुरी, दाँत, चस्मा समेत वरामद भएको विदेशी लोग्ने मानिस नाउँ थाहा नभएको लाश हेर्दा अं. १३ दिन अघिको जस्तो देखिने, वोराले टाउको समेत छोपिएको भन्ने समेत व्यहोराको लाश प्रकृति मुचुल्का । ४.निज विदेशी बसेको ठाउँ का.प.जि. फलाटे गा.पं. अन्तर्गत रासपति भन्ने ठाउँमा गई मिति २०३९।१२।१० मा बुझ्दा मानबहादुर माझीको रासपतिमा भएको छाप्रोमा हेर्दा स्लीपिङ्ग व्याग, फोटोहरू, खाना बनाउने भाँडा, जुत्ता, मोजा समेत सामानहरू बरामद भएको भन्ने समेत व्यहोराको बरामदी मुचुल्का । ५.१९८२ अगष्ट २८ का दिन अमेरिकी नागरिक निकोले ग्रिडिन मेरो लजमा आई बसेर भोलिपल्ट मुड्खु गए । सो को ८।१० दिनपछि निकोले ग्रिडिन साथी लुकिन भिक्टरलाई लिई आए । भिक्टर १०।१२ दिन बसे, निकोले चाहिँ भोलिपल्टै मुड्खु गए । यसै बीच निकोले आएपछि पुनः नाम्चे जान्छु भनी क्यामराको वकनर, किताब बोरामा हालिराख्न दिए । लुकीन भिक्टोर पनि स्वयंभुतिर जान्छु भनी गएर बराबर निकोले फर्किए भनी सोध्न आउने गर्थे मिति २०३९।१०।१७ मा निकोले फर्केर आए । भिक्टोर आई बराबर निकोलेलाई भेटि जाने गर्दथे । एकदिन दुबैजना दोलालघाट जाने भनी हिंडे, १५।२० दिनपछि १९८३ मार्च ३ का दिन फोटोग्रा