निर्णय नं. ७०८७ - वकसपत्र वदर ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७०८७ - वकसपत्र वदर । भाग: ४४ साल: २०५९ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५८/०५/१४ १०६५३ निर्णय नं.७०८७ ने.का.प.२०५९ अङ्क ५/६ पूर्ण इजलास सम्माननीय प्रधानन्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री कृष्णकूमार वर्मा माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा माननीय न्यायाधीश श्री टोपबहादूर सिंह माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री रामनगिना सिंह माननीय न्यायाधीश श्री सूशीला सिंह सिलू संवत् २०५४ सालको दे.पु.इ.नं. .. १२६ फैसला मितिः २०५८।५।१४।५ मुद्दा: वकसपत्र वदर । पुनरावेदक प्रतिवादीः राप्ती अंचल, दाङ देउखुरी जिल्ला नारायणपुर गा.वि.स. वडा न. ११ वस्ने मिनवहादुर वस्नेत विरुद्व प्रत्यर्थी वादीः राप्ती अंचल, दाङ देउखुरी जिल्ला त्रिभुवन न.पा. वडा ११ घोराही वजार वस्ने वेदकुमारी वस्नेत समेत § हक छाडि दिन सकिने व्यवस्था मुलुकी ऐनले विभिन्न महलमा विभिन्न अवस्थामा गरेको र तत् तत् महलमा नालिस गर्ने हदम्यादको समेत छुट्टाछुट्टै व्यवस्था गरेको हुनाले हक छोडि दिएकै अवस्था भएपनि सवै प्रकृतिको हक हस्तान्तरणमा नालिस गर्ने हदम्याद सम्वन्धमा लेनदेन व्यवहारकै १० नं. नै आकर्षित हुन्छ भन्ने अनुमान गर्न कानूनसंगत नहुने । § विधायिकाद्वारा नै अलग अलग अवस्था र तथ्यका लागि अलग अलग रुपमा गरिएको कानूनी व्यवस्थालाई त्यही रुपमा हेर्नु पर्ने हुंदा आफूलाई सजिलो पर्ने किसिमले स्पष्ट रुपमा भइरहेको व्यवस्थालाई अनदेखा गरी जवरजस्ति व्याख्या गर्नु न्यायोचित नहुने । § बकस पत्र वदर सम्वन्धी विवादमा दान बकसको ५ नं. कै हदम्याद पक्डी फिराद परेको देखिएकाले लेनदने वयवहारको १० नं. कै हदम्याद लागू हुने भन्ने विद्वान कानून व्यवसायीको वहससंग सहमत हुन नसकिने । (प्र.नं. १८) § वण्डा गर्नुपर्ने प्रकृतिको सम्पत्तिको प्रकृति कस्तो हुने र आफूखुश गर्न पाउने सम्पत्ति कुन प्रकृति र स्वरुपको हुने हो भन्ने सम्बन्धमा मुलुकी ऐन अंशवण्डाको महलको १८ र १९ नं. को व्यवस्थालाई नै अध्ययन गर्नुपर्ने । (प्र.नं. २०) § अंशवण्डाको विवाद नभएकोले १८ न. मा व्यक्त सगोलको सम्पत्ति र निजी आर्जनको प्रकृतिका सम्पत्ति के हो भन्ने सम्वन्धमा विवेचना हुन नपर्ने र प्रमाण ऐन, २०३१ का दफा ६ (क) ले सगोलको अनुमान गर्नुपर्ने भन्ने व्यवस्थाका सम्वन्धमा प्रस्तुत मुद्दामा बकस पत्रको लिखत वदरको विवाद भएको अवस्था हुँदा पनि हेर्नुपर्ने भन्ने भनाईसंग सहमत हुन नसकिने । § दान बकसको १ नं. मा प्रयुक्त आफ्नो हक पुग्ने सम्पत्ति दान वा बकस गरी दिन हुन्छ । आफ्नो खुस गर्न पाउने बाहेक अंशियार र हक हुनेहरुको मन्जुरीको लिखत नलिई वा साक्षी नराखी दान बकस गरी दिन हुँदैन भन्ने शव्दावलीले अंशवण्डाको महलको १८ नं. ले वण्डा गर्न कर नलाग्ने र १९ नं. को देहाय २ ले आफ्नो पालामा आर्जित संपत्ति आफूखुस गर्न पाउने नै देखिने । § विवादित सम्पत्ति प्रतिवादी तेजवहादुर वस्नेतको आफूखुस गर्न पाउने सम्पत्ति रहे भएको पाइएकोले पुनरावेदक प्रतिवादीलाई बकसपत्र गरिदिंदा वादीहरुको मंजूरी लिईरहनु पर्ने अवस्था नहुँदा सो लिखत सदर गर्नु पर्नेमा दावी बमोजिम लिखत वदर हुने ठहर्‍याएको शुरु दाङ देउखुरी जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत नेपालगन्जको फैसला मिलेको नदेखिंदा उल्टी हुने । (प्र.नं.२२ देखि २४) पुनरावेदक प्रतिवादी तर्फबाटः विव्दान अधिवक्ता श्री वालकृष्ण न्यौपाने प्रत्यर्थी वादी तर्फबाटः विव्दान अधिवक्ता श्री शम्भु थापा अवलम्वित नजिरः फैसला