निर्णय नं. ३३४९ - गाली बेइज्जती
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३३४९ - गाली बेइज्जती भाग: ३० साल: २०४५ महिना: बैशाख अंक: १ फैसला मिति :२०४४/१०/१२ ३५५५ निर्णय नं. ३३४९ ने.का.प. २०४५ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत २०४४ सालको फौ.पु.नं. ५४७ फैसला भएको मिति : २०४४।१०।१२।३ मा पुनरावेदक, प्रतिवादी : जि. नुवाकोट दाड्डसिड्ड गा.पं. वार्ड नं. ६ बस्ने रामप्रसाद उपाध्याय विरुद्ध विपक्षी,वादी : का.जि. मुलकोट गा.पं. वार्ड नं. ८ हाल नुवाकोट विदूर बस्ने माधवप्रसाद खनाल मुद्दा : गाली बेइज्जती (१) अधिकार क्षेत्र नै नभएकोमा अधिकार क्षेत्र नाघी पुनरावेदन सुनी गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(१)(क) को बिपरीत हुँदा सो निर्णय बदर हुने । (प्रकरण नं. १०) पुनरावेदक, वादीतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षी, वादीतर्फबाट : विद्वान अधिवक्ता श्री बच्चुसिंह खड्का फैसला न्या.रुद्रबहादुर सिंह : म.क्षे.अ. को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी बेन्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ । २.विपक्षी मध्येका रामकृष्ण प्रधान सम्पादकको हैसियतले रामप्रसादले सम्पादकलाई चिठ्ठी लेखेको हैसियतले र देउराली पाक्षीक वर्ष १ अंक १२।२०४० साल फागुण २१ गतेको पेज २ मा पत्रकार वौलाए जस्तो छ, के हो प्रशासनको ध्यान जावस् भन्ने शीर्षक राखी मलाई नैतिकता नभएको माइण्ड क्र्याक भएको ठग भ्रष्टाचारी तथा झुत्रे पत्रकार भन्ने लेख प्रकाशित गरेकोबाट मेरो बेइज्जती हुन गएको छ । मलाई भ्रष्टाचारी भनिएको छ तर मैले कँहा कसरी कहिले भ्रष्टाचार गरें कुनै ठाउँमा खुलाउन सक्नु भएको छैन । यसरी मलाई होच्याउने नियतले नैतिकता नभएको माइण्ड क्र्याक भ्रष्टाचारी तथा झुत्रे पत्रकार भनी गाली बेइज्जती ऐन, २०१६ को दफा ३ को अपराध गर्नु भएको हुँदा ऐ. को दफा ५ बमोजिम हदैसम्म सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको फिराद दावी । ३.मेरो लेखको शीर्षकमा पत्रकार बौलाएको जस्तो छ भनिएको छ सो भनाई लेखाइबाट बौलाएकै हो भन्ने किटान गरिएको छैन । बैंकले ऋण लिँदा दिँदा बैंकको कानून अनुसार गरिन्छ नकि अर्थमन्त्रीको निर्देशानुसार यसरी अर्थात तथा सन्चार मन्त्रीको निर्देशनमा कुनै पनि पत्रकारले लेख्न एक पत्रिका खडा गरी राष्ट्रको धन र सम्पत्ति ठगी गर्ने खालको निर्देशन राष्ट्र बैंकलाई दिई देउराली स्टेशनरी उद्योगलाई ऋण उपलब्ध गराई प्रेश मिसिन कटिङ्ग मिसिन र कागजहरू उपलब्ध गराई ठगी गर्ने कार्यहरु हुँदैछ भन्ने रुपरेखा पत्रिकामा प्रकाशित लेखको खेद प्रकटसम्म गरेको हुँदा झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत रामप्रसाद अधिकारीको प्रतिउत्तरपत्र । ४.म एक पत्रकार भएको हुँ । जिल्लावासी मध्येबाट एक व्यक्तिले उल्लिखित पत्र लेखी पठाएकोमा लेखकमै दायित्वहरु रहने गरी अर्थात सम्पूर्ण जिम्मेवारी लेखकमा नै रहने गरी प्रकाशित गरेको सम्म हुँ । सो कुराको सत्यता मैले खंबीर गर्ने प्रयास गरेको छैन र गर्ने पनि छैन । विपक्षीलाई गाली बेइज्जती तथा मान प्रतिष्ठामा आघात पुर्याउने उद्देश्य नहुँदा झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत प्र.रामकृष्ण प्रधानको प्रतिउत्तरपत्र । ५.यसरी शब्द प्रयोग गर्दा सोको स्पष्ट परिणाम समेतबाट प्र.रामप्रसाद उपाध्यायको इन्कारी प्रतितलायक नहुँदा निज प्र.रामप्रसाद उपाध्यायले वादीलाई लिखित रुपमा गाली बेइज्जती गरेको ठहर्छ । अर्को प्र.रामकृष्ण प्रधानको हकमा प्रकाशित प्रतिरक्ष