निर्णय नं. ३३६७ - निषेधाज्ञा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३३६७ - निषेधाज्ञा भाग: ३० साल: २०४५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४५/०१/२८ २४५७ निर्णय नं. ३३६७ ने.का.प. २०४५ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४२ सालको दे.पु.नं. ६४६ आदेश भएको मिति : २०४५।१।२८।३ मा पुनरावेदक/निवेदक : जि.दाङ कोइलावास गा.पं. घर भई हाल का.प.पं. वार्ड नं. २ लाजिम्पाट बस्ने रणबहादुर शाह विरुद्ध विपक्षी : श्री ५ को सरकार अर्थ मन्त्रालय अन्तःशुल्क विभाग अन्तःशुल्क कार्यालय दाङ विषय : निषेधाज्ञा (१) कानून बमोजिम कबूलियत अनुसार भयो भएन भनी निषेधाज्ञाबाट हेरी त्यसको ठहर गरी निषेधाज्ञा जारी गर्ने नगर्ने भनी आदेश गर्न नमिल्ने । (प्रकरण नं. १२) (२) कबूलियतबाट सृजना भएको हक दायित्वलाई विवादरहित अधिकार भन्न नसकिने । (प्रकरण नं. १२) (३) नागरिक अधिकार ऐनको दफा १७ र १८ मा लेखिएका कलमहरुमा मुद्दा चलाउनु पर्ने कारण भएको मितिले ८ महीनाभित्र उजूर नगरे कुनै अदालतमा त्यस्तो मुद्दा चल्न नसक्ने । (प्रकरण नं. १३) पुनरावेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विपक्षीतर्फबाट : विद्वान सह–न्यायाधिवक्ता श्री खगेन्द्र बस्नेत फैसला न्या.हरगोविन्द सिंह प्रधान : म.क्षे.अ.को फैसला उपर पुनरावेदनको अनुमति पाई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नानुसार रहेछ । २.मिति ०३६।११।२५ र ०३६।१२।१९ को प्युठान सल्यान र रोल्पामा डिस्टिलरी खडा गर्ने सम्बन्धी सूचना प्रकाशित भएकोमा डिष्टीलरी स्थापना गर्ने र त्यसबाट उत्पादन बिक्रीबाट सालभरीमा अन्तःशुल्क प्यूठानको लागि रु.७,०८,००२।– रोल्पाको लागि रु.३,२८,००२।– सल्यानको लागि रु.२,०८,००२।– समेत जम्मा रु.१२,४४,००६।– मात्र बुझाउन कबूल गरी निवेदकले दर्खास्त गरेकोमा प्यूठान र सल्यान जिल्लामा डिष्टीलरी स्थापना गरी सोही जिल्लाहरूको दुबै डिष्टीलरीबाट रोल्पा जिल्लामा समेत मदिरा आपुर्ति गरी बिक्री वितरण गर्न पाउने इजाजत प्रदान गर्ने मिति ०३७।४।६ को पत्र अन्तःशुल्क विभागले निवेदकलाई काठमाडौंमा दिनु भएको र सो बमोजिम इजाजत दस्तुर तिरेको न्यूनतम अन्तःशुल्कको २५ प्रतिशत ले हुन ग्यारेन्टी रकम समेत बुझाई मिति ०३७।४।७ मा अन्तःशुल्क विभागमा ३ वटा कबूलियत गरी डिष्टीलरीका कबूलियत शर्त बमोजिम ५ महीनाभित्र तयार पार्न जमीन इत्यादि खोज तलाश गर्न र माल सामान एवं प्राविधिज्ञ झिकाउने काम समेत शुरु गरेको र कबूलियत बमोजिम डिष्टीलरी बनी तयार नहुन्जेलसम्म अमानतमा चलाउने मदमट्टि पनि सोही न्यूनतम अन्तःशुल्कको कबूलियत रकमको दामासाहीले ६ महीनासम्म कबूलियत शर्त बमोजिम चलाउन शुरु गरेको थिए । पहाडी दुर्गम क्षेत्रका जिल्ला साथै वर्षाको समयमा इजाजत पाएकाबाट यातायात समेतको कठिनाई र प्राविधिज्ञको अभावले गर्दा कबूलियत बमोजिम ५ महीनाभित्र डिष्टीलरी तयार हुन नसक्ने स्थिति देखि डिष्टीलरी स्थापना गर्न ५ महीनाको अरु थप म्याद पाउँ भनी म्याद समाप्त हुनुभन्दा अघि मिति ०३७।८।२९ मा नै अन्तःशुल्क विभागमा निवेदन गरेको र बरोबर ताकेता गर्दा पनि म्याद थप गरी नदिएकोले डिष्टीलरी खडा गर्ने म्याद ०३७।९।६ मा समाप्त भई म्याद थप नभएकोबाट त्यसरी डिष्टीलरी खडा गर्ने इजाजत स्वतः कायम नरही बदर भएको हुँदा डिष्टीलरी बनाउन नसक्ने भएको र मदमट्टीको ६ महीनाको म्याद समेत नाघी सकेकोले ०३८ साल भाद्र पछि मदमट्टी अमानतमा कुनै हालतमा चलाउन नसक्ने भनी मिति ०३८।५।१० मा निवेदन गरेको थिएँ । अन्तःशुल्क विभा