निर्णय नं. ३३५९ - नाता कायम गरी न्वारान गराई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३३५९ - नाता कायम गरी न्वारान गराई पाउँ भाग: ३० साल: २०४५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४५/०१/०५ २४०१ निर्णय नं. ३३५९ ने.का.प. २०४५ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४३ सालको फौ.पु.नं. ३८४ फैसला भएको मिति : २०४५।१।५।१ मा पुनरावेदक, प्रतिवादी : जि. रामेछाप गा.पं. दौरम्वा वा. नं. २ बस्ने वाङगेल मोक्तान विरुद्ध विपक्षी, वादी : जि. रामेछाप गा.पं. दौरम्वा वा.नं. २ बस्ने ज्ञानु तामाङनी मुद्दा : नाता कायम गरी न्वारान गराई पाउँ (१) अस्पतालमा भर्ना भएको र त्यहाँबाट उपचार गराएको प्रमाणको अभावमा व्यक्तिगत रुपमा कुनै चिकित्सकले गरिदिएको उपचार सम्बन्धी प्रमाण र औषधी किनेको भनेको बिललाई मात्र अकाट्य ठोस प्रमाणको रुपमा ग्राहृय गर्न नमिल्ने । (प्रकरण नं. ११) (२) व्यक्तिगत रुपमा कुनै चिकित्सकले गरिदिएको प्रमाणपत्र र औषधी कीनेको बिल त्यस्तो अवस्थामा मुद्दामा प्रमाणको रुपमा ग्राहृय हुनसक्छ जब प्रतिवादीको जिकिर अन्य ठोस प्रमाणहरूद्वारा पनि पुष्टी भएको हुन्छ । (प्रकरण नं. ११) (३) कुनै पनि अविवाहित स्वास्नी मानिसले कुनै पुरुषले करणी गरेको र गर्भ रहेको कुरा झुठ्ठा रुपमा भन्ने र दावी गर्नु हाम्रो समाज र संस्कारमा प्राय सम्भव नहुने । (प्रकरण नं. ११) पुनरावेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी फैसला न्या.पृथ्वीबहादुर सिंह : म.क्षे.अ. को फैसला उपर पुनरावेदन गर्ने अनुमति प्रदान भई पेश हुनआएको प्रस्तुत मुद्दाको व्यहोरा संक्षेपमा यसप्रकार रहेछ । २.म २०४१ साल जेष्ठ ५ गते अन्दाजी ९ बजेको समयमा दौरम्वा गा.पं. वार्ड नं. २ मा पर्ने बाबाको क्षेती खोलाको बारीमा वर्षे गोठ हुँदा घाँस काट्न गएका बखत विपक्षले मलाई तिमी र म लोग्ने स्वास्नी हुन पर्छ भन्दा हामी दुबै विवाह नभएका हुँदा गोठमै खुसिबाटै करणी लिनु दिनु भएको र त्यसपछि जहाँ जुन ठाउँमा एकान्त पर्छ सोही ठाउँमा करणी लिने दिने भयो । छर छिमेक र आमा बाबुले समेत गर्भ रहेको थाहा पाई खार खेर गरेकाले विपक्षकै सहवासबाट मेरो गर्भ रहेको भनी मैले भनेपछि विपक्षलाई बाबु जितबहादुरले झिकाउँदा नआई अन्यत्र गई बसेकाले २०४१।१०।१५ गते विपक्षीको बाबु लालबहादुरकहाँ गई तपाईको छोरा वाङगेल मोक्तानले मलाई २०४१।२।५ देखी स्वास्नी बनाई राखी गर्भ बोकाएको ९ महीना भइसकेकोले तपाईको घरमा आएको हुँ, छोरा कहाँ गयो भनी सोद्धा छोरा घरमा छैन तिमिलाई बस्न खान दिन्न भनी विपक्षीलाई भगाएको र त्यहाँ बस्न नदिई लाचार भई माइतमा आएकी थिएँ । मिति २०४१।११।२ गते जातक छोरी जाय जन्म भएकोले ऐ. ७ गते न्वारान गरिदेउ भनी विपक्षको घरमा जाँदा न्वारान गरी नदिएकोले म अविवाहिता मानिसलाई करणी गरी गर्भ बोकाई जातक छोरी जन्मी सकेकीले विपक्षी वाङगेलसंग लोग्ने कायम गरी न्वारान समेत गराई पाउँ भन्ने व्यहोराको फिरादपत्र । ३.वादी दावी बमोजिम २०४१।२।५ गते विपक्षलाई विपक्षको बाबुको छेति खोलाको गोठमा मैले करणी गर्दा गर्भ बोकाएको छैन । वारदातका दिन म घरमा नभई छातिको रोग सम्बन्धी उपचार गर्न कालिमाटी काठमाडौं गई डाक्टर केशवप्रसाद भक्त श्रेष्ठबाट उपचारको लागि २०४१।२।१ गते देखि ऐ. १५ गतेसम्म नियमित रुपले उपचार गरी २०४१।२।१९ मा मात्र घर आएको छु । निज डाक्टरले दिनु भएको सर्टिफिकेट र औषधीको बिल समेत म संग छ । विपक्षलाई मैले गर्भ बोकाएको भए मेरो करणी विर्यबाट गर्भ रहेको भनी प्रहरी चौकी र पञ्चायतका सामुन्ने भन्न सक्नु पर्न