निर्णय नं. ३३५४ - हाड नाता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३३५४ - हाड नाता भाग: ३० साल: २०४५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४४/१२/१४ ४४७५ निर्णय नं. ३३५४ ने.का.प. २०४५ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४३ सालको फौ.पु.नं. ५५८ फैसला भएको मिति : २०४४।१२।१४।१ मा पुनरावेक/प्रतिवादी : जि. म्याग्दी ताकुम गा पं. वडा नं. ३ बस्ने सोमनाथ उपाध्याय विरुद्ध विपक्षी/वादी : ऐ.ऐ. वडा नं. ३ बस्ने तारापती उपाध्याय मुद्दा : हाड नाता (१) करणी जस्तो आरोपमा पञ्चायत जस्तो समाजका अगाडि करणीमा सावित भई गरेको काजगलाई मुख्य कारणी पुनरावेदकहरूले नै हामीहरूका मन्जूरी अथवा जानकारी बाहिर भएको हो भन्ने ठोस तथ्ययुक्त प्रमाण दिन सकेको छैन, यस्तो स्थितिमा निजहरूका बयान साविती कागज समेतका आधार प्रमाण समेतबाट हाडनाता करणी गरेको ठहर्‍याएको इन्साफ मनासिव ठहर्ने । (प्रकरण नं. १७) पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री मुक्तिनारायण प्रधान फैसला न्या.सुरेन्द्रप्रसाद सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालतका मिति २०४२।९।१७ को फैसला उपर उल्लिखित प्रतिवादीहरूको पुनरावेदनको अनुमति पाउँ भनी यस अदालतमा पर्न आएको निवेदनपत्रमा पुनरावेदनको अनुमति प्रदान भई यस इजलास समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको विवरण संक्षेपमा निम्नानुसार छ । २.दुइजना श्रीमतीमा मेल नभएकोले म जेठी श्रीमतीसंग ताकुम गा.पं. वडा नं. ३ मा बसी विपक्षी मध्येकी गंगादेवीलाई वडा नं. ४ मा राखी आएको २०३६।१२।२३ का राती गंगादेवी बस्ने घरभित्र पसी मूल ओछ्यानमा नै विपक्षी सोमनाथले र गंगादेवीले करणी लिनु दिनु गरी हाडनातामा बिग्रेको ऐ. २४ गते गंगादेवीले धनमाल लिई भागेकी हुँदा हुलाक मार्फत दर्खास्त दिएको । २०३७।३।१२ मा वडा सभा गर्दा विपक्षीहरूले साविती कागज गरिदिएका । मूल पुरुष शशिधरका ५ भाइ छोरामा जेठा रेशमलाल, माहिला धनपती, साहिंला श्रीकान्त, काहिंला टिकाराम, कान्छा नन्दलाल भई, जेठा रेशमीलालको छोरा दयारामको छोरा विपक्षी सोमनाथ र साहिंला श्रीकान्तको छोरा म तारापति भएको हुँदा विपक्षी सोमनाथले कान्छी आमालाई करणी गरेको र गंगादेवीले जेठाजूको छोरासंग करणी गराएकीले हाडनाता करणीको ३ नं. बमोजिम हदैसम्म सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको तारापति उपाध्ययको फेरादपत्र । ३.म बस्ने घरको वरपर घनाबस्ती भएको १६ वर्ष, १३ वर्ष र ६ वर्षका ३ छोरा घरमै भएको हुँदा उमेर पुगेका छोराहरूको सामु परपुरुषसंग मूल ओछ्यानमै करणी लिनुदिनु गर्ने प्रश्नै आउँदैन । ४२ वर्षको माहिला छोरा नाताको व्यक्तिसंग बिग्रने अवस्थै आउँदैन । अंश मागी भन्ने रिसले झुठ्ठा नालिश दिएका हुन् । मेरो चरित्रमा धक्का पुर्‍याएकोमा बेइज्जती तर्फ छुट्टै नालेश गर्नेछु । मैले कुनै साविती कागज गरेकी छैन । झुक्याई कुनै कागज गराएको भए अ.बं. ७८ नं. बमोजिम नामाकरण गर्नेछु भन्ने समेत व्यहोराको प्र.गंगादेवी उपाध्यायको प्रतिउत्तरपत्र । ४.घरमा २२ वर्षकी रुपवती श्रीमती छँदा छँदै आमा नाता पर्ने गंगादेवीसंग करणीमा बिग्रने कुरै आउँदैन । करणीमा बिग्रे भन्ने दिन रात म गाउँमा छैन । ३ दिन अगाडि नै नुन तेल समेत लिनको लागि घरबाट हिंडी २३ गते पुतलीखेत पुगी ३० गते साँझ मात्र घरमा पुगेको थिए । विपक्षी बाबुका पालामा अपुताली तेरो मेरो सम्बन्धमा मुद्दा परेका इवीदार भएका र मलाई खतम गर्ने भनी हाँक समेत दिएका हुँदा झुठ्ठा नालिश दिएका हुन् भन्ने समेत व्यहोराको प्र.सोमनाथ उपाध्यायको प्रतिउत्तरपत्र । ५.२०३७ सालमा गाउँमा अनिकाल