निर्णय नं. ३३६९ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३३६९ - उत्प्रेषण भाग: ३० साल: २०४५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४४/१२/१४ २४१४ निर्णय नं. ३३६९ ने.का.प. २०४५ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४१ सालको रिट नम्बर २०७७ आदेश भएको मिति : २०४४।१२।१४।१ मा निवेदक : इन्दु खाँडसारी चिनी उद्योग प्रा.लि.का अध्यक्ष शंकरलाल केडिया विरुद्ध विपक्षी : कर कार्यालय सर्लाही विषय : उत्प्रेषण (१) ऐनमा व्यवस्था भएबमोजिम सुविधा दिनै पर्ने हुँदा यो तजबिजी अधिकार हो भन्न मिल्ने नदेखिने । (प्रकरण नं. ७) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया विपक्षीतर्फबाट : विद्वान सह–न्यायाधिवक्ता श्री खगेन्द्र बस्न्यात फैसला न्या.प्रचण्डराज अनिल : नेपालको संविधानको धारा ७१ अन्तर्गत यस अदालतमा दर्ता हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार रहेछ । २. यो कम्पनी मिति ०३३।११।४ मा उद्योग विभागमा दर्ता भई ०३४।८।२६ देखि उत्पादन शुरु गरेकोमा तत्कालिन औ.व्य. ऐन, ०३० बमोजिम ५ वर्षको आयकर छूट र उक्त ऐनको दफा ९ (१)(ग) र अनुसूची २ अनुसार प्रत्येक ६० जना नेपाली कामदारलाई रोजगार दिएमा बढीमा ३ वर्षसम्म थप आयकर सुविधा दिइने व्यवस्था भएको र मेरो उद्योगमा २४० जना नेपाली कामदार भएकाले ३ वर्षको उक्त थप सुविधा सहित ८ वर्षको आयकर छूट सुविधा उपभोग गर्दै आएकोमा उक्त ऐन, ०३८ सालमा खारेज भई औ.व्य.ऐन, ०३८ मिति ०३८।६।१४।४ देखि लागू भयो । ३. उक्त नयाँ ऐनको दफा १४(१) मा यो ऐन प्रारम्भ हुनु अघि स्थापित कुनै उद्योगले तत्काल प्रचलित औ.व्य.ऐन, ०३० बमोजिमको सुविधा प्राप्त गरिरहेको भए वा पाउने भए त्यस्तो उद्योगले सोही ऐन बमोजिमको सुविधा पाउँछ भन्ने व्यवस्था गरेको छँदाछँदै श्री ५ को सरकारको ०३८।११।२२ को निर्णय अनुसार उत्पादन प्रारम्भ भएको मितिले ५ वर्षसम्मका लागि आयकर छूट दिइयो भनी कर विभागको ०३८।११।२७ को पत्रद्वारा जानकारी गराइयो । यो जानकारी आउनु अघि देखि नै र पछि पनि उक्त दफा ९(१)(ग) बमोजिमको ३ वर्षे छूट सुविधाको लागि लेखापढी पत्रचार गरिरहेको छ भनी विपक्षीको कार्यालयलाई जानकारी दिएको छँदाछँदै पनि ०३९।८।२६ देखि ०४० साल आषाढ मसान्तसम्मको खुद आई रु.४५,७३३।५७ कायम गरी कर जम्मा रु.२,१८,३४४।११ र जरिवाना रु.१२,४७९।६५ कायम गरी सोमा अग्रिम दाखिल गरेको रु.२२,८४७।३५ कट्टा गरी बाँकी रु.२,०७,९७६।४१ दाखिल गर्न आयकर निर्धारण आदेश प्राप्त भयो । ४. यसरी तत्कालिन औ.व्य.ऐन, २०३० को दफा ९(१)(ग) ले दिएको सुविधालाई औ.व्य. ऐन, २०३८ को दफा १४(१) लाई निरन्तरता प्रदान गरेको छँदा छँदै उक्त थप ३ वर्षे आयकर छूट सुविधाबाट वञ्चित गर्ने गरेको विपक्षी कर कार्यालयबाट आयकर छूट हुने अवधि समेतको आयकर निर्धारण गरी गर्न बाध्य गराइएको आदेश उक्त ऐनका दफाहरूका साथै आयकर ऐन, ०३१ को दफा ३३(२) तथा नेपालको संविधानको धारा १०(१) ११(२)(ङ) र १५ द्वारा प्रत्याभूत मौलिक अधिकारमा आघात परेको हुँदा उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश पुर्जी जारी गरी मेरो मौलिक हकको अभिनिश्चित गरिपाउँ भन्ने समेत मुख्य रिट निवेदन जिकिर रहेछ । ५. यी रिट निवेदकले औ.व्य. ऐन, ०३० को दफा ९(१)(ग) अनुसूची २ अनुसार ५ वर्ष र थप ३ वर्ष समेत गरी जम्मा ८ वर्ष आयकर पाउँ भनी कारवाही चलाएकोमा श्री ५ को सरकारको ०३८।११।२२ को निर्णय अनुसार ५ वर्षको मात्र आयकर छूट सुविधा दिने भनी कर विभागबाट निर्णय जानकारी दिइएकोबाट उक्त बमोजिम ५ वर्षको छूट सुवि