निर्णय नं. ७६३९ - निषेधाज्ञा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७६३९ - निषेधाज्ञा भाग: ४८ साल: २०६३ महिना: बैशाख अंक: १ फैसला मिति :२०६३/०१/०६ २७९६ निर्णय नं.७६३९ ने.का.प.२०६३ अङ्क १ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामनगिना सिंह माननीय न्यायाधीश श्री परमानन्द झा सम्वत २०६२ सालको फौ.पु.नं. ३४७६ फैसला मितिः २०६३।१।६।४ मुद्दाः– निषेधाज्ञा । पुनरावेदिका / प्रतिवादीः जिल्ला तनहुँ भिमाद गा. वि.स. वडा न. ६ घर भै सशस्त्र प्रहरी वल सिद्धकाली गण पकली दरवन्दीमा खटिई हाल जिल्ला प्रशासन कार्यालय कारागार शाखा डिल्लीवजारमा थुनामा रहेको सशस्त्र प्रहरी सहायक हवल्दार तिलवहादुर कुमाल विरुद्ध प्रत्यर्थी / विपक्षीः सशस्त्र प्रहरी वल प्रधान कार्यालय कार्य विभाग समेतको जाहेरीले श्री ५ को सरकार § सशस्त्र प्रहरी वलको गठन र सञ्चालनसम्वन्धी व्यवस्था गर्न वनेको ऐन सशस्त्र प्रहरी ऐन, २०५८ को प्रस्तावनामा नै नेपाल अधिराज्यमा शान्ति र सुव्यवस्था कायम गरी जनताको जीउ धन र स्वतन्त्रताको संरक्षण गर्नको लागी सशस्त्र प्रहरी वलको गठन र संचालन भएको भन्ने देखिन्छ । उल्लेखित प्रस्तावनाको उद्देश्य कायम राख्नको लागी गठन भएको प्रहरी वलका वहालवाला सहायक हवल्दार यी प्रतिवादीले आफ्नो पदीय हैसियतले कर्तव्य पालन गर्दाको अवस्थामा आफ्नो जिम्मा रहने आँफैले वोकेको राइफल दुरुपयोग गरेको होइन भन्न नमिल्ने । (प्रकरण नं.१९) § प्रतिवादीले आत्महत्याको प्रयास स्वरुप आँफैलाई गोली प्रहार गरेपनि हतियार सहिरुपमा प्रयोग भएको अवस्था नहुँदा जे जुन कारण र प्रयोजनको लागी हातहतियारको प्रयोग गरेपनि र सो गरेको प्रयोगको परिणाम जे आए पनि प्रतिवादीले राइफलले गोली चलाएको कार्यलाई पदीय दुरुपयोग मान्नुपर्ने । (प्रकरण नं.२०) पुनरावेदिका प्रतिवादी तर्फवाटः विद्धान अधिवक्ताहरु श्री वद्रीवहादुर कार्की, श्री रविनारायण खनाल र श्री शान्ती देवी खनाल प्रत्यर्थी विपक्षी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री व्रजेश प्याकुरेल अवलम्विन नजीरः फैसला न्या.परमानन्द झाः पुनरावेदन अदालत पाटनको मिति २०६२।१।१५ को फैसला मुद्दा दोहोर्याई हेरिपाउँ भनि परेको प्रतिवादीको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क)को आधारमा मुद्दा दोहोर्याई हेर्ने भन्ने यस अदालतको मिति २०६२।९।८ को आदेशानुसार पुनरावेदन दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा ठहर यसप्रकार छ :- २. सशस्त्र प्रहरी वल सिद्धकाली गण पकली दरवन्दी भै सशस्त्र प्रहरी वल वेश क्याम्प लुक्लामा कार्यरगत आई. डि.नं. ११८५६ को स.प्र.स.ह. तिलवहादुर कुमालले मिति २०६१।३।५ गते २.०० वजेको समयमा डयुटीमा वसी रहेको अवस्थामा आफ्नो जिम्मामा रहेको हात हतियारको दुरुपयोग गरी आफुसंग रहेको हतियारले आँफैलाई हानी आत्महत्या गर्न खोजेको घटनाको सम्वन्धमा निज घाइते स.प्र.स.ह. हाल सशस्त्र प्रहरी वल अस्पतालमा उपचारार्थ राखीएको हुँदा उक्त घटनाको वारेमा यथार्थ विवरण वुझी पेश गर्न हुन भन्ने समेत व्यहोराको सशस्त्र प्रहरी वल प्रधान कार्यालय कार्य विभागले च.नं २८६३ मिति २०६१।३।१० को का.मु.स.प्र.ना.अ. गणेशवहादुर सग्रोलालाई लेखेको पत्र । ३. मिति २०६१।३।५गते स.प्र.वल वेश क्याम्प लुक्लामा डयुटीमा रहेको अवस्थामा आफ्नो घरको आर्थिक अवस्था कमजोर भएको र लामो समय देखि घरमा जान नपाएको कारण मानसिक चिन्तले गर्दा आफुसंग रहेको एस.एल.आर राईफल वाट आफुलाई हानी आत्महत्या गर्न खोजेको हुँ । मलाई कोही कसैले गालीहानी घाइते वनाएको होइन भन्ने समेत व्यहोराको प्रतिवाद स.प्र.स.ह.तिलवहादुर कुम