निर्णय नं. ८७७८ - उत्प्रेषण परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८७७८ - उत्प्रेषण परमादेश भाग: ५४ साल: २०६९ महिना: असार अंक: ३ फैसला मिति :२०६८/१२/०२ ६७५० ने.का.प. २०६९, अङ्क ३ निर्णय नं. ८७७८ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की रिट.नं.२०६७–WF–००२० आदेश मितिः २०६८।१२।२।५ मुद्दा : उत्प्रेषणयुक्त परमादेश । निवेदकः झापा जिल्ला, हल्दीबारी गा.वि.स.वडा नं. १ को चन्द्रगढी ८ घर भै हाल चमरधाम प्राथमिक विद्यालय गरामनी झापामा प्राथमिक तह, द्वितीय श्रेणी शिक्षक पदमा कार्यरत् रामप्रसाद घिमिरे समेत विरुद्ध विपक्षीः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत यस अदालत संयुक्त इजलासमा फैसला गर्ने :– मा.न्या.श्री बलराम के.सी. मा.न्या.श्री गौरी ढकाल § तल्लो श्रेणी वा पदबाट माथिल्लो श्रेणी वा पदमा बढुवा भएपछि साविकको श्रेणी वा पदभन्दा बढुवा भएको श्रेणी वा पदअनुरूपको थप जिम्मेवारीका साथै थप सेवा सुविधा नहुने अवस्था रहिरहने हो भने बढुवा वा पदोन्नतिसम्बन्धी अवधारणाको कुनै महत्व रहन नसक्ने । (प्रकरण नं.३) § राष्ट्रसेवक कर्मचारीलगायत शिक्षकहरूको तलबमान निर्धारण गर्ने अन्तिम जिम्मेवारी मन्त्रिपरिषद्कै हुनेमा कुनै द्विविधा हुन सक्तैन । सो अनुरूप तलवमान निर्धारण गर्दा शिक्षकहरूको हकमा पनि शिक्षा नियमावली, २०५९ को नियम १०२ ले गरेको व्यवस्थासँग प्रतिकूल हुने खालको तलबमान निर्धारण गर्न नसकिने । (प्रकरण नं.४) निवेदक तर्फबाटः विद्वान अधिवक्ताद्वय शान्तिराम खतिवडा र कुमारप्रसाद घिमिरे विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री कृष्णजीवी घिमिरे अवलम्बित नजीरः सम्बद्ध कानूनः § शिक्षा नियमावली, २०५९ को नियम १०२ आदेश न्या.दामोदरप्रसाद शर्माः नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३(१), ३२, १०७(२)(३) बमोजिम पर्न आएको रिट निवेदनमा यस अदालत संयुक्त इजलासका माननीय न्यायाधीशहरूबीच मतैक्य हुन नसकी यस इजलाससमक्ष पेश भएको प्रस्तुत मुद्दाको तथ्य एवं निर्णय यस प्रकार छः– शिक्षा (तेस्रो संशोधन) नियमावली, २०६२ को नियम १०२ मा बढुवा हुने शिक्षकको तलबमान व्यवस्था गरिएको छ । जस अन्तर्गत कुनै श्रेणीमा बढुवा पाउने शिक्षकले हाल पाइरहेको तलब बराबर वा सोभन्दा बढी भएमा माथिल्लो तलवमानमा निजको तलब तोक्दा ऐ.नियमावलीको नियम १०२(क) मा “निजले हाल पाइरहेको तलब माथिल्लो तलबमानको शुरू तलब बराबर भएमा सो तलबमा एक तलब वृद्धि थप गरिनेछ भन्ने र ऐ नियम १०२ (ख)–मा साविक श्रेणीमा पाइरहेको तलब बढुवा भएको श्रेणीको शुरू तलबभन्दा बढी भएको अवस्थामा माथिल्लो श्रेणीको तलब तोक्दा हाल पाइरहेको तलबमा नपुगसम्मको तलब बुद्वि गरी माथिल्लो श्रेणीको एक तलब बृद्वि समेत दिइनेछ भन्ने व्यवस्था छ । नियमावलीको उक्त व्यवस्थाअनुसार एक श्रेणी बढुवा पाएको शिक्षकको तलब साविक श्रेणी वा तल्लो श्रेणीको भन्दा न्यून नहुने गरी व्यवस्था गर्नुपर्दछ भन्ने प्रष्ट देखिन्छ । प्रत्यर्थी नेपाल सरकारबाट मिति २०६६।४।४ मा नयाँ तलबमान निर्धारण गर्दा प्रा.शि.तृतीय श्रेणी र द्वितीय श्रेणीका शिक्षकको शुरू तलब स्केलको तलब अन्तरसम्बन्धी उचित एवं प्रर्याप्त अध्ययन नगरी अवैज्ञानिक एवं त्रुटिपूर्ण तवरले तलबमान निर्धारण गरिएको कारण नै प्रा.शि.द्वितीय श्रेणीको तलब तृतीय श्रेणीको तलबभन्दा पनि न्यून हुन गएको प्रष्ट देखिन्छ । जुनकुरा नेपाल सरकारको २०६६।४।४ को निर्णय बमोजिम मिति २०६६।४।१ देखि लागू हुने भनिएको तलब भत्