निर्णय नं. ७६४० - वण्डापत्र दर्ता बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७६४० - वण्डापत्र दर्ता बदर भाग: ४८ साल: २०६३ महिना: बैशाख अंक: १ फैसला मिति :२०६२/०८/०८ ३०८७ निर्णय नं.७६४० ने.का.प.२०६३ अङ्क १ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी सम्वत् २०५८ सालको दे.पु. नं. ७२६७ फैसला मितिः २०६२।८।८।४ मुद्दाः वण्डापत्र दर्ता वदर । पुनरावेदक / वादी जिल्ला कास्की पोखरा उप म.न.पा.वडा नं. ६ वस्ने मिना श्रेष्ठ विरुद्ध विपक्षी / प्रतिवादीः ऐ.ऐ. वडा न. ६ वस्ने गन्जवहादुर श्रेष्ठ समेत § २०४३।११।२५ मानै भएको विवाह, विवाह दर्ता ऐन, २०२८ को दफा ११(१) अन्तर्गत हाल दर्ता सम्म भएको देखिदा अधिकार प्राप्त अधिकारीवाट कानून बमोजिम विवाह दर्ता भएको देखिने । § २०४७ सालमा भएको विवाह लाई २०४९ सालमा दर्ता भएको आधारमा २०४९ साल भन्दा अगाडि विवाह नै भएको होइन भनी मान्न उचित र कानूनसंगत नहुने । (प्रकरण नं.१४) § २७२ दिन भित्र जन्मेको सन्तान यीनै वादी प्रतिवदीको सन्तान हो भनी प्रमाण ऐन, २०३१ को दफा ६(घ) बमोजिम अनुमान गर्नुपर्ने र निजहरुको विवाह २७२ दिन पूर्वनै भएको हो भन्ने कुरा प्रमाणित हुन आउदा विवादित वण्डापत्र पारित भएको मिति भन्दा अगाडि नै वादी प्रतिवादीकी पत्नी भइसकेको भन्ने कुरा पुष्टि हुन आउने । (प्रकरण नं.१५) § वादी र प्रतिवादीको बीचमा २०४७ सालमानै विवाह भएको कुरा पुष्टि हुन आएको तथा प्रतिवादीले वादीलाई ०४७ सालमा विवाह गरेको कुरा स्विकार गरेको हुँदा प्रस्तुत मुद्दामा प्रकाश नगरिएकी स्वास्नीले अंश नपाउने भन्ने अंशवण्डाको ८ नं. को व्यवस्था आकर्षित हुन नसक्ने । § प्रतिवादीहरु वीच वण्डापत्र पारित भएको मिति भन्दा अगाडि नै यी वादी अंशियार भइसकेकी र अंश वण्डाको १ नं. अनुसार जिय जियैको अंशवण्डा गर्नुपर्नेमा उल्लेखित वण्डापत्र पारित हुँदा वादीको अंश हक लोप गरी वण्डापत्र भएको देखिंदा वादी दावी बमोजिम वण्डापत्रको लिखत र सो लिखतको आधारमा भएको दर्ता समेत वदर हुने । § वादी दावी बमोजिम वण्डापत्र दर्ता वदर हुने ठहर गर्नुपर्नेमा वादी दावी पुग्न नसक्ने ठहराएको शुरु जिल्ला अदालतको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालतको फैसला उल्टी हुने । (प्रकरण नं.१६) पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री इन्द्र खरेल र श्री शम्भु थापा विपक्षी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री निर्मलकुमार कार्की अवलम्वित नजीरः ने.का.प. २०४६ अंक ५, नि.नं. ३८३१, पृष्ठ ५४५ फैसला न्या.राजेन्द्रकुमार भण्डारीः पुनरावेदन अदालत पोखरावाट भएको मिति २०५५।५।१५ को फैसला उपर दोहर्‍याई हेरी पाउँ भनी वादी पक्षवाट परेको निवेदनमा यस अदालतवाट मिति ०५८।४।३१ मा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) को खण्ड (क) को आधारमा मुद्दा दोहर्‍याई हेर्ने निस्सा प्रदान भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा र निर्णय यसप्रकार छ:– २. विपक्षी गन्जवहादुर संग मेरो २०४७ सालमा विवाह भएको हो । विपक्ष सुर्य कुमार र मिनवहादुर मेरो सौताने छोराहरु हुन । विपक्षी भगवति पहिले मेरो सौता थिइन २०४९ सालमा लोग्ने गन्जवहादुरलाई छाडी होमवहादुर श्रेष्ठ संग पोइल गएकी हुन । म वाट एक छोरा विमल कुमारको जन्म भएको छ । म विपक्षहरु संग २०४७ साल देखिनै अंशियारा भै सकेकी हुँ । विपक्षीहरुले अंशियारा भन्ने मेरो अस्तित्व लोप पारी सम्पूर्ण जग्गा जमिन २०४८।४।२६ गते वण्डापत्रको कागज गरी भगवति, सुर्य कुमार र मिनवहादुरको मात्र हक लाग्ने भन्ने व्यहोरा पारी निजहरुका नाउँमा नामस