निर्णय नं. ३३५१ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३३५१ - अंश भाग: ३० साल: २०४५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४४/१२/१८ २०९१ निर्णय नं. ३३५१ ने.का.प. २०४५ अङ्क २ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४२ सालको दे.पु.ई.नं. १०८ फैसला भएको मिति : २०४४।१२।१८।५ मा निवेदक/प्रतिवादी : सुनसरी भई ऐ. हासपोसा गा.पं.वा.नं.९ बस्ने रतनलाल चौधरीसमेत विरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने अकलीदास थरुनी मुद्दा : अंश (१) बण्डापत्र गर्दा नाम उल्लेख नभएको आधारबाट मात्र छोरा होइन भन्न नमिल्ने । (प्रकरण नं. २४) (२) अंश दिएको भन्ने कुनै प्रमाण आउँन सकेको छैन, तसर्थ वादी अंशियार नाताको होइन अंश दिनु पर्ने होइन भन्ने प्रतिवादीको निवेदन जिकिर पुग्न नसक्ने । (प्रकरण नं. २४) निवेदक प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षी वादीतर्फबाट : विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराज सरकारका जुनाफमा मुद्दा दोहर्‍याई पाउँ भनी प्रतिवादीहरूले चढाएको बिन्तिपत्रमा फुलबेञ्चबाट दोहर्‍याई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम बक्सेको छ भनी मौसुफ सरकारका विशेष जाहेरी विभाग राजदरवारबाट मिति ०४१।८।१९ मा लेखी आए अनुसार लगतमा दर्ता भई पेश हुनआएकोमा मुद्दाको तथ्य यसप्रकार छ : २.ससुरा वहरीदासका ४ छोरामा जेठा विपक्षी बेचन, बौकाइको बाबु दशन, माहिलो मेरो पति पोषण, साहिंलो रतन र कान्छो पाचु चौधरी हुन् ससुरा र पति समेत परलोक भइसकेपछि जग्गा मौखिक शर्तले खाइरहेको थियो बण्डा भएको थिएन यस्तैमा म बृद्ध अवस्थाको भएँ दान धर्मकर्म गर्न समेतका लागि विपक्षीहरूसंग गई अंश माग्दा तँ बुढीलाई अंश दिँदैनौं जे गर्नुपर्छ गर भनी जवाफ दिएकोले अन्यायमा परी फिराद गर्न आएको छु । तायदाती लिई ४ भागको १ भाग अंश दिलाई पाउँ भन्ने समेत अकली दासीन थरुनीको फिरादपत्र । ३.बहुरीका ४ छोरा होइन, तीनछोरा जेठा दशन, माहिला रतन, कान्छा पाचु हुन् वादी बहुरीदासको छोरा पोसनको श्रीमती होइन । वादी हामीहरूको अंशी होइन भन्ने कुरा २०१६।१२।३० र २०२१।९।३० मा मोरङ मालबाट पास भएको जीउनी र बण्डाबाट वादी समेत अंश हुन् भन्ने उल्लेख नभएको हुँदा अर्कै परिवारको मानिसले हामी उपर झुठ्ठा उजूर दिएको हो भन्ने समेत प्रतिवादी । ४.जेठा दशन माहिला वादिको पति पोषण साहिंला रतन कान्छा पाचु समेत ४ भाइ बहुरीदास चौधरीको छोरा हुन् प्र.बेचन चौधरी र वौकाह उक्त दशका छोरा हुन् । वादी र प्रतिवादीहरू ४ अंशियार हुन् माथि लेखिए बमोजिम नाता कायम गरिपाउँ भन्ने समेत वादी अकली दासीन थरुनीको वारिश सुकन चौधरीले गरेको बयान । ५.वादीलाई हामीले अंश दिनु पर्ने अंशियार होइन । २०१६ सालको जिउनी र २०२१ सालको अंश वण्डामा वादीले दावी लिन सक्नु पर्ने फिरादमा सो कुरा उल्लेख गर्न पनि नसकेकोले वादी वारिशको बयान अनुसार नाता कायम हुनसक्ने होइन । वहुरीदासको ४ भाइ छोरा नभई ३ भाइ छोरा हुन् झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत वा. समेतका प्रतिवादी वेचन चौधरीको बयान । ६.२०१६।१२।३० को जिउनी २०२१।९।३० को बण्डापत्र तथा साक्षीहरूको बकपत्र समेतबाट यी वादी प्रतिवादीहरूको अंशियार रहिछन् भन्न नमिल्ने हुँदा वादीले प्रतिवादीहरूबाट अंश दिलाई पाउँ भनी झुठ्ठा दावी लिएको ठहर्छ भन्नेसमेत सुनसरी जि.अदालतको ०३६।११।२८ को फैसला । ७.सो फैसलामा चित्त बुझे