निर्णय नं. ३३५२ - अपुताली

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३३५२ - अपुताली भाग: ३० साल: २०४५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४४/१२/०९ ५५७२ निर्णय नं. ३३५२ ने.का.प. २०४५ अङ्क २ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४४ सालको दे.पु.ई.नं. ६७ फैसला भएको मिति : २०४४।१२।९।३ मा पुनरावेदक/वादी : जिल्ला वारा गा.पं. व्रम्हपुरी वडा नं. १ बस्ने बाबुलाल साहू तेली विरुद्ध विपक्षी/प्रतिवादी : ऐ. गाउँपञ्चायत कलैया वडा नं. ५ बस्ने सुगिया तेलिनसमेत मुद्दा : अपुताली (१) अंश र अपुताली भन्ने दुई बेग्ला बेग्लै अवधारणा हुन् पुस्ताको हिसावले विचार गर्दा पनि लोग्ने स्वास्नी समान पुस्तामा पर्छन् भने छोरा दोस्रो पुस्तामा पर्न आउँछ, अपुताली पहिला समान पुस्तामा र त्यसपछि मात्र दोस्रो पुस्तामा जाने । (प्रकरण नं. १६) पुनरावेदक/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी विद्वान अधिवक्ता श्री प्रकाश वस्ती विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री पीताम्वर सिलवाल उल्लिखित मुद्दा : पुनरावेदक यादवनीधी तिवारी विपक्षी हिरण्येगर्भ कुमारी तिवारी भएको अंश दाइजो मुद्दामा २०३०९१०३ मा पूर्णइजलासबाट निर्णय भएको (सर्वोच्च अदालत निर्णय संग्रह भाग ९, पृष्ठ ९) फैसला न्या.प्रचण्डराज अनिल : प्रस्तुत मुद्दा निर्णयार्थ संयुक्त इजालस समक्ष पेश हुँदा माननीय न्यायाधीशहरू बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम निणयार्थ यस इजलास समक्ष पेश हुनआएको रहेछ । मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २.राम लखनको २ पत्नी जेठी पत्नीतर्फको जेठो छोरा म वादी, कान्छी जयनारायण कान्छीतर्फका ४ छोरा रामबाबु, श्यामबाबु, राजाबाबु, बद्रीप्रसाद हुन् । जयनारायण स्वर्गवास भएपछि निजको छोरा महन्थप्रसाद समेत सीताराम, लखन, म बाबुलाल, महन्थप्रसाद, सुगिया तेली, रामबाबु साह, श्यामबाबु, राजाबाबु, बद्रीप्रसाद समेत मिति २०२०।३।२७ मा रजिष्ट्रेशन पारित गरी छुट्टी परस्पर भिन्द भई बसेकोमा बद्रीप्रसाद स्वर्गवास भए, बद्रीप्रसादको अंश सम्पत्ति अपुताली पिता रामलखनले भोगचलन गरी आउनु भएको पिताको रेखदेख सेवा म तथा विपक्षी समेतले गरिआएकोमा पिता रामलखन मिति २०३६।८।२९ मा स्वर्गवास हुनु भयो । उहाँको कृया श्राद्ध मैले गरेको छु । पिता रामलखन साहको अंश भागमा परेको पिताको श्री सम्पत्ति हामी सबैको समान हक भई मेरो हुने अपुताली हक छुट्याई दिनु भनी बराबर भन्दा छुट्याई नदिएकोले रु.६६,०००।– मोलको श्री सम्पत्तिबाट ५ खण्डको १ खण्ड मेरो अपुताली हक छुट्याई दर्ता चलन समेत गराई पाउँ भन्ने फिराद दावी । ३.जेठीतर्फका छोरा र कान्छीतर्फका ४ छोरालाई अंश छुट्याई दिएको बण्डापत्रमा मेरो नामसम्म उल्लेख छैन लोग्ने रामलखन म सुगियासंग साथमा छौं भाइ बद्रीप्रसादको अंश अपुताली पिता रामलखनले भोगी आएको भन्ने कुरा झुठ्ठा हो । ४.अपुतालीको १२ नं. मा कुनै भाइले अंश लिई बसेकोमा अपुताली पर्न आएमा विमातृ पट्टीकाले पाउँदैन संग साथमा बसेकाले पाउँछ भन्ने व्यवस्था छ । म सुगिया स्वास्नी छँदै भिन्न बसेका सौतेनी छोराले अपुताली पाउने प्रश्न उत्पन्न हुन सक्दैन मर्ने बद्र्री र रामलखनको अपुताली समेत मेरै हक हुनुपर्छ भन्ने समेत प्रतिउत्तर–पत्र जिकिर । ५.बद्रीप्रसादको अपुताली सम्बन्धमा अपुतालीको २० नं. को हदम्यादभित्र कायम गरेर आएको देखिँदैन । साथै अपुतालीको १२ नं. अन्तर्गत पनि वादी आउँन पाउने न