निर्णय नं. ३३६४ - धर्म परिवर्तन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३३६४ - धर्म परिवर्तन भाग: ३० साल: २०४५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४४/१२/२१ ३६३५ निर्णय नं. ३३६४ ने.का.प. २०४५ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको फौ.पु.नं. ४३८ फैसला भएको मिति : २०४४।१२।२१।१ मा पुनरावेदक, प्रतिवादी : झापा जिल्ला दमक नगरपञ्चायत वडा नं. १३ बस्ने गम्भीर राई विरुद्ध विपक्षी, वादी : केशवदत्त जोशीको जाहेरीले श्री ५ को सरकार मुद्दा : धर्म परिवर्तन (१) पुनरावेदन उजूरी नदिएकाको हकमा सम्म कानून बमोजिम सबूद प्रमाण हेरी केलाई जाँच गर्दा तल्लो अदालतको इन्साफ तथा सजायँ फरक पर्ने भई उल्टीन जाने देखियो भनेमात्र यो यति परिबन्दले इन्साफ सजायँ उल्टी हुन्छ भनी इन्साफ दिनु पर्ने कानुनी व्यवस्था रहे भएको, पुनरावेदन उजूरी दिएकाको हकमा यस व्यवस्था अनुसार यसरी हेर्न मिल्दैन पुनरावेदन तहबाटै हेरी कानून बमोजिम गर्नु पर्ने । (प्रकरण नं. ४२) फैसला न्या.गजेन्द्रकेशरी बास्तोला : सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नानुसार छ । २.काठमाडौंबाट रमेश खत्री समेतका केही व्यक्तिहरू पोखरा टिम अस्पतालमा आई सो अस्पतालका स्टाफहरू समेतलाई दिउँसो दैनिक ३ बजे देखि ६ बजेसम्म वाइवल नामक पुस्तक पढाउने गरेको र भित्र भित्रै क्रिश्चियन धर्म प्रचार गर्ने गरेको भन्ने बुझिएकोले आवश्यक कारवाही गरिपाउँ भन्ने व्यहोराको प्र.ह. केशवदत्त जोशीको मिति ०४१।२।१ को प्रतिवेदन । ३.म क्रिश्चियन धर्मावलम्बी हुँ । क्रिश्चियन धर्म ग्रहण गरेको ३ वर्ष भयो । वाइवल पढी आफैं क्रिश्चियन बनेको हुँ । यो धर्म लिनु भन्दा अघि म कुन धर्ममा थिएँ थाहा छैन । हिन्दु धर्मको विरोधमा मैले कुनै प्रचार प्रसार गरेको छैन । हिन्दु धर्मको कुनै कुरामा विश्वास नभएकोले हिन्दु धर्ममा आस्था छैन । मूर्ती पूजामा विश्वास गर्दिन । आफ्नो परम्परागत हिन्दु धर्म परिवर्तन गरी क्रिश्चियन धर्मावलम्बी भएको हुँ भन्ने समेतको प्र. भोजराज भट्टले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान । ४.म क्रिश्चियन धर्मावलम्बी भएको ७ वर्ष भयो । वाइवल पुस्तक अध्ययन गर्नाले त्यसमा लेखिएका कुराहरूमा विश्वास लाग्यो । अहिले हिन्दु धर्मको रीति रिवाजमा विश्वास गर्दिन । हिन्दु धर्मको विरोधमा प्रचार प्रसार गरेको छैन । म आफैं क्रिश्चियन बनेको हुँ भन्ने समेतको प्र.सिद्धराज भट्टले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान । ५.म क्रिश्चियन धर्ममा रहेको १ वर्ष ५ महीना भयो । म पहिले महादेव सन्तोषी मातालाई मान्थे बुद्धको उपदेश मान्थे । अहिले सनातन देखि चलेको कुनै पनि धार्मिक रीतिरिवाज पालन गर्दिन । मैले हिन्दु धर्ममा आस्था राख्दिन । प्रभु यिशू क्रिष्टको प्रभावबाट आत्मामा शान्ति मिलेकोले आफ्नो मत परिवर्तन गरी आफ्नो इच्छाले इशाई धर्म लिएको हुँ हिन्दु धर्मको विरोधमा कुनै प्रचार प्रसार गरेको छैन भन्ने समेतको प्र. चन्द्रबहादुर कैनीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान । ६.मैले यिशु क्रिष्टलाई मान्न थालेको ३ वर्ष जति भयो । म हिन्दु धर्म पनि मान्दछु घृणाको दृष्टिले हेर्दिन । कुनै धर्म विरुद्ध प्रचार प्रसार गरेको छैन भन्ने समेतको प्र. देवी भुजेलले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान । ७.म यिशु क्रिष्टलाई मान्दछु । यिशु धर्मावलम्वी भएको करीव २ वर्ष जति भयो । पहिले हिन्दु धर्म पनि मान्दथे । हिन्दु धर्म विरुद्ध कु