निर्णय नं. ३३५८ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३३५८ - उत्प्रेषण भाग: ३० साल: २०४५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४५/०१/१४ २१६४ निर्णय नं. ३३५८ ने.का.प. २०४५ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४३ सालको रिट नं. २२१२ आदेश भएको मिति : २०४५।१।१४।३ मा निवेदक : गौरव इन्टरनेशनल प्रा.लि.को तर्फबाट सञ्चालक सुरजमल भगत विरुद्ध प्रत्यर्थी : श्री भन्सार कार्यालय वीरगञ्जसमेत विषय : उत्प्रेषण (१) भन्सार ऐन, ०१९ को दफा १३(१) लाग्ने अवस्था बाहेकको अवस्थामा दफा ३४(३) बमोजिम फरक पारी लेखी दिएको प्रमाण पुगी कारण समेत खुलाई ठहर भएको अवस्थामा मात्र दफा ३४(३) लागू हुने । (प्रकरण नं. १४) (२) ३ दोब्बर गरी बिक्री कर लिएको त्यस्को आधार प्रज्ञापनपत्र र विपक्षी कार्यालयहरूको लिखितजवाफबाट समेत देखिन नआई हचुवा किसिमले लिएको देखिन्छ, त्यसरी तीन दोब्बर गरी बिक्री कर दिएको कानून अनुरुप लिएको भन्न मिल्ने देखिन नआउँने । (प्रकरण नं. १५) रिट निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शुशिलकुमार सिन्हा प्रत्यर्थीतर्फबाट : विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट आदेश न्या.बब्बरप्रसाद सिंह : नेपालको संविधान २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार छ । २.यस फर्मले आयात इजाजतपत्र प्राप्त गरेको आधारमा पि.भी.सी.स्पन्जफलोरिंग (लकी व्राण्ड) यु.एस. डलर प्रति मिटर २.५६ को दरले ३६०० मिटर र पि.भी.सी.फलोर कंमरिंग (गोल्डेन वेल) यु.एस. डलर प्रतिमिटर १.५० को दरले १२,००० मिटरको सामान कोरियाबाट झिकाएको उक्त सामानहरू वीरगञ्ज भन्सारमा आई पुग्दा कानून बमोजिम प्रज्ञापनपत्र लिई भन्सार ऐन, २०१९ को दफा १३(१) बमोजिम भन्सार महसूल प्रयोजनको लागी मूल्यांकन गरी भन्सार निर्धारणको लागी मिति २०३९।११।२४ मा इन्भ्वाईस बमोजिमको मालको वास्तविक मूल्य र भाडा भरौट समेत खुलाई प्रज्ञापनपत्र भरी भन्सार कार्यालयमा पेश गरेको । ३.पि.भी.सी.स्पन्ज फलोरिंग (लकी व्राण्ड) को इन्भ्वाईस मूल्य प्रति मिटर यु.एस. डलर २.५६ लाई मूल्यांकन दर कायमै गरी पि.भी.सी फलोर कंमरिंग (गोल्डेनवेल) को इन्भ्वाईस मूल्य प्रतिमिटर यु. एस. डलर १.५० लाई नमानी प्र.मि.१.६५ डलर मूल्यनिर्धारण गरियो । प्रज्ञापनपत्र भरेको मिति २०३९। ११।२४ मा उक्त सामानको मूल्य १.५० मात्र थियो । भन्सार कार्यालयले कुनै कारण नदेखाई भन्सार विभागको पत्रानुसार भनी १.६५ डलर मूल्यांकन भयो । भन्सार ऐन, २०१९ को दफा १३(१) अनुसार बिल मूल्य र निर्धारित मूल्य मध्ये जुन बढी मूल्य हुन्छ सोही मूल्यमा भन्सार महसूल लाग्नु पर्ने कानुनी व्यवस्थाको बिपरीत आफैंले १५ सेन्ट मूल्य बढाई भन्सार कायम गरेकोबाट इन्भ्वाईस मूल्य र निर्धारित मूल्यांकन मूल्यले हुनआएको फरक मूल्य रु.५२,०५६ मा कुनै कारण नदेखाई दोहोरो भन्सारमहसूल रु. ७०,८२२।४० र जरिवाना रु.१५१।– समेत निर्धारण गरेको ऐनको दफा १३(१) को प्रतिकूल हुनुको साथै त्यस्तो जरिवाना र बढी भन्सार बापत सजायँ कायम गर्दा कारण देखाई सफाईको मौका समेत दिइएन । ४.बिक्री कर प्रयोजनको लागि भन्सार प्रज्ञापन पत्रमा मूल्यनिर्धारण गर्ने तोकिएको विधिमा मालको मोल भन्सार महसूल भाडा भरोट जोडी त्यसमा मुनाफाको अंक समेत हिसाब गरी कूल मूल्यको अंकमा बिक्री कर निर्धारण गर्नु पर्नेमा सो नगरी कार्यालयले भन्सार प्रयोजनको लागि कायम गरेको बढी मूल्यलाई ३ दोब्बर गरी रु.१३,८३,१०९।२० मा हचुवा तरिकाले एकमुष