निर्णय नं. ३३५७ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३३५७ - उत्प्रेषण भाग: ३० साल: २०४५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४४/०१/०६ १९८० निर्णय नं. ३३५७ ने.का.प. २०४५ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४३ सालको रिट नं. २१०८ आदेश भएको मिति : २०४४।१।६।२ मा निवेदक : का.जि.शेषनारायण गा.पं.वा.नं. ५ बस्ने मुसलमान (घले) तामाङ विरुद्ध विपक्षी : प्रधानपञ्च, शेषनारायण गा.पं. कार्यालय फर्पिङ प्रहरी थानासमेत विषय : उत्प्रेषण (१) अंशबण्डा गर्ने कुरामा मिलापत्र गरेको भन्ने देखिँदा प्रस्तुत विषय गा.पं. ऐन, ०१८ को दफा ४१ अनुसार पञ्चायतले हेर्न पाउने अधिकार भित्रको मुद्दा देखिन नआउँने । (प्रकरण नं. १२) (२) कानुनी रीत बमोजिम नभएको कागजले कानुनी मान्यता प्राप्त गर्न नसक्ने । (प्रकरण नं. १४) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री नुतन थपलिया प्रत्यर्थीतर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा विद्वान अधिवक्ता श्री शिवभक्त प्रधानाङ्ग आदेश न्या.बब्बरप्रसाद सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुनआएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर निम्न प्रकार छ । २.म निवेदकको पिता कुप्पा तामाङको एक मात्र श्रीमती म निवेदकको आमा हरि (घले) तामाङको गर्भबाट श्याम तामाङ र म निवेदक २ जनाको मात्र जायजन्म भएको र श्याम विवाह नहुँदै परोलक भएकोले म निवेदक एक मात्र छोरा हुँ । पिता कुप्पा तामाङ र आमाको समेत परलोक भइसकेको छ । यसरी पिता माताको समेत परलोक भएपछि म निवेदकको कुनै नाता समेत नपर्ने विपक्षी मंगलमान सिंह तामाङबाट म निवेदकको पिता कुटपा तामाङबाट जन्मेको छोरा हो भन्ने लेखाई अंशबण्डा गरी गर्न लगाई पाउँ भन्ने गैरकानुनी निवेदन लिई सोही गैरकानुनी निवेदनको आधारमा विपक्षी गा.पं. कार्यालयले विपक्षी मध्येको प्रहरी थाना मार्फत मलाई झिकाई विपक्षी मंगल सिंह तामाङलाई अंश दिने लिने गरी कागज गर भनी प्रधानपञ्चले भन्दा इन्कार गरेको हुँदा प्रधानपञ्चले कुटेपछि ठीक हुन्छ भनी म निवेदकलाई डर धाक त्रास देखाई षडयन्त्रपूर्वक कपटपूर्ण भावनाबाट प्रेरित भई क्षेत्राधिकार समेत नभएको पञ्चायतमा मेरो नाता समेत नपर्ने व्यक्तिलाई ०३९।९।१२ मा अंश दिन्छु भन्ने समेतको कागज गराएकोले अधिकार नभएको अड्डाले गरे गराएको कागज अ.बं. ३५ नं. ले बदर हुने प्रष्टै छ । नेपालको संविधानको धारा १०, ११, ११(२)(ङ) धारा १५ द्वारा प्रदत्त हकबाट वञ्चित हुने गरी अधिकार नभएको गा.पं.का.ले मिति ०४३।९।१२ मा गराएको कागज बदर गरिपाउँ भन्ने निवेदन । ३.यसमा के कसो भएको हो निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियमबमोजिम पेश गर्नु भन्ने यसै अदालतको एक न्यायाधीशको इजलासबाट भएको आदेश । ४.कुनै पनि मुद्दा मिलापत्र भइसकेपछि मिलापत्रमा चित्त बुझेन भन्ने उजूरी अ.बं. १८२ नं. ले लाग्न नसक्ने कानुनी व्यवस्थाछ । गा.पं ले दिएको निर्णयमा चित्तनबुझ्ने व्यक्तिले जि.पं.मा उजूर वा पुनरावेदन गर्ने कानुनी व्यवस्था छ । ०४३।९।१२ का दिन मिलापत्र गराई पाउँ भन्ने संयुक्त निवेदन परेको छ । ५.निवेदन बदर गराई पाउँ भन्ने रिट निवेदनमा प्रष्ट छैन । निवेदन बदर नभई मिलापत्र बदर हुने अवस्था आउँदैन । संयुक्त रुपमा दुबैले राजीखुशीले निवेदन दिई मिलापत्र गरेकोलाई विपक्षीले हाल आई झुठ्ठाकुरा लेखीदिएको रिट खारेज गरिपाउँ भन्नेसमेत मंगल सिंधोले तामाङको लिखितजवाफ । ६.बाबु कृष्ण तामाङ २०