निर्णय नं. ३३६१ - बन्दी–प्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३३६१ - बन्दी–प्रत्यक्षीकरण भाग: ३० साल: २०४५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४४/११/०३ २६७६ निर्णय नं. ३३६१ ने.का.प. २०४५ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४४ सालको रिट नं. १५७७ आदेश भएको मिति : २०४४।११।३।२ मा निवेदक : का.जि.का.न.पं. वार्ड नं. ३० महाबौद्धको हाल केन्द्रीय कारागार त्रिपुरेश्वरमा थुनामा रहेको मिलनकुमार ठकुरी विरुद्ध विपक्षी : श्री बागमती विशेष अदालतसमेत विषय : बन्दी–प्रत्यक्षीकरण (१) कुनै पनि व्यक्तिको नाम यो हो भनी दावी लिने पक्षले सो कुरा पुष्टी हुनसक्ने प्रमाण पनि पेश गर्न सक्नु पर्ने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री बाशुदेवप्रसाद ढुङ्गाना विपक्षीतर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ आदेश न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यसप्रकार रहेछ । २.निवेदक मिलनकुमारले नेपालको जन्मसिद्ध नागरिक भई नागरिकताको प्रमाणपत्र पाई विदेश भ्रमणको निमित्त राहदानी समेत प्राप्त गरेको छु । म निवेदकलाई जि.प्र.का.का कर्मचारीहरूले ०४४।५।३१ मा एक्कासी पक्राउ गरी प्रहरी कार्यालयमा लगी थुनामा राखी लाइसेन्स विनाको टेप रिकर्ड हराएको अभियोग लगाउने प्रयास गरेकोमा त्यस अभियोगसंग निवेदक सम्बन्धित नदेखिएपछि विपक्षी नं. १ ले ०४४।३।१५ मा गरेको भनी श्री ५ को सरकार विरुद्ध मोहन शर्मा समेत भएको लागू औषधी मुद्दाको फैसलामा उल्लेख गरिएका का.न.पं. वडा नं. १३ कालीमाटी बस्ने मिलेन तामाङ तँ होस मिलेन तामाङलाई १० वर्ष कैद र २०,०००।– जरिवाना भएको छ भनी विपक्षी नं. २ समक्ष ०४३।६।२१ मा लगियो । सजायँ लागेको व्यक्ति म होइन भनी जिकिर लिँदा प्रहरीले पक्राउ गरी ल्याएपछि र फैसलाले लगत कसेको भएपछि अरु हामी जान्दैनौं भनेको र कैदी पुर्जी दिई विपक्षी नं. ३ कहाँ पठाई म मिलेन होइन भन्ने प्रमाण समेत पेश हुँदा हुँदै पनि थुनामा राखेको हुँदा संविधानको धारा १६।७१ आधारमा यो निवेदन गर्न बाध्य भएको छु । ३.वादी श्री ५ को सरकार प्रतिवादी मोहन शर्मा समेत भएको लागू औषधी मुद्दामा का.न.पं. १३ कालीमाटी बस्ने मिलेन तामाङलाई कैद र जरिवाना गरेको भन्ने मलाई दिएको पुर्जीबाट देखिन्छ । म महाबौद्ध बस्ने सजायँ नपाएको मिलनकुमार ठकुरीलाई ०४४।५।३१ मा पक्राउ गरी सजायँ पाएको भन्दै थुनामा राखेको गैरकानुनी छ । म सो व्यक्ति होइन भन्ने मैले पाएको राहदानीबाट स्पष्टै छ । नाम, थर, जात, फरक पर्दा पर्दै पनि थुनामा राखेको कानून बिपरीत छ नाम थर वतन मिल्दैन भने थुनामा राख्नु गैरकानुनी हुन जान्छ भनी २०२५ को नि.नं. ५२७ मा सिद्धान्त कायम भएको छ सबूद प्रमाणको अभावमा बन्दी गराई राख्न नमिल्ने समेत सिद्धान्त कायम भएको छ । अतः गैरकानुनी थुनाबाट छाडी दिनु भनी विपक्षी नं. ३ का नाउँमा आदेश पाउँ भन्ने समेतको रिट निवेदन जिकिर । ४.विपक्षीबाट लिखितजवाफ मगाउने भन्ने समेतको यस अदालत एक न्यायाधीशको इजलासबाट भएको आदेश । ५.अधिकार प्राप्त का.जि.अ. ले मिलेन तामाङ भनी कैदी ठेकी राख्नु भनी बुझाउन ल्याएको कारागार ऐन नियमले बुझी लिई राखिएकोसम्म हो । रिट निवेदन खारेज हुन अनुरोध गर्दछु भन्ने समेतको जि.का.कारागार शाखा काठमाडौंको लिखितजवाफ । विपक्षी मिलनकुमार ठकुरी नभई मिलेन तामाङ भएकोले विपक्षी मिलनकुमार ठकुरीले आफ्नो व्यक्तिगत स्वार्थ पूर्तिको लागि