निर्णय नं. ३३५५ - जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३३५५ - जालसाजी भाग: ३० साल: २०४५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४४/१२/०१ ३२२३ निर्णय नं. ३३५५ ने.का.प. २०४५ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४२ सालको फौ.पु.नं. ४०३, ३३९ फैसला भएको मिति : २०४४।१२।१।२ मा पुनरावेदक/वादी : का.न.पं. वार्ड नं. १५ बिजेश्वरी धमलोह बस्ने कृष्णराज पन्त विरुद्ध विपक्षी/प्रतिवादी : का.न.पं. वार्ड नं. १८ रक्तकाली बस्ने पियुषराज पाण्डेसमेत पुनरावेदक : ऐ.का.जि.का.न.पं. वार्ड नं. १८ रक्तकाली पियुषराज पाण्डेसमेत विरुद्ध विपक्षीवादी : ऐ.का.न.पं. वार्ड नं. १५ बिजेश्वरी धिमेलोह बस्ने कृष्णराज पन्त मुद्दा : जालसाजी (१) जालसाजी गरेको भन्ने कुरा सो जालसाजीको उद्देश्य पूरा हुने भएपछि मात्र प्रकाशमा आउँने हुँदा प्रकाशमा आउँनु बेगर अर्को सम्बन्धित पक्षले थाहा पाउँन नसक्ने हुँदा प्रकाशमा आएपछि मात्र थाहा पाउने भएको हुनाले सो थाहा पाएकै मितिलाई काम भए गरेको मिति मानी त्यसबाट म्याद कायम गर्नु पर्ने । (प्रकरण नं. १९) (२) हक बेहकको स्थिति समेत प्रष्ट देखिन आएबाट दावीको घरमा हक बेहक पर्न आएकोले सो घरमा कानून बमोजिम हक स्थापित हुनुबेगर दावीको लिखतबाट हक हनन् भएको छ छैन भन्ने तर्फ विचार गर्न मिल्ने देखिन नआउँने । (प्रकरण नं. २०) (३) फौज्दारी मुद्दाबाट फौज्दारी उठ्न आएमा उठाई इन्साफ दिन यी दुबै ७२ नं. तथा ८० नं.ले बाधा पुर्‍याएको नदेखिने, अ.बं. ७२ नं. को मनसाय देवानी तथा फौज्दारी मुद्दाको छुट्टा छुट्टै फिराद लिई इन्साफ गर्नुपर्छ भन्ने मात्र हो अ.बं. ७८ नं. को प्रकृया अपनाई फौज्दारीबाट उठेको फौज्दारी मुद्दा किनारा गर्न नहुने उक्त अ.बं. ७२ नं. को मनसाय होइन तसर्थ फौज्दारी मुद्दाबाट फौज्दारी मुद्दा उठ्न आएमा अ.बं. ७२ नं. ले सोही मुद्दाबाट दुबै कुरामा इन्साफ दिन मिल्ने । (प्रकरण नं. २१) पुनरावेदक, वादीतर्फबाट : विद्वान व.अधिवक्ता श्री रतनलाल कनौडिया विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल पुनरावेदक, प्रतिवादीतर्फबाट : विद्वान व. अधिवक्ता श्री कृष्णप्रसाद पन्त र विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी उल्लिखित मुद्दा : सम्वत् ०२२ सालको देवानी पु.नं. १९७९ नि.नं. ८१४ ने.का.प. ०३१ पृष्ठ ९५ निवेदक मानबहादुर लिम्बु समेत विपक्षी गजलाल लिम्बु भएको लेनदेन जालसाजी मुद्दामा सिद्धान्त प्रतिपादित फैसला न्या.बब्बरप्रसाद सिंह : म.क्षे.अ.को मिति २०४२।२।१८।६ को फैसला उपर चित्त नबुझी वादी तथा प्रतिवादी दुबै पक्षको पुनरावेदनको अनुमतिको लागि पर्न आएको निवेदनमा अनुमति प्राप्त भई इजालस समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ । २.विपक्षी पियूषराजका बाजे गूरुराज पण्डित श्री हेरम्बराज पण्डितज्यूबाट आफ्नी कान्छी छोरी लोककुमारी कान्छी मैंया पन्तलाई पोखल्ड्याडको घर मध्ये पश्चिम लङको २२ हात र उत्तर लङको २८ हात गरी जम्मा हात ५० को घर र सो घरले चर्चेको चोक समेत पेवा गरी बक्सायौनी तिम्रा सन्तान दर सन्तानले सुखपूर्वक आफ्नो जान भोग गर भनी आफ्ना भाइ हेमराज समेतलाई साक्षी १९६९।१।२ गते बकसपत्र लिखत गरी दिई बक्सेको र लोककुमारी कान्छी मैंया पन्तबाट म कृष्णराज छोरा १ जन्म भएको र मुमा लोककुमारी कान्छी मैंया पन्त १९७४ साल श्रावणमा परलोक होइबक्सेपछि सो बक्सपत्रमा उल्लिखित घरमा मेरो हक हुनआएको विपक्षी पियूषराजका स्वास्नी छोरा विपक्षीहरूले २०२९।८।१५ पास गराई बकसपत्र लिएको