निर्णय नं. ३३५० - जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३३५० - जालसाजी भाग: ३० साल: २०४५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४४/१२/१८ २१७८ निर्णय नं. ३३५० ने.का.प. २०४५ अङ्क २ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको फौ.पु.इ.नं. १९ फैसला भएको मिति : २०४४।१२।१८।५ मा निवेदक/वादी : सिन्धुपाल्चोक सिपापाटी गा.पं.वडा नं. ५ बस्ने कर्णबहादुर ठकुरी विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ. बस्ने काशीराज ठकुरीसमेत विषय : जालसाजी (१) प्रतिवादी अंशियार रहेको भन्ने कुरामा विवाद देखिएन, यस स्थितिमा वादी दावी बमोजिम राजीनामा र रसिद जालसाजी भन्न सकिने अवस्था नहरने । (प्रकरण नं. १८) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री बद्रीप्रसाद शर्मा फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराजका जुनाफमा सर्वोच्च अदालत डिभिजनबेञ्चबाट छिनिएको मुद्दा दोहोर्याई पाउँ भनी वादी कर्णबहादुर ठकुरीले चढाएको विन्तिपत्रमा फुलबेन्चबाट दोहोर्याई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम बक्सेको छ भनी मौसूफ सरकारका विशेष जाहेरी विभागबाट मिति २०४३।१।२३ मा तोक लागी आई यस इजलासको लगतमा दर्ता भई पेश हुनआएकोमा मुद्दाको तथ्य यसप्रकार छ । २.विर्ता उन्मुलन ऐन, २०१६ बमोजिम विर्ता रैकरमा परिणत भई सिन्धुपाल्चोक मालमा मेरा नाममा दर्ता भएको कच्ची घर कित्ता एक रातेमाटे वारी १, समीका वारी धारा खोला वारी कित्ता १ घरवारी कित्ता एक समेतको घर र जग्गा विपक्षी मध्येको तुलसीदेवी मेरो अंशियारै नभएको र निजको उक्त जग्गा र घर समेत कुनै किसिमबाट हक नभएको यदि अंशबाट पाएको भए लिखित हुनुपर्ने सो नभई हकै नपुग्नेले सो घर जग्गा विपक्षीहरू मिली विपक्षी मध्येको गोविन्दले मेरो रसिदका किनारामा तुल्सीमाया समेतको भन्ने जनाई प्रधानपञ्च गणेश दाशले दोहोरी रसिद गरिदिने र तुल्सीदेवीले हक नपुग्ने घर जग्गा समेत राजीनामा गरिदिने निज गोविन्दले रु.१००।– मोल हाली अघिको मिति राखी जालसाजी राजीनामा लेख्ने, बालकृष्ण, टिकादत्त, इन्द्रबहादुर समेत किनारमा साक्षी बस्ने काशी, डम्बरबहादुर, लोकबहादुर, भोटे भन्ने समेतले जालसाजी राजीनामा समेत गराई लिनेदिने गरेका छन् सो कुरा मिति २०२६।३।७ मा विपक्षी मध्ये काशीराज समेत आई जग्गामा कोदोको बीउ राखी घर समेत भत्काई अन्याय गरेकाले किन यसो गरेको भन्दा यो घर र जग्गा समेत हामीहरूले तुल्सीदेवीसंग राजीनामा गरी लिई सकेको छु भनी भनेकाले थाहा पाई फिराद गर्न आएको छु । जालसाजी गरेमा विपक्षीहरूलाई सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको फिराद–पत्र । ३.ससुरा मिनराजको छोरा माहिला वादीको पिता र कान्छा मनु, लक्ष्मीदेवीको पति अघि नै भिन्न भई आ–आफ्नु अंश लिई बसेको, वादीको पिता २०११ साल अघि नै र मनु लक्ष्मीको पति २०१२ सालमा परलोक हुनु भएकोले मलाई म कहाँ बस्न आउनुस् भन्दा भविष्य सोची पिताको हक अंशतिरको जग्गाको पुरानो कागज रसिदहरू र अरु चल श्री सम्पति जति भएको जम्मै २०१३ सालदेखि वादीका घरमा लगी राखी सगोलमा नै बसी आएकोमा पछि म तुल्सीदेवी माइत गएको अवस्थामा विर्ता उन्मुलन ऐन अनुसार विपक्षी कर्णबहादुरले आफ्नु नाममा दर्ता गराएछन् र भूमि सुधार लागू हुँदा वादीका नाममा ४ नं. फाराम समेत भरेछन् । घरको मुख्य मानिस भएकोले तिरो भरो समेत निजैले गरेछन् । पछि ०२५।०२९ कुन सालमा हो मेरो छोरीको विवाह सक्नासाथ घर बनाउन