निर्णय नं. ७६४२ - उत्प्रेषण परमादेशसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७६४२ - उत्प्रेषण परमादेशसमेत भाग: ४८ साल: २०६३ महिना: बैशाख अंक: १ फैसला मिति :२०६२/१२/०४ ३४३८ निर्णय नं.७६४२ ने.का.प.२०६३ अङ्क १ सर्वोच्च अदालत,संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री पवनकुमार ओझा संवत २०६१ सालको रिट न ३००१ आदेश मितिः २०६२।१२।४।६ विषय : उत्प्रेषण,परमादेश । निवेदकः महोत्तरी जिल्ला बलवा गा.वि.स.वडा नं .८ पुर्वारी टोल घर भई जनकपुर अंचल अस्पताल जनकपुरधाम धनुषामा आठौं तह फिजिसियन पदमा कार्यरत डा.रामपरिक्षण यादब विरुद्ध विपक्षीः लोकसेवा आयोग केन्द्रीय कार्यालय कमलपोखरी काठमाण्डौ समेत § स्तरबृद्धि गरिएको निर्णय मिति भन्दा अगाडि बृद्धि गर्न सकिने कानूनी प्रावधान स्वास्थ्य सेवा ऐन, २०५३ मा रहे भएको नपाइएको अवस्थामा कानून विपरीत अतितप्रभावी हुने गरी गरिएको स्वास्थ्य मन्त्रालयको निर्णयलाई आधार लिई ज्येष्ठता कायम गरिपाऊँ भन्ने निवेदकको जिकिर कानूनसंगत नदेखिने । (प्रकरण नं.१८) § निवेदकले पेश गरेको भनिएका प्रमाणपत्रहरुमा “R.P.Yadav has work” भन्ने उल्लेख भएको देखिएवाट सेवाकालिन तालिमको प्रमाणपत्र नभै काम गरेको अनुभवको प्रमाणपत्र हो भन्ने देखिदा उक्त प्रमाणपत्र तालिम गरेको प्रमाणपत्र हो भन्ने प्रमाणित हुन नसक्ने । (प्रकरण नं.१९) निवेदक तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री महादेव यादव र विद्वान अधिवक्ता श्री जगन्नाथ महतो विपक्षी तर्फवाटः अवलम्वित नजिरः सम्वत ०६१ सालको रिट नं. २९७७ (किरण रेग्मी घिमिरे बि.लोकसेवा आयोग केन्द्रीय कार्यालय समेत) आदेश न्या.खिलराज रेग्मीः नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३।८८(२) वमोजिम पर्न आएको प्रस्तसत रिट निवेदन सहितको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ :– २. म निवेदक नेपाल स्वास्थ्य सेवा जनरल हेल्थ सर्भिसेज समुहको रा.प.तृतीय श्रेणीको मेडिकल अधिकृत पदमा २०५०।१।१३ मा सेवा प्रवेश गरी विभिन्न अस्पतालहरुमा सरुवा भै कार्यरत रहदै हाल जनकपुर अंचल अस्पताल जनकपुर धाममा एक इमान्दार एवं कर्तव्य निष्ठ चिकित्सकको हैसियतले कार्यरत रहदै आएको हुँ । ३. स्वास्थ्य सेवा ऐन २०५३।११।१५ मा लालमोहर लागी राजपत्रमा सूचना प्रकासित भएपछि सो को एकानव्बे दिन देखि लागु भए वमोजिम म निवेदकलाई सो ऐनको दफा ९० वमोजिम निजामती सेवाको पद र श्रेणीवाट २०५४।२।१४ गते देखि लागु हुनेगरी स्वास्थ्य सेवाको अधिकृत सातौ तहमा – जनरल हेल्थ सर्भिसेज समुह) तह मिलान गरिएवमोजिम उक्त ऐन र नियमवमोजिम नियन्त्रित एवं निर्देशित भई कार्यरत रहेको छु । त्यसै गरी श्री ५ को सरकार स्वास्थ्य मन्त्रालयको मिति २०५६।६।१३ को पत्रद्धारा स्वास्थ्य सेवा ऐनको दफा ९ को उपदफा २(५) वमोजिम श्री ५को सरकारको मिति २०५६।६।१२ को निर्णय अनुसार नेपाल स्वास्थ्य सेवाकोहालको पद र तह( सातौ तह मेडिकल अधिकृत पद) वाट सोही सेवाको आठौंतह र फिजिसियन पद मेडिसन समुहमा २०५४।२।१४ देखि जेष्ठता कायम हुनेगरी स्तर बृद्धि र पदस्थापना समेत गरिएको थियो । यसै बीचमा आयोगवाट गोरखापत्रमा प्रकाशित कार्यक्षमता मुल्यांकनमा वढुवाको सूचनामा वढुवा सूचना नं .६१।२०५९।०६० को स्वास्थ्इ सेवा मेडिसन समुहको नवौं तहको कन्सल्टेन्ट फिजिसियन पद संख्या ४ कार्य क्षमताको मुल्यांकन द्धारा वढुवा गर्ने गरी विज्ञापन प्रकाशित भएको र म निवेदक समेत सम्भाव्य उम्मेदवार भएकोले मैले उक्त वढुवाको लागी दरखास्त फाराम भरी वुझाएको थिए । यसै क्र्रममा २०६०।११।२२ गतेको गोरखापत्रमा स्वास्थ्य मन्त्रालय,वढुवा समिती सचिवालयको सूचनामा बढ