निर्णय नं. ३३६० - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३३६० - उत्प्रेषण भाग: ३० साल: २०४५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४४/१०/२५ २१७६ निर्णय नं. ३३६० ने.का.प. २०४५ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलालराज भण्डारी सम्वत् २०४३ सालको रि.नं. १७२७ आदेश भएको मिति : २०४४।१०।२५।२ मा निवेदक : का.जि.का.न.पं. वार्ड नं. २१ अन्तर्गत यंगाल बस्ने वर्ष १३ को ओमकुमार प्रधान तथा वर्ष ११ को श्री कुमार प्रधानका वारेस एकासगोलका बाबु न्हुछेबहादुर प्रधान विरुद्ध विपक्षी : काठमाडौं नगरपञ्चायत निरीक्षण तथा कार्यान्वयन फाँट काठमाडौंसमेत विषय : उत्प्रेषण (१) कानुनी प्रक्रिया सबै पूरा गरी नक्शा पास गरी घर बनाउन शुरु गरेकोमा पुनः अर्को नक्शा पेश गराउन आदेश दिएको देखियो, यस्तो पुनः नक्शा पेश गराउने गरी प्रधानपञ्चले आदेश दिन पाउने व्यवस्था नगरपञ्चायत ऐनले गरेको देखिँदैन, आफूलाई अधिकार नै नभएको विषयवस्तुमा ओभरसियरको रिपोर्ट अनुसार जग्गा र ढल नमिचिने गरी बनाउन नक्शा पेश गराउने भनी गरिएको आदेश कानून अनुकूल मान्न नमिल्ने । (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री होराप्रसाद जोशी विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर विद्वान अधिवक्ता श्री चोलेन्द्र शंसेर ज.ब.रा. आदेश न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यसप्रकार रहेछ । २.काठमाडौं शहरी क्षेत्रको नापी हुँदा मुक्ति बहादुर प्रधानका हक भोगचलनको जग्गा काठमाडौं नगर पंचायत वडा.नं. २१ को कि.नं.११३८ बाट १ आना १ पैसा क्षेत्रफल कायम भई २०३४।४।२७ मा मुक्तीबहादुर प्रधानका नाउँमा नाप नक्शा भई ज.ध.द.पू. पाई भोग तिरो गरेकोमा कसैको उजूरी परेको थिएन । सो जग्गा मुक्तिबहादुरले २०३९।११।९ मा निवेदकलाई हालैको बकसपत्र पास गरिदिनु भएकोले नामसारी दर्ता गराई घर बनाउन नक्शा पास गराई घर बनाउन थालेका थियौं । जग खनी जग हाली बनाई लिन्थसम्म उठाई बनाई सकेपछि ढलान गरी रहेकोमा पश्चिमपट्टिको सन्धियार लतनारायणलाई मर्का परेको जनाएको र स्थानीय जनताको सार्वजनिक ढल मिची बनाउँदै गरेको भन्ने गुनासो परेको हुँदा निमार्ण कार्य रोक्का राखी ३ दिनभित्र उपस्थित हुन आउँनु भनी का.न.पं. निरीक्षण तथा कार्यान्वयन फाँटको पत्र निवेदकका नाउँमा टाँस गरी तामेल गराइयो । २०४२।२।३० को पत्र बमोजिम ०४२।३।२ मा हाजिर हुन गएपछि विपक्षी लतनारायण महर्जनले मेरो जग्गा मिची घर बनाउन लागेको र सार्जजनिक ढल मिची घर बनाउन लागेको भनी दिएको निवेदन तथा २७ नं. वडा समितिका अध्यक्ष जुजुकाजीले लतनारायणलाई परेको मर्का जनाई कारवाही भएन भन्ने गुनासो र स्थानीय जनताको भनाई हुँदा तुरुन्त उचित कारवाहीको लागि अनुरोध गर्दछु भन्ने प्रधान अधिकृत का.न.पं. लाई २०४२।२।३० मा लेखेको पत्र देखाई निवेदकको बयान लिँदा नक्शा पास पूर्जी बमोजिम आफ्ना हक भोगचलनको जग्गा वा घर बनाउने कार्य शुरु गरेका हौं कसैको जग्गा तथा सार्वजनिक ढल मिची बनाएको छैन भनी बयान गरिसकेपछि तारेखमा राखियो । नक्शा पास गरी गराई घर बनाउने कार्य थालिएको रोक्का गरी १ वर्ष भन्दा बढी समयसम्म तारेखमा राखी सकेपछि ०४३।४।१५ मा सार्जजनिक ढल मिचिन्छ कि मिचिंँदैन ओभरसियर जँचाई पेश गर्न आदेश भयो । सो आदेशानुसार ओभरसियरले जाँच्दा सम्बन्धित जग्गाधनीले दक्षिण साइडतर्फ पिलर उठाई बनाउन लागेको भवनसम्म प्रेषित नापीको नक्शा अनुसार क्रसचेक गर्दा सो नापीको नक्सामा दक्षिण