निर्णय नं. ३३५६ - खिचोला निर्णय दर्ता बदर हक कायम समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३३५६ - खिचोला निर्णय दर्ता बदर हक कायम समेत भाग: ३० साल: २०४५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४४/१२/२८ २३४० निर्णय नं. ३३५६ ने.का.प. २०४५ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४२ सालको दे.पु.नं. ६९८ वि.वि.नं. ७३ फैसला भएको मिति : २०४४।१२।२८।१ मा पुनरावेदक, निवेदक, प्रतिवादी : का.न.पं. वडा नं. ३२ डिल्लीबजार बस्ने ग्वारा मुनीकारसमेत विरुद्ध विपक्षी, वादी : ऐ. घट्टेकुलो बस्ने रमादेवी घिमिरे मुद्दा : खिचोला निर्णय दर्ता बदर हक कायम समेत (१) अधिकार क्षेत्र शुन्य स्तिथिमा रहेको नहुने । (प्रकरण नं. १६) (२) क्षेत्राधिकार नतोकिएको स्थितिमा शुरु जि.अ. ले आफ्नो इलाकाभित्रको मुद्दा मामिलाको शुरु कारवाही किनारा गर्ने अधिकार देखिने । (प्रकरण नं. १६) (३) विभिन्न ठाउँहरूमा टाँस भई भनी विभिन्न ठाउँ उल्लेख गरी सही समेत भएको स्थितिमा विभिन्न ठाउँमा म्याद टाँस नै भएन भन्ने स्थिति देखिन नआउँने । (प्रकरण नं. १७) (४) सनदद्वारा अधिकार प्रदान भई सोही बमोजिम म्याद टाँस भइरहेको स्थितिमा अ.बं. ११० नं. बमोजिम म्याद तामेल हुनु पर्ने भन्ने स्थिति रहन नआउँने । (प्रकरण नं. १७) (५) पहिले आफैंले दर्खास्त दिई म्याद पुर्जी टाँसलाई स्वीकार गरेको स्थितिमा अहिले आई बेरितपूर्वक म्याद टाँस भएको भन्ने बिवन्धनको सिद्धान्तले मिल्न आउँने नदेखिने । (प्रकरण नं. १७) पुनरावेदक, प्रतिवादीतर्फबाटः विद्वान व.अ.हरु श्री लक्ष्मणप्रसाद अर्याल र श्री कृष्णप्रसाद पन्त विपक्षी, वादीतर्फबाट : विद्वान व.अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विद्वान अधिवक्ता श्री प्रकाश वस्ती प.भं.तहविल का.तर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुंगाना उल्लिखित मुद्दा : पशुपतिनाथ अमालकोट संलग्न रहेको निवेदन निज अमालकोट विपक्षी गोपकुमारी मरी मु.स.गर्ने वटुक संशेर थापा समेत भएको नापी दर्ता बदर खिचोला मेटाई पाउँ भन्ने मुद्दामा उक्त अमालकोट उपर शुरु जि.अ. बाट नालिश दायर भई यस अदालत पूर्णइजलास समेतबाट २०४४३१५ मा निर्णय भएको देखिने डिभिजनबेन्चबाट सम्वत् २०३४ सालको नि.नं. ६९४ निवेदक मूल पुजारी रावल पद्यनाथ शास्त्री भट्टजी विरुद्ध पद्यलक्ष्मी राजभण्डारी भएको वहाली पुर्जी सदर गरिपाउँ भन्ने मुद्दामा बाली नबुझाउने मोहीलाई पजनी गर्न सकिने भन्ने समेत मिति ०३४१०१० मा सिद्धान्त कायम भएको फैसला न्या.बब्बरप्रसाद सिंह : म.क्षे.अ. को फैसला उपर पुनरावेदनको अनुमति पाउँ भन्ने प्र.ग्वारमुनीको निवेदनमा अनुमति प्रदान भएको र पशुपति भण्डार तहविलको निवेदनमा इन्साफ जाँच गरिदिनु भन्ने वक्स भएको हुकूम प्रमाङ्गी बमोजिम दर्ता हुनआएको समेत प्रस्तुत मुद्दाको संक्षित तथ्य निम्न प्रकार छ । २.श्री पशुपतिनाथको मूल पुजाहारीका खान्गीमा दरियाको पशुपति भण्डार तहविलमा दर्ता भएको उक्त तहविल भण्डारमा सालको धानमुरी १०।१० घ्यू खाने रु.१।– समेत तिर्नु पर्ने मांगडोल भन्ने खेत रोपनी ८–०–० को मोही का.जि. भगवान बहाल बस्ने श्रीमती कृष्णलक्ष्मी श्रेष्ठ हुनुहुन्थ्यो । उक्त जग्गा मध्ये हाल नापिबाट कि.नं.४०७ कायम भएको ज.रो. ५–१२–२–३ जग्गा मैले कृष्णलक्ष्मीबाट मिति २०३६।९।१२ मा काठमाडौं मालपोत कार्यालयबाट हालै देखि बकसपत्र गरी हकभोग गरी आई यस जग्गाको विपक्षी पशुपतिनाथका भण्डार तहविल कार्यालयमा दाखेल खारेज गराउन र २०३६ सालको बाली तिर्न पटक पटक जाँदा दाखिल खारेज पनि भएन र बाली पनि सर्वोच्च अदालतमा परेको रिट टुंगो