निर्णय नं. ७६४४ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७६४४ - लेनदेन भाग: ४८ साल: २०६३ महिना: बैशाख अंक: १ फैसला मिति :२०६२/१२/२१ ३१०६ निर्णय नं.७६४४ ने.का.प.२०६३ अङ्क १ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री बद्रीकुमार बस्नेत माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह सम्वत् २०५८ सालको दे. पु. नं. ..८६४७ फैसला मितिः २०६२।१२।२१।२ मुद्दा :– लेनदेन । पुनरावेदक प्रतिवादीः जिल्ला सुनसरी डुम्राहा गा. वि. स. वडा नं. २ बस्ने सजिया थरुनी विरुद्ध बिपक्षी वादीः ऐ. ऐ. वडा नं. ९ बस्ने दुःखी मण्डल § वादी दावीको लिखत अघिवाट घरसारमा लेखिएको नभई मालपोत कार्यालयमा नै खडा भएकोले त्यस्तो लिखतको थैली पनि लिनुदिनु भएको थियो भनी वादीले स्थापित गर्नु पर्ने । § प्रतिवादी थारु जातिको भएको र थारु जातिको जग्गा हक छाडी दिनका लागी प्र.जि.अ. को सामुन्ने रकम तिरी प्रमुख जिल्ला अधिकारीले आफ्नो अगाडि गनीगनाउ भएको भनी सिफारिस साथ पत्र लेखे पश्चात मात्र जग्गा पारित गर्ने भन्ने श्री ५ को सरकारको परिपत्र अनुसार सो कार्यविधि पुरा भएको नदेखिएकोले वादी प्रतिवादी वीच रकम लिनुदिनु भएको भन्न नमिल्ने । § दावीको रकम नै लिनुदिनु भएको प्रमाणित हुन नसकेको अबस्थामा वादी दावी बमोजिमको रकम भराई दिने ठहराएको पुनरावेदन अदालतको फैसला मिलेको नहुँदा उल्टी हुने । (प्रकरण नं.१६) पुनरावेदक प्रतिवादी तर्फवाटः विपक्षी वादी तर्फवाटः अवलम्वित नजीरः फैसला न्या.रामकुमारप्रसाद शाहः पुनरावेदन अदालत विराटनगरको मिति २०५७।११।१ को फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा ९ अन्तर्गत दायर भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ:- २. विपक्षीले म संग रु.२२,०००।– रुपैयाँ लिई निज नाउँ दर्ताको जिल्ला सुनसरी डुम्राहा गा. वि. स. वार्ड नं. २(ग) कि. नं. २१८ को २–९–१५ मध्ये ०–२–० जग्गा रजिष्ट्रेशन पारित गरी दिनेछु भनी घरसारको २ प्रति राजीनामा कागजमा सहीछाप गरी मिति २०५५।३।१६ गते सो राजीनामा कागज मालपोत कार्यालय सुनसरीमा दर्ता गरी मालपोत कार्यालयवाट आदेश भै कित्ता काट समेत भएको अबस्थामा रजिष्ट्रेशन सम्मको काम वाँकी रहेकोले सो गर्न विपक्षीलाई भन्दा रजिष्ट्रेशन गर्न नमानी म फिरादीसंग लिएको रु.२२,०००।– माग गर्दा दिन इन्कार गर्नु भएकोले विपक्षी उपर लेनदेन व्यवहारको ४० नं. र रजिष्ट्रेशनको ६ नं., अ. वं. ८२ नं. समेतका आधारमा फिराद गर्न आएको हुँ, विपक्षीले लिनु भएको रु.२२,०००।– दिलाई भराई सो राजीनामामा लेखिएको जग्गा भोग समेत गर्न नपाएकोले सो को कानून बमोजिमको व्याँज समेत दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको वादीको मिति २०५५।५।१६ को फिराद पत्र । ३. मिति २०५५।३।१६ गते वादीबाट रु.२२,०००।– रुपैयाँ मैले लिएको होईन छैन र दिनु पर्ने पनि होईन । मेरा नाम दर्ताको जिल्ला सुनसरी डुम्राहा गा. वि. स. वडा नं. २(ग) कि. नं. २१८ को २–९–१५ जग्गा मध्ये ०–२–० जग्गा खरिद विक्रि गर्ने सल्लाह अनुरुप मालपोत कार्यालय सुनसरीमा गै राजीनामा लिखतमा सहीछाप गरी उपरोक्त जग्गा राजीनामा गराउन गएको हुँ तर विपक्षीले उक्त जग्गाको मोल रु.२२,०००।– नदिनु भएकोले मैले जग्ग्गाको मोल भुक्तानी नै नलिई कसरी जग्गा राजीनामा पारीत गर्नु भनी इन्कार गर्दा विपक्षीले घरमै रकम दिन्छु भनी भन्दा मैले जग्गा रजिष्ट्रेशन गर्न नमानी घर फर्कि आए । मालपोत कार्यालयमा देखाएको राजीनामा बाहेक अन्य कुनै लेनदेन गर्ने काम नगरेको सो राजीनामा बाहेक अन्य कागजमा सहीछाप समेत नगरेको हुँदा मैले सहीछाप गरेको कुनै कागज पेश गरेमा नामाकर