निर्णय नं. ७६३७ - परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७६३७ - परमादेश भाग: ४८ साल: २०६३ महिना: बैशाख अंक: १ फैसला मिति :२०६२/१२/२९ २६०६ निर्णय नं.७६३७ ने.का.प.२०६३ अङ्क १ सर्वोच्च अदालत संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री दिलीपकुमार पौडेल माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी संवत् २०६० सालको दे.पु नं. ९४४२ फैसला मितिः २०६२।१२।२९।३ मुद्दा :– परमादेश । पुनरावेदक / निवेदकः कंचनपुर जिल्ला महेन्द्रनगर न.पा.वडा नं. ४ बस्ने बिस्ना थापा विरुद्ध प्रत्यर्थी / विपक्षीः महेन्द्रनगर नगर विकास समिति कंचनपुर समेत · सार्वजनिक पदमा आसिन सार्वजनिक कामकर्तव्य वहन गर्ने पदाधिकारी वा निकायले कानूनले तोकेको कामकर्तव्य बहन गर्न इन्कार गरेको अवस्थामा परमादेशको रिट जारी हुनसक्छ तर त्यस्तो इन्कारी भएको कुरामा अदालत विश्वस्त हुनुपर्ने । · आफ्नो कार्यालयमा अभिलेखमा रहेका कानून बमोजिम नक्कल दिन मिल्ने लिखतको नक्कल सरोकारवालालाई दिनु पर्ने कर्तव्य सम्बन्धित अधिकारी वा कार्यालयको हुने । (प्रकरण नं.९) पुनरावेदक निवेदक तर्फवाटः प्रत्यर्थी विपक्षी तर्फवाटः अवलम्वित नजीरः फैसला प्र.न्या.दिलीपकुमार पौडेलः पुनरावेदन अदालत महेन्द्रनगरबाट ०६०।१।३१ मा भएको निर्णय आदेश उपर न्याय प्रशासन ऐन,२०४८ को दफा ९(१)(क) बमोजिम निवेदकको यस अदालतमा पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र यस अदालतको ठहर यसप्रकार रहेको छः– २. मिति २०५५ सालदेखि जि.कं.म.न.पा.वा.नं.४ गल्ली नं.४ लाईन नं.७ सि.नं. १६४५ कि.नं.८९९ “ग” क्षे.फ. १८ह६० को घडेरी जग्गामा एकघर बनाई उक्त घरेडी जग्गा मेरो नाममा समेत नापी भई फिल्डबुकमा जनाई फिल्डबुक समेत कायम भएको छ । सो घरेडी जग्गा दर्ता गरी ज.ध.प्र. पूर्जा पाउँ भनी मैले मिति २०५९।५।२ गते महेन्द्रनगर नगर विकास समितिका अध्यक्षज्यू समक्ष जाँदा मैले लेखाई लगेको निवेदन विपक्षीले दर्ता गराउन इन्कार गरेकाले मिति २०५९।५।३ मा हुलाकबाट रजिष्ट्री गरी निवेदन विपक्षीहरुको कार्यालयमा पठाइएकोमा मिति २०५९।५।४ गते सो निवेदन विपक्षी कार्यालय समेतमा दर्ता भएको, उक्त निवेदन बमोजिम ज.ध.प्र.पु. पाउँ भनी मिति २०५९।५।७ गते विपक्षी कार्यालयमा गई अनुरोध गर्दा विपक्षी अध्यक्षज्यूले उक्त घरेडी मेरो नाममा दर्ता गर्न इन्कार गरेकोले मिति २०५९।५।१० गते उक्त घरेडी जग्गाको फिल्डबुकको नक्कल र मैले दर्ता गराएको निवेदनको नक्कल पाउँ भनी विपक्षी अध्यक्षज्यू समक्ष जांदा नक्कल दिन इन्कार गरी निवेदन समेत दर्ता गराउन नमानी मु.ऐन. अ.वं. २७ नं. बमोजिम समेत दरपिठ गर्न इन्कार गरेकाले मु.ऐन, कागजजाँचको महलको १७ नं. बमोजिम मैले माग गरेको कागजहरुको नक्कल नदिएकाले निवेदन माग बमोजिम कागजहरुको नक्कल दिनु भनी विपक्षीका नाउँमा परमादेशको आदेश जारी गरिपाउँ भन्ने समेत व्यहोराको रिट निवेदन । ३. आदेश जारी हुनु नपर्ने कुनै कारण भए सबुद प्रमाण सहित बाटोको म्याद बाहेक १५ दिनभित्र आफै वा कानून बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ सहित उपस्थित हुन भनी विपक्षीहरुका नाउँमा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ३३(२) बमाजिम म्याद जारी गरी नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालतबाट मिति २०५९।५।१३ मा भएको आदेश । ४. प्रस्तुत मुद्दामा निवेदिकाले निवेदनमा उल्लेखित यस समिति अन्तर्गतको घरेडी जग्गामा आफ्नो हक अधिकार श्रृजना भएको भन्ने देखाउन खोजिएकी छिन् तर हक अधिकार श्रृजना भएका तथ्ययुक्त प्रमाण देखाउन सकेकी छैनन् । विपक्षीले नगर विकास समितमा दिएको निवेदन मिति २०५९।५